• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महाकाली पक्की पुलले जगाएको आशा

by
१५ माघ २०७९,
0
महाकाली पक्की पुलले जगाएको आशा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको ४ लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ ।

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।

२०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा ४ लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । ३ अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि ४ मानव निर्मित ताल निर्माणधीन अवस्थामा छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा ४ लेनको पुल बनेको हो ।

सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको ४ लेनको पक्की पुल त्रिदेशीय नाकाको विकास भए समृद्ध सुदूरपश्चिम बन्ने यहाँका व्यवसायी बताउँछन् ।

भारतका प्रमुख व्यापारिक सहर यहाँबाट छोटो दुरीमा पर्छन् । भारतको राजधानी दिल्ली यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दुरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायत औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् ।

हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन् ।

सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठुला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठुलो प्रभाव परेको व्यवसायी बताउँछन् ।

महाकाली नदीमा पुल निर्माण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठुलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष मावध जोशीले बताए ।

उनले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक ७ घन्टा मात्रै खुला हुने र त्यसमा पनि ठुला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

‘महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ’, उनले भने, ‘योसँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ, जसकारण यहाँ हरेक किसिमका व्यापार व्यवसाय फस्टाउँछन् ।’ उनले पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्ने बताए ।

व्यवसाय मात्रै नभई पर्यटनको ठुलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट ३५० किमी दुरीमा छ । जसका कारण यो नाका हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठुलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्टले बताए ।

उनले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फस्टाउन नसकेको बताए । ‘महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रूपमा आउन जान सक्छन्,’ उनले भने, ‘महाकाली नदी आफैँमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।’

उनले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठुलो टेवा पुग्ने बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुंगा सावित हुने बताउँछन् । ‘यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा उत्पादित वस्तुले पनि विश्व बजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठुलो टेवा पुग्छ ।’

उनले यो नाका सुचारु भएपछि भारतका ठुला औद्योगिक सहरसँग नेपालको सीधा सम्पर्क हुने बताए ।

सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गाकर्ण अवस्थीले बताए ।

‘यो नाका सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ । लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,’ उनले भने, ‘यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ ।’

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् ।

‘बन्दरगाहको काम सुरु भइसकेको छ । अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने कि निर्यात पनि गर्ने, यसको पूर्व तयारीमा लाग्न जरुरी छ,’ उनले भने, ‘यहाँका उत्पादनहरू निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।’

अर्कातर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने उनले बताए ।

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उनले बताए ।

महाकाली नदीमा ४ लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छ ।

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा ४ लेनको पुल निर्माणको काम सम्पन्न भएको बताए ।

‘पुलसँगै निर्माण भएको पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।’

उनका अनुसार पुलको उत्तरपट्टि १ वर्ग किलोमिटरभन्दा ठुला २ तथा दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका २ गरी ४ पोखरी निर्माण हुँदै छन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम भइरहेको छ ।

‘पोखरीको बीचमा ३/३ टापु बन्छन्, त्यहाँ डुंगा चढेर आउन जान सकिनेछ,’ उनले भने, ‘यहाँ पर्यटकका लागि आकर्षक गन्तव्य बन्नेछ ।’

३ अर्ब ६६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैतभित्र सक्ने गरी निर्माण अघि बढेको छ ।

Previous Post

भिर छिचोलेर पदमार्ग

Next Post

सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गर्‍योः डा शेखर कोइराला

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला

सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गर्‍योः डा शेखर कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In