• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य

metakhabar by metakhabar
५ पुस २०८२,
0
कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो ।

घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो ।

यस्तो विकृतिका विरुद्धमा सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम मार्फत् आयोडिनयुक्त नुनको वितरण अभियानलाई देशव्यापि सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शत प्रतिशत पुग्दा आयोडिनयुक्त नुनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो ।

सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा ‘कण्ठरोग निवारण कार्यक्रम’ छ । राष्ट्रिय योजना आयोगद्वारा गरिएको सो कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो ।

हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरण प्रणाली र स्वास्थ्य मन्त्रालयले गलगाँडका रोग पहिचान तथा उपचारमा ध्यान दिने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार पछिल्ला दशकमा विशेष गरेर पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा गिरावट हुँदै गएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारणका कार्यक्रमले शत प्रतिशत नै सफलता प्राप्त गरेको छ ।

अर्थात् दुर्गम हिमाली तथा पहाडी भुगोल भएका २२ जिल्लामा आयोडिनयुक्त नुनको सुलभ, सहज आपूर्ति मार्फत तथा आम जनताको सहज पहुँच पु¥याएकाले कार्यक्रमले सफलता प्राप्त गरेको हो । ती जिल्लामा विशेष गरेर गलगाँडको जोखिम रहने एवं समस्या हुन सक्ने सम्भावित आँकलन समेत गरिएको छ ।

गत आवमा मात्र मन्त्रालयले कर्पाेरेशनमार्फत् एकलाख दुई हजार ५०० क्विन्टल नुनको सहज आपूर्ति गरेको थियो । मन्त्रालयका सहसचिव शिवराम पोखरेल आयोडिनयुक्त नुनको आपूर्ति र वितरण प्रणालीमा साल्ट ट्रेडिङ कर्पाेरेशनको भूमिका ऐतिहासिक रहेको बताए । उनले भने ‘कर्पाेरेशनको चुस्त वितरण र व्यवस्थापन तथा आपूर्ति प्रणाली सहज भएकाले आम जनताको सहज पहुँचमा आयोडिन युक्त पु¥याउन सरकार सफल भएको हो । सरकारले मागका आधारमा दुर्गम क्षेत्रमा नुनका आपूर्ति पनि बढाउँदै लगेको छ ।’ आव २०७०÷०७१मा दुर्गमका २२ जिल्लामा ५९ हजार ५७३ क्विन्टर पु¥याइएको थियो ।

भन्साभान्सामा आयोडिनयुक्त नुन

कालिकोट, तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय आयो नुनको पहुँच नगरवासीको भन्साभान्सासम्म पुगेको बताए । उनले भने ‘अब सहुलियत दरको नुन वितरणको जिम्मा पालिकालाई नै दिनुपर्छ ।

आगामी दिनमा आयोडिनयुक्त नुनको चुस्त वितरण र व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुर्गम जिल्लामा नुनको बिक्री डिपो थप गर्नुपर्छ । यसका लागि समन्वय गर्न पालिका तयार रहेका छन् ।’

तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढा गाउँमा ‘ढिके नुन खानु हुँदैन, यसमा आयोडिन हुँदैन’ सचेतना बढेको, ढिके नुन बस्तुभाउलाई खुवाउन छाडिएको बताए । उनले आयोडिनयुक्त नुनका बारेमा सचेतना त पुग्यो तर अझ सर्वसुलभ पहुँच पुग्न कठिन नै छ । सहुलियत दरका नुन वितरण प्रणालीलाई चुस्त बनाउनुपर्छ । यसमा संघीय सरकारले नुनको बिक्री डिपो थप गर्नुपर्छ ।’

सोही नगरपालिकास्थित सत्यदेवी माविका प्रधानाध्यपक सनम शाही विद्यालयले समय समयमा आयोडिन नुनको महत्वका बारेमा विद्यार्थीलाई सचेतनाका कक्षा लिने गरेको जानकारी दिए । उनले भने ‘दुई बालबालिका चिन्ह भएको ‘आयो नुन’, ‘भानु नुन’को महत्वका बारेमा जानकारी दिँदा भान्सामा ढिके नुनको प्रयोग हुन छाड्यो । गलगाँड भएका मानिस गाउँमा अहिले देखिँदैनन् ।’

