• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

metakhabar by metakhabar
३० पुस २०८२,
0
एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुवरकोट (धनुषा) । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन् ।

परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण) पर्दछन् । त्यसैगरी महिलाका लागि परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने (तीनमहिने सुई डिपो, खानेचक्की पिल्स) र पुरुषका लागि कण्डम पर्दछन् ।

जिल्लास्थित दलित समुदाय (मण्डल, खत्वे, महरा, सदा, दास, रजक लगायत)का विशेषगी महिलाहरू परिवार योजनाअन्तर्गतका स्थायी र अस्थायी साधनको सेवा ‘लुकेर होइन, खुलेर’ सेवालाई उपयोग गर्न थालेका छन् । ती समुदायका पुरुषले परिवार व्यवस्थापनअन्तर्गतका अस्थायी साधन प्रयोग गर्ने गरेका भए पनि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गराउन अझै रुचाउँदैनन् ।

तराई/मधेसमा ‘भ्यासेक्टोमी’ र हिमाल/पहाडमा ‘मिनील्याप’ सेवा लिने अन्यन्त न्यून हुने गर्दछन् । मधेसमा महिलाभन्दा पुरुष र पहाडमा पुरुषभन्दा महिला श्रममा सक्रिय हुनुपर्छ र ‘स्थायी बन्ध्याकरण गराउँदा बल घट्छ’ भन्ने गहिरो मान्यता विद्यमान छ । मधेसमा कुल प्रजननदर २.४ प्रतिशत र ‘अनमिड निड’ (चाहेर पनि परिवार योजनाको साधन प्रयोग गर्न नपाउने दर) अझै ३२ प्रतिशत छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सम्बन्धित पालिकाका समन्वयमा मेरीस्टोप्स (एमएसआई), सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा अतिविपन्न समुदायलाई पायक पर्ने स्थानमा नै निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन हुन थालेपछि ती साधन र सेवामा विपन्न समुदायको सहज पहुँच विस्तारै बढ्न थालेकोे हो । स्थायी बन्ध्याकरणका सेवा सुगम स्थानका स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध हुँदा सेवाग्राही शिविरकै प्रतिक्षा गरेर बस्नुको अर्काे विकल्प छैन ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले गत मङ्सिर २१ गतेदेखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी पालिकासँगको समान्वय र साझेदारी तथा एमएसआई, सुनौलो परिवारको प्राविधिक सहयोग लिएर ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन गरेको छ । कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक उमेश यादवले भन्नुभयो, “पायक पर्ने स्थानमै परिवार योजनाका सेवा चाहनेहरूका लागि ‘एकीकृत परिवार योजना शिविर’ महत्त्वपूर्ण हुँदै आएका छन् । यस वर्ष गत मङ्सिर २१ देखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी शिविर सञ्चालन भयो । यस्ता शिविरमा अतिविपन्न समुदायका विशेषगरेर महिलाहरूमा ‘परिवार योजनाको सेवा’ अन्तर्गत स्थायी बन्ध्यकरण अर्थात् मिनील्याप सेवा लिन आउँदछन् । उनीहरूबिना हिच्किचाहट सेवा लिन थालेका छन् । साथै सेवा लिने दरसमेत क्रमशः बढ्दै गएको छ ।”

उहाँका अनुसार यस्ता शिविरले परिवार योजनाको सेवाको पहुँच बाहिर रहेका अतिविपन्न समुदायलाई सेवाको पहुँचमा ल्याउन कोशेढुङ्गाको काम गरेका छन् । यस वर्ष परिवार कल्याण महाशाखाले धनुषा जिल्लालाई शिविरमार्फत बन्ध्याकरण सेवा दिनुपर्ने लक्ष्य ९६० जना निर्धारण गरेको छ । यसपटक सो लक्ष्य पूरा हुने कठिन हुने जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिवार व्यवस्थापन सेवाका लागि बजेट कटौती भयो । कतिपय स्थानमा सेवाग्राहीको माग हुँदाहुँदै दुई दिन सञ्चालन गर्नुपर्ने शिविर एक दिनमात्र सञ्चालन गर्नुपर्ने अवस्था आयो । बन्ध्याकरण सेवा लिन चाहनेलाई अर्काे वर्ष कुर्नुपर्ने अथवा जनकपुर आउनुपर्ने अवस्था आयो ।”

