• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ

    चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

metakhabar by metakhabar
१५ पुस २०८२,
0
नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १५ पुसः सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरु आहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ ।

मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । लेकसाइडको साढे तीन किमी सडकमा महोत्सव चलिरहेको छ । आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा यस महोत्सव २७औँ संस्करणसम्म आइपुगेको उहाँको भनाइ छ । यस वर्षको महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल मन्त्रका साथ महोत्सव आयोजना गरिएको हो । “आयोजक रेवान भए पनि यो सबै पर्यटन व्यवसायी र पोखरेलीहरुको उत्सव हो”, उहाँले भन्नुभयो, “महोत्सवमा संस्कृति र सङ्गीतको समायोजन गरिएको छ, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका सडक महोत्सव सफल हुने हाम्रो विश्वास छ ।”

नयाँ वर्षको स्वागतका लागि बुधबार राति स्थानीय गोमागाने पार्कमा विशेष साङ्गीतिक उत्सवको आयोजना गरिएको छ । जहाँ पोखराली ब्यान्ड डी–मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत गुञ्जिने भएका छन् । महोत्सवमा हस्तकला सामग्री र कृषि उपजलाई बिक्री तथा प्रदर्शनमा राखिएको छ । पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी भइरहेको छ ।

सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि र खेलकुदको समेत आयोजना गरिएको छ । सिन्धुलीको पञ्चेबाजा, थारू नाचसहित गुरुङ, मगरहरुको सांस्कृतिक नाच र गीतले महोत्सवमा मौलिकता थपेको छ । सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरुसहितको सडक बहस आयोजना गरिएको थियो । वेटर्स दौड, डुङ्गा दौड जस्ता प्रतियोगिताले महोत्सवमा दर्शक आकर्षित गरेको छ । आज ल्होसार विशेष कार्यक्रमसहित साँझ ‘स्वप्न सुमन र केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रस्तुति दिँदैछ । बुधबार मध्यरातमा विशेष साङ्गीतिक उत्सवसहित सन् २०२६ लाई स्वागत गरिनेछ ।

विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रुपमा स्थापित भएको होटल सङ्घ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ रहेको बताउनुभयो । “केही दिनयता होटलको अकुपेन्सी ७५ प्रतिशतसम्म पुगेको छ, नयाँ वर्षका लागि अधिकांश होटल बुकिङ भइसकेका छ्रन्”, अध्यक्ष सुवेदीले भन्नुभयो, “आन्तरिकसँगै विदेशी पर्यटकको पनि चहलपहल बढेको छ, विदेशीमा भारतीय पर्यटक धेरै छन् ।”

पोखरामा हाल एकै रातमा झण्डै ४० हजार पर्यटकलाई राख्न सक्ने होटलहरुको क्षमता छ । सडक महोत्सवलाई लक्ष्य गरेर पोखरामा रात्रिकालीन बस सेवासमेत सञ्चालन गरिएको छ । लेकसाइडका डिस्को, बार, क्लब जस्ता मनोरञ्जनस्थल चौबिसै घण्टा खुला गरिएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाएको बताउनुभयो ।

उहाँले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरुको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सडक महोत्सवले आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताउनुभयो । “पोखरामा हुने यस्ता उत्सवहरुले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्छ, पर्यटन फस्टायो भने आर्थिक अवसर सिर्जना हुन्छ, पोखराको आर्थिक रुपान्तरणको प्रमुख स्रोत पर्यटन हो”, उहाँले भन्नुभयो ।

Previous Post

निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

Next Post

आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

metakhabar

metakhabar

सम्बन्धित खबर

रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
फिचर-ब्यानर

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

२३ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

२३ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In