• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने

by
१५ माघ २०७९,
0
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने भएको छ । आज २७औँ वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुरोगको विशिष्टीकृत सेवासहित मुटुको सबै अध्ययन गरिने भएकाले केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने बताउनुभयो ।

उहाँका अनुसार केन्द्रमा मुटुरोगको रोकथाम, उपचार र हृयरोगसम्बन्धी उच्चस्तरीय उपचार तथा मुटुसम्बन्धी सबै अध्ययन गरिनेछ । केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले केन्द्रमा वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणसहितको प्रविधिले उपचार गर्दा ‘सुपर स्पेसियालिटी कार्डियक सेन्टर’का रूपमा स्थापित गरिएको बताउनुभयो ।

उहाँले विश्वमा गरिने जुनुसुकै प्रकारको मुटुको उपचार केन्द्रमा गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा गत वर्ष नेपालमा नै पहिलो पटक विना शल्यक्रिया मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

केन्द्रले २०७८ फागुन १६ गतेदेखि ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी)’ विधिबाट मुटुको कृत्रिम भल्ब राख्ने सेवा सुरु गरेको छ । उहाँले अहिलेसम्म सातजनाको टाभी विधिबाट मुटुको कृत्रिम भल्ब राखिएको जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सेवालाई विकेन्द्रीत गर्नुपर्ने बताउनुभयो । उहाँले मुटुको उपचार सात प्रदेशबाट सुरुआत गर्नुपर्ने बताउनुभयो । राज्यमन्त्री कार्कीले मन्त्रालयले केन्द्रको क्षमता विस्तार गर्नका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

सांसद प्रदीप पौडेलले केन्द्रलाई दक्षिण एसियाको मुटुरोगको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले एकमात्र मुटुरोग अस्पतालले उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गरिरहेको भन्दै केन्द्रलाई अझ सर्वोत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । उहाँले केन्द्रले नयाँ प्रविधि भित्र्याई बिरामीलाई थप सेवा दिनका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा डा भगवान कोइराला, डा अरुण मास्के, डा दामोदरप्रसाद पोखरेल, डा अग्निभूषण उपाध्याय, डा मनबहादुर केसी र डा ज्योतेन्द्र शर्मा तथा २५ वर्ष सेवा गरेकालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । विसं २०५२ मा नौ शय्याबाट मुटुरोगका लागि स्थापना गरिएको केन्द्रमा अहिले दुई सय ७० शय्या रहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा सर्वसुलभरूपमा उपलब्ध गराइरहेको छ ।

केन्द्रले एक वर्षमा एक लाख ६१ हजार छ सय ६४ जनालाई बहिरङ्ग सेवा र १२ हजार पाँच सय ८१ जनालाई अन्तरङ्ग सेवा, १८ हजार ७९ जनाले आकस्मिक सेवा प्रदान गरेको छ । एक वर्षमा एक हजार छ सय सातजनाको मुटुको शल्यक्रिया र हृदयघात भएर आएका सात सय ३० जनाको प्राइमरी एन्जिओप्लाष्टी गरेको कार्यकारी निर्देशक डा अधिकारीले जानकारी दिनुभयो । प्राइमरी एन्जिओप्लाष्टिक हृदयघात भएको २४ घण्टाभित्र गरिसक्नुपर्दछ ।

केन्द्रमा आर्थिक वर्ष २०६३/६४ देखि १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार, आव २०६४/६५ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र आव २०६६/६७ देखि विना शल्यक्रिया मुटुको साँघुरिएको भल्ब खोल्ने प्रविधि सुरु गरिएको छ । यस्तै केन्द्रले बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिबी बिरामी राहत सुविधालगायतका सेवासुविधा पनि प्रदान गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले २७ वर्षमा २२ लाख बिरामीले बहिरङ्ग सेवामार्फत मुटु परीक्षण गराएको बताउनुभयो ।

यस्तै २० हजार जनाको मुटुको शल्यक्रिया, ५० हजार जनाको कोरोनरी एन्जियोग्राम तथा १८ हजारको प्राइमरी एन्जिओप्लाष्टिक गरिएको छ । केन्द्रले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भवनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी मन्त्रालयमा स्वीकृतीका लागि पठाइसकेको कार्यकारी निर्देशक डा अधिकारीले जानकारी दिनुभयो ।

Previous Post

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

Next Post

उपलब्धिहरू प्राप्तिको श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
सरकारले मुलुकको समृद्धिका लागि द्रुत काम गर्ने विश्वास छः उपराष्ट्रपति पुन

उपलब्धिहरू प्राप्तिको श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In