यसपटक स्वास्थ्य कार्यालले ‘सेन्टर टु पेरिफेरी’ अर्थात् जिल्लाको सुगमस्थानदेखि बन्ध्याकरण शिविर थालनी गरेर अतिदुर्गम गाउँ–टोलसम्म पुर्याएको थियो । कार्यालयको हाताभित्र रहेको प्रादेशिक अस्पताल जनकपुरबाट परिवार योजनाका सबै सेवा नियमित उपलब्ध हुने गरेका छन् ।

यातायातको सुविधाले थप सहज

सेवाग्राहीलाई शिविरमा ल्याउन थप सहज बनाउन जिल्ला स्वास्थ्य कार्यालले यातायातकोे प्रबन्ध गरेको थियो । कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक अम्बिका दासले भन्नुभयो, “विपन्न सेवाग्राहीलाई परिवार योजनाको पहुँचमा ल्याउन यातायातको व्यवस्थापन गरेका हौँ । शिविरको सेवापश्चात घरघर पु¥याइदिँदा उनीहरूलाई थप सहज हुन्छ ।” जिल्लाभरका शिविर व्यवस्थापनको संयोजकसमेत रहनुभएकी नर्सिङ निरीक्षक दासले विपन्न समुदायका लागि पायक पर्ने स्थानमा सञ्चालित शिविर भएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले कमला नगरपालिकाको समन्वयमा एमएसआई, सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ यही पुस २३ र २४ मा कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा सञ्चालन गरेको थियो ।

कमला नगरपालिका–३ लग्माभानपट्टिकी महिला स्वयंसेविका राजकुमारी महराले सेवाग्राहीलाई शिविरमा ल्याउन र बन्ध्याकरणपछि घर पुर्याउन गाडीको व्यवस्था हुँदा थप सहज भएको बताउनुभयो । विसं २०७८ देखि स्वयंसेविकाको काम गर्दै आउनुभएकी उहाँले भन्नुभयो, “सन्तानको रहर पुगेका पुरुष/महिला अझै स्थायी बन्ध्याकरण (अप्रेशन) गराउनु हुँदैन भन्दछन् । सम्झाउन हम्मे पर्छ । लुकेर भारतमा गएर बन्ध्याकरण गराएर आउँछन् । घर पायकमा शिविर आउन हिच्किचाहट गर्छन् । जाने आउने, व्यवस्था छ भन्दा डराउँछन् । दश दिन गाउँ डुलेर बल्ल पाँच जना सन्तानका रहर पुगेका महिलालाई ‘मिनील्याप’ गर्नुपर्छ भनेर सम्झाएँ । शिविरमा त तीन जनामात्र आए । जबर्जस्ती शिविरमा आऊ भन्ने कुरा भएन । पुरुषलाई भन्न पनि छाडिदिएँ । सुने नसुनेको जस्तो गर्छन् ।”

कमला नगरपालिका–५ की महिला स्वयंसेविका निर्मला मण्डल परिवार व्यवस्थापन सेवाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन अप्ठ्यारो पर्ने बताउनुहुन्छ । आफ्नो समुदायको पहिलो महिला स्वयंसेविका उहाँले भन्नुभयो, “महिलाहरू आइयुसिडी, इम्प्लान्ट, डिपो, पिल्स नै रोज्दछन् तर स्थायी बन्ध्याकरण गराउन अझै अप्ठ्यारो मान्छन् । दुरकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सुविधा भएकाले सुत्केरी हुन ल्याउँदा सम्झाउने गरेका छौँ ।”

कमला नगरपालिका–९ की महिला स्वयंसेविका मञ्जुकुमारी मण्डलले परिवार योजनाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो हुने सुनाउनुभयो । उहाँले भन्नुभयो, “ सन्तानको रहर पुग्यो, स्थायी बन्ध्याकरण गराउनुहोस् भन्दा महिला मान्दछन् , तर पुरुष मान्दैनन् । बन्ध्याकरण शिविरबाट विपन्न महिलालाई सहयोग पुगेको छ । ”

