• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसले राष्ट्र निर्माणमा योगदान दिन इच्छुक सबैलाई पार्टीमा आवद्ध हुन आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

metakhabar by metakhabar
८ पुस २०८२,
0
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ), ८ पुसः घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थी साथीहरुसँग बाह्रकुने दह घुम्न आउनुभएको भेटिनुभयो । टोलका आमासमूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उहाँले बताउनुभयो । “तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो”, पन्थीले भन्नुभयो, “वनभोज खाने, नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रैछ ।” यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।” तालमा माछालाई चारो हाल्दा झन मज्जा आएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१८ का मुना पोखरेल पनि शनिबार विद्यार्थी लिएर बाह्रकुने आएको बताउनुहुन्छ । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भिडभाड भएको उहाँले बताउनुभयो । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो ।

बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मङ्सिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने गर्दछन्, माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।” त्यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमाभन्दा माघेसङ्क्रान्तिमा निकै भीडभाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ । त्यहाँ भेँडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ ।

ज्यामिरेमा डुङ्गा सरर

बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ्ग पुनले बताउनुभयो । जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् ।

मङ्सिरदेखि वैशाख महिनासम्म बढी भीड हुने गरेको उहाँको भनाइ छ । विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने र वनभोज खान दैनिक रूपमा मानिस आउने गरेका छन् । डुङ्गामा चढ्न एक जनाको रु १०० टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि २० मिनेटसम्म समय लाग्ने गरेको चालक पुनले बताउनुभयो ।

“सानो पोखरीलाई विस्तारसँगै डुङ्गा राखेर पर्यटक तान्ने काम भएको छ”, उहाँले भन्नुभयो, “ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ ।”

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

metakhabar

metakhabar

सम्बन्धित खबर

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु
फिचर-ब्यानर

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

१ फाल्गुन २०८२,
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
फिचर-ब्यानर

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

१ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१ फाल्गुन २०८२,
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
समाचार

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

१ फाल्गुन २०८२,
बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
समाचार

बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

१ फाल्गुन २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसले राष्ट्र निर्माणमा योगदान दिन इच्छुक सबैलाई पार्टीमा आवद्ध हुन आह्वान

१ फाल्गुन २०८२,
Load More
Next Post
वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In