• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ९ गैँडाको मृत्यु

metakhabar by metakhabar
२३ पुस २०८२,
0
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ९ गैँडाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिंग पहिचान हुन नसकेको उनले जानकारी दिए। मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ ।

पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उनले भने ।

हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए। उनका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन् ।

यसैबीच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको सडकमा टायल बिछ्याउने काम सुरु गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कतिको हुन्छ भन्ने परीक्षणस्वरुप काम सुरु गरिएको हो । नगरपालिकाको रु १० लाख लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको उनले जानकारी दिए। उनले भने, “सुरुआतमा परीक्षणस्वरुप कम क्षेत्रमा काम गर्न लागिएको हो । यो काम सफल भएमा पुनः अन्य क्षेत्रमा विस्तार गरिनेछ ।”

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयमा सहमति भएर विभाग हुँदै पत्र आएपछि टायल बिछ्याउने काम सुरु गर्न अनुमति दिइएको हो । उनले भने, “सुरुमा ३४ मिटर परीक्षणस्वरुप काम गर्न दिइएको छ ।” यो परीक्षण सफल भएमा निकुञ्जको सडकमा पर्ने देउरालीसम्म नगरपालिकाको बजेटबाट टायल राख्ने काम गर्ने भन्ने सहमति भएको उनले जानकारी दिए ।

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडकमध्ये अहिले ३४ मिटरमामा टायल बिछ्याइने र अन्य सडकलाई स्तरोन्नति गरिने बताए। उनले भने, “सुरुआती समयमा परीक्षणस्वरुप थोरै क्षेत्रमा टायल बिछ्याउन लागिएको छ भने अन्य सडकलाई स्तरोन्नति गर्न सुरु गरिएको छ ।” अहिले टायल लगाउनका लागि आवश्यक संरचना निर्माण सुरु गरिएको उनले बताए।

माडीका बासिन्दाले सो सडक कालोपत्र गर्न सरकारलाई दबाब दिँदै आएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति लिनुपर्ने भएपछि विकल्पका रूपमा टायल बिछ्याउने सहमतिअनुसार काम अघि बढाउन लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

Previous Post

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

Next Post

चाँडै भेनेजुएला फर्कने विपक्षी नेतृ मचाडोको वाचा

metakhabar

metakhabar

सम्बन्धित खबर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
Load More
Next Post
चाँडै भेनेजुएला फर्कने विपक्षी नेतृ मचाडोको वाचा

चाँडै भेनेजुएला फर्कने विपक्षी नेतृ मचाडोको वाचा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In