‘करले होइन, रहरले परिवार योजना व्यवस्थापन गर्न सकिन्छ’

कमला नगरपालिका–४ बलहासधाराकी महिला स्वयंसेविका हरिजन खातुन आफ्नो समुदायको अग्रणी स्वयंसेविका हुनुहुन्छ । उहाँले स्वसंसेविकाको काम गरेको १२ वर्ष बितिसक्यो । उहाँ भन्नुहुन्छ, “म आफ्नो समुदायमा आफैँलाई उदाहरण दिएर सम्झाउँछु । मैले बन्ध्याकरण गरेकी छु केही भएको छैन । करले होइन, रहरले परिवार योजनाको व्यवस्थापन गर्न सकिन्छ । अन्यत्र गएर लुकेर, जोखिम मोलेर सेवा लिनुभन्दा पायक पर्ने शिविरमा परिवार व्यवस्थापनका निःशुल्क सेवा लिन हिच्किचाहट गर्नुहुँदैन ।” उहाँले स्थायी बन्ध्याकरण गराउन पैसा लाग्छ भन्ने हल्लाका कारण पनि महिला शिविरमा आउन मान्दैनन् ।

कमला नगरपालिका–५ भलुहवाकी ३५ वर्षीय सानु सदाले भन्नुभयो, “हाम्रो वंशजका महिलाहरूले अहिलेसम्म स्थायी बन्ध्याकरणका लागि ‘मिनील्यापको शल्यक्रिया’ गराएका छैनन् । यो हाम्रो पुस्तौँदेखि चल्दै आएको चलन हो । बन्ध्याकरण गराउँदा क्षति हुन्छ भन्ने बूढापाकाको भनाइ रहँदै आएको छ ।” परिवार योजनाअन्तर्गत आफूले इम्प्लान्ट सेवा लिन शिविरमा आएको खुलेर उहाँले जानकारी दिनुभयो ।

कमला नगरपालिका–४ बलाहासाधराकी ३४ वर्षीय निर्मला दासले घर यायक पर्ने स्थानमा परिवार योजनाको शिविर सञ्चालन हुँदा सेवा लिन सहज भएको बताउनुभयो । कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रुपा सदा पछिल्ला वर्षहरुमा विपन्न दलित समुदायमा परिवार योजनाको विषयमा कुराकानी हुने गरेको र यस्ता सेवा समेत उपयोग गर्ने गरेको जानकारी दिनुभयो ।

एमएसआई /सुनौलो परिवार नेपालका तर्फबाट शिविरको संयोजन गर्नुभएकी अनिता दाहालले विकट क्षेत्रका विपन्न समुदायलाई परिवार व्यवस्थापनको सेवालाई पहुँचमा ल्याउन समन्वकारी माध्यमबाट सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ विपन्न समुदायलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्दा सेवाग्राही सेवा लिन आउने गर्दछन् । हामी प्राविधिक सहयोग गर्दछौँ । ‘मिनिल्याप’ सेवा लिने धेरै हुन्छन् ‘भ्यासेक्टोमी’ न्यून हुन्छन् ।”उहाँले स्थानीय भाषामा परिवार योजनाका बारेमा सेवाग्राहीलाई परामर्श दिँदा थप प्रभावकारी भएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवाप्रदायक संस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ । जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले जानकारी दिनुभयो ।

उहाँल भन्नुभयो, “परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ । विशेषगरी एकीकृत परिवार योजना शिविर सञ्चालनमा सेवाप्रदायक सस्थासँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयताका ढाँचामा समन्वयात्मक काम गर्ने नीति अवलम्बन गरेका छौँ ।”

परिवार योजना एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पु¥याउने काम गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ ।” सुनौलो परिवार नेपालका उपनिर्देशक अनिल यादवले सस्थाले अहिले सातवटै प्रदेशलाई समेट्ने गरी नौवटा ‘मेडिकल टिम’ शिविरमा परिचालन गरेको जानकारी दिनुभयो ।

Previous Post

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In