• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

metakhabar by metakhabar
१० पुस २०८२,
0
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विश्व सन् २०२५ को अन्तिम सातामा छ । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनर्संरचना, युद्ध र शान्तिको द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु सङ्कट, प्रविधिगत परिवर्तन र सामाजिक रूपान्तरणलाई एकैसाथ उजागर गरेको छ । भारत र चीनजस्ता एसियाली महाशक्तिदेखि अमेरिका, युरोप, मध्यपूर्व र अफ्रिकासम्मका घटनाहरूले विश्वलाई कुनै न कुनै रूपमा प्रभावित पारे ।

यी परिवर्तनहरूको केन्द्रविन्दु विशेष रूपमा भारत र चीनको उदय, प्रतिस्पर्धा र रणनीतिक चालहरू नै देखियो । सन् २०२५ ले २१औँ शताब्दीको विश्व राजनीति अब केवल पश्चिमा शक्तिहरूको प्रभावमा सीमित नरहेको स्पष्ट ग¥यो । भारत र चीन दुवैले आफ्नो आर्थिक क्षमता, जनसाङ्ख्यिकीय शक्ति, प्रविधि र कूटनीतिक पहुँचमार्फत विश्व व्यवस्थामा निर्णायक भूमिका निर्वाह गर्न थालेका छन् । यही कारणले २०२५ लाई भारत–चीन केन्द्रित विश्व रूपान्तरणको वर्षका रूपमा पनि बुझ्न सकिन्छ ।

भारतका लागि २०२५ आत्मविश्वास र आकाङ्क्षाको वर्ष रह्यो । सन् २०२४ को निर्वाचनपछि स्थिर सरकार बनेसँगै भारतले आर्थिक विस्तार, पूर्वाधार विकास र रक्षा आत्मनिर्भरतालाई तीव्र गतिमा अघि बढायो । उत्पादनमा आधारित अर्थतन्त्र, सेमिकन्डक्टर उद्योग, हरित ऊर्जा र डिजिटल प्रविधिमा भएको लगानीले भारतलाई दीर्घकालीन विश्व शक्ति बन्ने दिशामा उन्मुख गरायो । अन्तरिक्ष, रक्षा र प्रविधिमा भारतको बढ्दो उपस्थिति केवल आर्थिक उपलब्धि मात्र नभई रणनीतिक सन्देश पनि प्रवाह गर्न नयाँदिल्ली सफल रह्यो ।

विदेश नीतिमा भारतले आफूलाई विश्वव्यापी दक्षिणको प्रतिनिधि र सेतुका रूपमा प्रस्तुत गर्ने प्रयास गर्‍यो भने अमेरिका, जापान, अस्ट्रेलिया र युरोपसँगको सहकार्य सघन भयो । एसिया–प्रशान्त क्षेत्रमा शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने रक्षासम्बन्धी भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीचको रणनीतिक साझेदारी क्वाडमार्फत यो क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने रणनीति अघि सारियो । यद्यपि, भारतले चीनसँगको प्रतिस्पर्धालाई पूर्ण टकरावमा रूपान्तरण हुन नदिने सावधानी पनि अपनायो । वास्तविक नियन्त्रण रेखामा सैन्य सतर्कता उच्च रह्यो, तर संवादका ढोका बन्द भएनन्, जसले एसियाको राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्था कायम गर्ने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । दुई देशबीचको द्वन्द्व मत्थर भयो ।

चीनका लागि सन् २०२५ आत्ममूल्याङ्कन र पुनर्संरचनाको वर्ष बन्यो । दशकौँको तीव्र आर्थिक वृद्धिपछि चीन सुस्त अर्थतन्त्र, रियल इस्टेट सङ्कट र युवामाझ बढ्दो बेरोजगारीजस्ता चुनौतीको सामना गरिरहेको थियो । यस्ता अवस्थाबीच चीनले घरेलु बजार सुदृढीकरण, प्रविधिमा आत्मनिर्भरता र राज्य–केन्द्रित विकास मोडेललाई थप बलियो बनायो । कृत्रिम बौद्धिकता, उच्च प्रविधिका सामग्री उत्पादन र सैन्य आधुनिकीकरणमा चीनको लगानी निरन्तर रह्यो जसले बेइजिङलाई विश्वका अग्रणी मुलुकको सूचीमा स्थापित गरायो ।

राजनीतिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण अझ कडा देखियो । स्थायित्व र राष्ट्रिय एकताको नाममा निगरानी बढाइयो जसले सामाजिक असन्तोषलाई दबाउने काम गर्‍यो । ताइवान प्रश्न चीनको सबैभन्दा संवेदनशील रणनीतिक मुद्दा रह्यो । ताइवान वरिपरि सैन्य अभ्यास र कूटनीतिक दबाबले अमेरिका र उसका सहयोगीसँग सम्बन्धलाई तनावपूर्ण बनायो जसले सम्पूर्ण एसियाली क्षेत्रको सुरक्षा समीकरणमा असर पार्‍यो । जापान र चीनबीच ताइवानलाई लिएर निकै तनाव भयो ।

भारत र चीनबीचको सम्बन्ध सन् २०२५ मा प्रतिस्पर्धा र सावधानीपूर्ण संयमको मिश्रणको रूपमा रह्यो । आर्थिक रूपमा दुवै देश एकअर्कामा निर्भर भए पनि रणनीतिक अविश्वास कायमै रह्यो । दक्षिण एसिया, हिन्द–प्रशान्त क्षेत्र र विकासशील देशहरूमा प्रभाव विस्तार गर्ने होड तीव्र बन्यो । यही प्रतिस्पर्धाले नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफ्रिकी देशहरूलाई कूटनीतिक सन्तुलन अपनाउन बाध्य बनायो ।

