• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

by
१६ माघ २०७९,
0
फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ, दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई समेत गिज्याइ रहेको छ ।

करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौंदेखि अस्थायी रूपमा यहाँ फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन । यस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहरको गन्धले यात्रुलाई समेत सास्ती भएको बताए ।

उनी भन्छन्, “यो बाटो दैनिक दुई पटक हिँड्नुपर्छ, फोहरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होलाजस्तो हुन्छ ।”

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुले दुर्गन्ध व्यहोर्नुपरेको जैमिनी नगरपालिका–८ का शिव सुनारले गुनासो पोखे ।

उनी भन्छन्, “राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहरको डङ्गुरले भरिएको छ, बाटोमा पैदल त हिँड्नै सकिन्न गन्हाएर, नाक मुख छोपेर पनि फोहरको गन्ध ह्वास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो को, बजारवासीको लापर्बाही होकी, केही बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा रु”

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहरले भरिएपछि स्थायी डम्पिङसाइटको माग बढेको छ । नगरपालिकाले वार्षिक रु ५० लाखमा उक्त फोहरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी डम्पिङसाइड निर्माण नहुञ्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो ।

फोहर व्यवस्थापनका लागि दश वर्षअघि नै रु दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङसाइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । तत्कालीन फोहर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ ।

“हावाले सबै फोहर उठाएर घरभित्रै ल्याउँछ, यहाँका स्थानीयले नगरपालिकामा गएर भन्यौँ, छिटै समस्या समाधान हुन्छ भनेको वर्षौं भयो, अहिले पनि अवस्था उस्तै छ”, स्थानीय मनबहादुर माझीले भने, “बस्ती नजिकै लिएर फोहर फाल्छन्, यसले हामीहरुलाई निकै दुःख दिएको छ, फागुन चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहर उडेर यही आउँछ ।”

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहर व्यवस्थापनका लागि योजना बनाएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङसाइड निर्माण गर्ने बताए । अहिले फोहर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थितरुपमा फोहर पाल्ने गरी काम गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

“अहिलेको फोहर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नुपर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहर जथाभावीरुपमा फालिएको छैन, घेरा लगाएर पर्खालभित्र फोहर छ, हावाहुरीले समस्या बनाएको छ”, उनले भने, “व्यवस्थित फोहर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौँ, त्यो बनाएर छोड्छौँ ।”
रासस

Previous Post

विचार पु-याउनुहोस्, ग्यास चुल्होबाट पनि एलर्जी हुनसक्छ

Next Post

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In