काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयन गरेको छ ।
कांग्रेसले यस अघि एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच चुनावी तालमेल हुने भनेपनि अब एमाले र जसपा नेपालसँग मात्र तालमेल हुने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टीले सबै १८ सिटमा उम्मेदार चयन गर्ने बताएका बेला काँग्रेसले ९ उम्मेदवार छानेको हो । तालमेल अनुसार एमालेलाई ८ र जसपा नेपाललाई एक सिट दिइएको छ ।
काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।