कालिकोट, सान्नी त्रिवेणाी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी पालिकाभित्र ढिके नुनको प्रयोग गर्ने घर लगभग शून्यमा रहेको जानकारी दिए । उनले भने ‘सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त वितरण व्यवस्थापनका कारण भान्सा भान्सामा आयोडिनयुक्त नुन आइपुगेका छन् । तर सहुलियत दरका नुनको कोटा बढाउनुपर्छ ।’ अध्यक्ष केसीले गाउँमा ‘दुई बालबालिका चिन्ह अङ्कित आयोडिन नुनको प्रयोग गर्नुपर्छ’ भन्ने सचेतना बढेको बताउनुहुन्छ ।

सान्नी त्रिवेणाी–९ स्थित मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसी आयोडिनयुक्त नुनको कमीले देखापर्ने गलगाँडका बिरामी गाउँमा नभएको जानकारी दिए । उनका अनुसार शरीरमा आयोडिनको कमीले गर्भवतीलाई असर पर्छ । गर्भ तुहिने, मृत शिशु जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रूपमा विकलाङ्क हुने लगायत सम्भावना हुन्छ । सान्नी त्रिवेणाी–९ स्थित डाँफे माबिका प्रधानाध्यपक दूर्गाबहादुर केसी बालबालिकामा आयोडिनयुक्त नुनको कमीले हुने गलगाँड नदेखिएको बताए ।

जुम्ला चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्का पछिल्ला समय ढिके नुुनलाई प्रयोग गर्ने प्रचलन लगभग अन्त्य भएको बताउनुहुन्छ । उनले भने आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने सचेतना त बढेको छ ।

कति मात्रमा गर्ने हो,यसका बारेमा समुदायलाई जानकारी दिन आवश्यक छ । ग्रामीण क्षेत्रका भान्सासम्म आयो नुनको पहुँच पु¥याउन साल्ट ट्रेडिङ कर्पाेरेशनको भूमिका प्रशंसनीय रहेको छ ।’

सोही नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमला पुन मगर नगरक्षेत्रमा हालसम्म आयोडिनयुक्त नुनको कमीले हुने गलगाँडका बिरामी नदेखिएको जानकारी दिए । उनका अनुसार आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्छ ।

साथै वयस्कमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक, शारीरिक क्षमतामा कमीजस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो । सोही नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाई विद्यालयमा आयोडिनयुक्त नुनको महत्वका बारेमा बालबालिकालाई समय समयमा जानकारी दिने गरेको बताए ।

‘थोरै खाऔँ, मात्रा मिलाएर खाऔँ’

पछिल्लो सयम देशभर बार्षिक दुइलाख टनभन्दा बढी आयोडिन युक्त नुनको माग हुँदै आएको छ । यही मागअनुसार नै साल्ट ट्रेडिङ कर्पाेरेशनले आयोडिन युक्त नुनको सुलभ र सहज आपूर्ति गर्दै आएको छ ।

कर्पाेरशनका प्रबन्धक ब्रजेश झाका अनुसार गत आवमा कर्पाेरेशनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । अर्काेतर्फ कर्पाेरेशनले नुन आपूर्तिमा तत्काल अबरोध आउन नदिन ६ महिनासम्मलाई पुग्ने नुन आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको छ । उनले भने, ‘सरकारको कार्यादेश अनुसार नै आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव पोखरेल आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरणलाई साल्ट ट्रेडिङ कर्पाेरेशनले चुस्त बनाएकै कारण गलगाँड निवारणमा ऐतिहासिक हात परेको बताए । उनले भने ‘कर्पाेरेशनलाई नुनको एकाधिकार दिँदा मूल्यमा समेत सरकारले नियन्त्रण गर्न पाइरहेको छ । सरकारकै नियन्त्रणमा रहेकाले नुनको मूल्यवृद्धि हुन नपाएको हो ।’

निजी क्षेत्रलाई नुनको कारोबारमा प्रवेश गराउँदा आपूर्ति व्यवस्थामा सङ्कट आइपर्ने विश्लेषकले जनाएका छन् । नुन अत्यावश्यक वस्तु भएकाले सरकारको नीतिभित्रै राख्नुपर्ने माग गरिइएको छ ।

‘आयोडिन’ शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको नुन खान आग्रह गर्दै आएको छ । नुनले थाइरोड ग्रन्थिबाट थाइरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।

Previous Post

महाधिवेशनको अन्योलबीच सभापति देउवाको निर्णायक बैठक

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In