सन् २०२५ मा दुवैले जलवायु सङ्कटका प्रत्यक्ष असर भोग्नुपर्‍यो । अनियमित मौसम, बाढी, खडेरी र चरम तापक्रमले करोडौँ नागरिकको जीवन प्रभावित भयो । यसले विकास र वातावरणबीचको द्वन्द्वलाई चर्काउनका साथै आपसी साझेदारी अपरिहार्य भएको अझ स्पष्ट बनायो । विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनले जलवायु सङ्कट समाधानमा निर्वाह गर्ने सम्भावित भूमिकाले भविष्य निर्धारण गर्ने सङ्केत पनि गरायो ।

प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा झनै तीव्र भयो । कृत्रिम बौद्धिकता, डिजिटल निगरानी, डेटा नियन्त्रण र साइबर सुरक्षामा दुवैले आ–आफ्नो मोडेल अघि सारे । भारतले लोकतान्त्रिक प्रणालीभित्र प्रविधि विस्तार गर्ने प्रयासलाई निरन्तरता दियो भने चीनले राज्य–केन्द्रित प्रविधि शासनलाई बलियो बनायो । यी फरक मोडेलहरूको प्रतिस्पर्धाले विश्व प्रविधि राजनीतिलाई नयाँ दिशा देखायो ।

सन् २०२५ विश्व इतिहासमा केवल घटनाहरूको सङ्कलन मात्र रहेन, यो विश्व व्यवस्थाको गहिरो पुनर्संरचनाको वर्ष बन्यो । राजनीति, अर्थतन्त्र, प्रविधि, युद्ध, जलवायु र संस्कृतिका तहहरूमा भइरहेको परिवर्तनहरूले मानव सभ्यतालाई गम्भीर आत्ममन्थनतर्फ धकेले । एकातिर अभूतपूर्व प्रगति र नवप्रवर्तनको दिशा देखियो भने अर्कोतिर अस्थिरता, द्वन्द्व र अनिश्चितताले भविष्य झन् जटिल बनायो ।

सन् २०२४ को अमेरिकी निर्वाचनपछि डोनाल्ड ट्रम्पको राष्ट्रपतिको रूपमा पुनरागमनले सन् २०२५ को प्रारम्भमै विश्व राजनीतिलाई झस्काइदियो । उहाँका नीतिहरूले अमेरिकी विदेश नीति एकपक्षीयता, कडा राष्ट्रवाद र लेनदेनमुखी शैलीतर्फ फर्केको सङ्केत दियो । आक्रामक भन्सार तथा व्यापार नीतिले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्‍यो । अमेरिका–चीन व्यापार तनाव पुनः चर्कियो, युरोप, मेक्सिको र एसियाली अर्थतन्त्रहरू पनि असरबाट अछुतो रहेनन् ।

मध्यपूर्वमा इजरायल–हमास युद्धविरामले केही समयका लागि राहत दियो । युरोपमा युक्रेन युद्धको छायाँ सन् २०२५ भरि फैलिरह्यो, जसले विश्व शक्ति राजनीति, ऊर्जा सुरक्षा र सैन्य गठबन्धनको भविष्य प्रभावित गर्‍यो । विश्व शासनका बहुपक्षीय मञ्चहरूमा पनि २०२५ परिवर्तनको वर्ष बन्यो । जोहानेसबर्गमा सम्पन्न जी–२० शिखर सम्मेलनले पहिलोपटक अफ्रिकाको महत्त्व पुष्टि गर्‍यो । चीन र अमेरिकी राष्ट्रपतिबीच कोरियामा भएको भेटवार्ता पछि चिसिएको अमेरिका–चीन सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कियो ।

सांस्कृतिक रूपमा पनि वर्ष महत्त्वपूर्ण रह्यो । पोप फ्रान्सिसको निधनले विश्वभर शोक र चिन्तनको लहर फैलायो भने कला, सङ्गीत, खेलकुद, सिनेमा र साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूको निधनले युगको अन्त्य र सांस्कृतिक निरन्तरतालाई उजागर गर्‍यो । अभिनेता धर्मेन्द्रको निधनमा बलिउड रोयो । बदलिँदो शक्ति सन्तुलन, प्रविधि मानव नियन्त्रणभन्दा द्रुत गतिमा अघि बढिरहेको र कूटनीति परीक्षणमा रहेको वर्ष २०२५ मा पनि देखियो । सन् २०२५ लाई हामी आफ्ना सीमा, कमजोरी र सम्भावनालाई एकसाथ सामना गरेको वर्षका रूपमा सम्झिने छौँ ।(अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)

Previous Post

देवघाट अब प्लाष्टिक निषेधित क्षेत्र

Next Post

संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा हुने चुनावको सामना गर्न एमाले तयार छ- ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान
फिचर-ब्यानर

पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

२० चैत्र २०८२,
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन
फिचर-ब्यानर

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

२० चैत्र २०८२,
Load More
Next Post
संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा हुने चुनावको सामना गर्न एमाले तयार छ- ओली

संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा हुने चुनावको सामना गर्न एमाले तयार छ- ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In