काठमाडौं । सरकारले उच्च तहका प्रशासनिक अधिकारीहरूको जिम्मेवारीमा फेरबदल गर्दै ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरुवा सूचीअनुसार सहसचिव कमलप्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै, कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी विनोदकुमार कुँवर राष्ट्रिय समावेशी आयोगमा पठाइएका छन् भने सुशील ढकाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी तोकिएको छ। सरकारका अनुसार प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन र संघ–प्रदेश संरचनामा समन्वय सुदृढ गर्ने उद्देश्यले सहसचिव तहमा व्यापक सरुवा गरिएको हो। बाँकी सहसचिवहरूको नाम, साविकको कार्यस्थल र नयाँ जिम्मेवारीसहितको विस्तृत सूची छुट्टै रूपमा सार्वजनिक गरिएको छ।
उक्त सरुवासँगै संघीय मन्त्रालय, आयोग तथा प्रदेश सरकारका विभिन्न निकायमा नयाँ नेतृत्वसहित कामकारबाही अघि बढ्ने अपेक्षा गरिएको छ।













