• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

metakhabar by metakhabar
२२ मंसिर २०८२,
0
पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खलङ्गा (जुम्ला), २२ मङ्सिरः चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो ।

पसलको सामुन्नेकै चोकमा ‘फायर हाइडे«न्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको थियो । तत्काल स्थानीयवासी, चन्दननाथ नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी, स्वयंसेवकका सहयोगमा तत्काल चोकमा राखिएकोे ‘फायर हाइडे«न्ट’मार्फत् आगलागी नियन्त्रणमा लिइयो । सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्रलाई जोगाइयो । चन्दननाथ–५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटनाका बारेमा भन्नुभयो,“चोकमा ‘फायर हाइडे«न्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो । फायर हाइड्रेन्टको उपयोग गरेर आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो ।”

दमकल जान नसक्ने साँघुरा स्थान, चोक÷गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइडे«न्ट’ भनिन्छ । ‘फायर हाइडे«न्ट’ पाइप लाइनका ठाउँठाउँका राखिएका ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ ।

स्वीस रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकामा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडान गर्न सहयोग पु¥याएको छ । विशेष गरेर आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५मा ‘फायर हाइडे«न्ट’ पाइपलाइन राखिएका छन् । यस्ता ‘फायर हाइडे«न्ट’लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयंसेवकमार्फत समुदायलाई जानकारीसमेत गराइएको छ । नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारीले आपत्कालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले भन्नुभयो,“हालै चन्दनाथ–५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा लागेको आगलागीलाई निभाउन ‘फायर हाइड्रेन्ट’ले सहयोग ग¥यो । यो नभएको भए अकल्पनीय क्षति बेहोर्नु पर्दथ्यो ।” उहाँका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रसहित खलाङ्गा बजार क्षेत्र विपद्जोखिम अन्तर्गत आगलागीको उच्च जोखिममा रहेको छ ।

बर्सेनि आगलागीबाट मानवीय एवं धनजनको क्षति हुने गरेको छ । ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगका सहकार्यमा आगलागीको उच्च जोखिम क्षेत्रका ती वडा ‘फायर हाइडे«न्ट’ जडान गरेको हो । साथै दुईवटा अग्नि नियन्त्रक मोटसाइकल पनि तयारी अवस्थामा राखेको छ । आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले सो मोटसाइकललाई घटनास्थलमा पुगेर उपयोगमा ल्याउँदछन् ।

 

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भन्नुभयो “विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन गर्न जोड दिइराखेका छौँ । यही ध्येय पूरा गर्न हाम्रा गतिविधि केन्द्रित छन् ।”

यस्तो छ नेपालमा ‘फायर हाइडे«न्ट’ सुरुआती चरण

नेपाल रेड्क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडाँै महानगरपालिकासँगका सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि ‘फायर हाइडे«न्ट’को पहिलो प्रयोग गरेको थियो । काठमाडाँै महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र व्रिटिश रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रमका तत्कालीन जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाको संयुक्त पहलमा सो वडाको मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीमा आगलागी नियन्त्रणका लागि ‘फायर हाइडे«न्ट’ को अवधारणालाई कार्यान्वयनमा उतारिएको थियो ।

साँघुरा गल्लीका कारण ती स्थानमा आगलागी हुँदा अहिले पनि दमकल छिर्नसक्ने अवस्था छैन । सहज रुपमा दमकल छिर्न नसक्ने यस्ता स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइडे«न्ट’ का पाइप लाइन नै हुन् । ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’ले मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीमा जडान भएको ‘फायर हाइडे«न्ट’ लाई विसं २०७६ पुस २६ गते दिउँसो परीक्षण गरेको थियो ।

तत्कालीन ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’का जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले भन्नुभयो“दमकल छिर्न नसक्ने स्थानमा सम्भावित आगलागी नियन्त्रणको उपाय भन्नु नै ‘फायर हाइडे«न्ट’ हो । यही उपायलाई कार्यान्वयनमा ल्याइएको हो । तत्कालीन समयमा हामीले मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्मको ‘फायर हाइड्रन्ट’ को उपयोगिताका लागि वास्तविक घटनामा आधारित अभ्यासमार्फत सफल परीक्षण पनि गरेका थियौँ ।” सो परीक्षण सफल भएपछि स्थानीयवासी र व्यापारी खुसी भएका थिए ।

काठमाडौँ महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष वरिष्ठ कलाकार शाक्यले भन्नुभयो,“मेरो वास्तविक जीवनसँगको अनुभव र पीडालाई सम्बोधन गर्न साँघुरा गल्लीमा आगलागी नियन्त्रण गर्न ‘फायर हाइड्रन्ट’ को अवधारणा ल्याएका हाँै ।”यसका लागि ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रमले रु पाँच लाख, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिले रु दुई लाख, सङ्घ संस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ मा ‘फायर हाइड्रन्ट’ जडानको काम सम्पन्न गरिएको थियो । दमकल छिर्न नसक्ने स्थानमा आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकासहित अन्य नगरपालिकाले हाल ‘फायर हाइडे«न्ट’ को अवधारणलाई कार्यान्वयनमा ल्याइरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् जोखिम न्युनिकरण गर्न आफ्ना गतिविधि केन्द्रित रहेको जानकारी दिँदै एक स्थानका सफलताका सिकाइ अन्य स्थानमा पनि कार्यान्वयन गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो,“ काठमाडौको सफलता जुम्लामा ‘फायर हाइडे«न्ट’ प्रयोग गरिएको हो ।”

घामडाँडामा ‘साइरन’ जडान

‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा चन्दननाथ–६ स्थित घामडाँडामा अत्याधुनिक ‘साइरन’समेत जडान गरेको छ । गत भदौ २१ गतेदेखि शुभारम्भ गरिएको सो ‘साइरन’ले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पु¥याइरहेको छ ।

चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाले भन्नुभयो,“विपद्का पूर्वका सम्भावित जोखिमका जानकारी,नगरपालिकाका अन्य जनचेतनाका सूचना र समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पु¥याउन ‘साइरन’ले कोशेढुङ्गाको काम गरिरहेको छ । हालै चन्दननाथ– ५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा एकाएक आगलागी समयमा पनि साइरनमार्फत् समुदायलाई जानकारी गराएका थियौँ । यसबाट थप क्षति हुनबाट जोगिएको थियो ।”

उहाँका अनुसार नगरपालिकाले साइरनसहित विभिन्न माध्यम (मोबाइल म्यासेस, एप पोर्टल)मार्फत् पनि विपद्का पूर्व सूचना एवं अन्य सूचना नगरवासी समक्ष पु¥याइरहेको छ । ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’का जिल्ला कार्यक्रम संयोजक सुवेदीले भन्नुभयो “विपद् प्रतिकार्यका लागि समुदायलाई ‘अलर्ट’ राख्न चन्दननाथ नगरपालिकाको समन्वयमा घामडाँडामा ‘साइरन’ जडान गरिएको हो । यसबाट विपद् लगायतका अन्य आम चासोको पूर्व सूचना एवं जानकारी नगरवासी समक्ष पु¥याउन सहयोग मिलेको छ ।”

Previous Post

एमाले महाधिवेशन सचिवालय बैठक: तयारीको बाँकी काम चाँडै सक्न निर्देशन

Next Post

व्हाट्सएप स्टेटसमा गीत कसरी राख्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
व्हाट्सएप स्टेटसमा गीत कसरी राख्ने ?

व्हाट्सएप स्टेटसमा गीत कसरी राख्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In