• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ मङ्सिरः चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो । तर, उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक मल प्रयोगको मात्राबारे जानकारी नहुँदा असन्तुलित रासायनिक मलको प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै भएको हो भन्ने उहाँको अनुमान छ । रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउनु र माटो बिग्रिने जाने विषयले उहाँलाई चिन्तित पनि बनाएको छ ।

रासायनिक मल प्रयोगरी गरी तरकारी खेती गर्दै आउनुभएका भक्तपुर सानोथिमिका रवि डङ्गोलको पनि हरेक वर्ष तरकारी बालीको उत्पादन घट्दै गएको छ । उहाँले भन्नुभयो, “धेरै उत्पादन गर्ने भनेर रासायनिक मलको प्रयोग गरेको त उत्पादन झन् घट्दै गएको छ, यो रासायनिक मलको प्रयोयले माटो बिग्रिएर पो हो कि ?” पछिल्लो समय किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । माटोमा अम्लियपन बढ्दै गएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको छ । कृषिमा भित्र्याइएको हरित क्रान्तिको दुष्प्रभाव स्वरूप माटो बिग्रने दर तीव्र गतिले बढ्दो छ । साथसाथै पहिरो तथा भू–क्षय, सहरीकरण, मरुभूमिकरण, माटोको कडापन वा चट्टानीकरण, एकल बाली खेती र माटोमा प्राङ्गारिक पदार्थको कम प्रयोगलगायत कारणले गर्दा पनि माटोको स्वास्थ्य र गुणस्तर खस्कँदै गएको छ । यसले किसानलाई नै बढी घाटा पु¥याएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार विभिन्न कारणले यो वर्ष कृषि उत्पादन विशेष गरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिकटन घटी उत्पादन हुने देखिन्छ । मन्त्रालयको प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त तथ्याङ्कअनुसार यो वर्ष बालीतर्फ तीन अर्ब ५४ करोड ६१ लाख चार हजार, पशुपन्छी, मत्स्य तथा घाँसखेतीतर्फ १६ करोड १५ लाख ४६ हजार, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ एक करोड छ लाख २५ हजार, सरकारी कार्यालयतर्फ ५८ लाख ६० हजार, जमिन कटानतर्फ तीन करोड ७१ लाख १७ हजार र बीउबिजनतर्फ दुई करोड ८१ लाख चार हजार बराबरको क्षति गरी जम्मा रु तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार बराबरको क्षति भएको देखिन्छ । तरकारीमा सबैभन्दा बढी रु एक अर्ब २५ करोड ७१ लाख ३३ हजार ५५० बराबरको क्षति पुगेको देखिन्छ, जुन कुल प्रतिशतको ३५.४५ प्रतिशत हुन आउँछ ।’

माटो विज्ञहरुले पनि अधिक मात्रामा उत्पादन बढाउने लोभमा किसानहरूले खेतबारीमा रासायनिक मल र विषादीको आवश्यकताभन्दा बढी प्रयोग गर्ने गरेकाले माटोको उर्वरा शक्ति घट्न थालेको बताउँदै आएका छन् । माटोविज्ञ जीवन सुवेदीले गाईवस्तु पाल्न छोडेपछि गोबर मल र प्राङ्गारिक मल बनाउने चलन हराउँदै जाँदा किसानले बढी उब्जाउ हुने भन्दै रासायनिक मल प्रयोग गर्दा माटो बिग्रिँदै गएको र उत्पादनमा क्रमशः ह्रास आउँदै गरेको तर्क गर्नुभयो ।
नेपालमा विशेषगरी बलौटे, बलौटे दुमट, दुमट, चिम्ट्याइलो र पाँगो माटो पाइन्छ । बलौटेमा बालुवाको मात्रा धेरै हुन्छ । दोमटमा बालुवा र चिम्ट्याइलो पदार्थ बराबर भएको र चिम्ट्याइलो माटोमा माटोकै मात्रा धेरै हुन्छ । चिम्ट्याइलो माटोले पानी धारण गर्ने क्षमता बढी हुन्छ । यस्तो माटोमा धानलगायत पानी धेरै चाहिने बाली लगाउन सकिन्छ । बलौटे माटोमा बालुवाको मात्रा लगभग ७० प्रतिशत वा त्योभन्दा बढी हुन्छ । यस्तो माटो खुकुलो हुने भएकाले विशेषगरी आलु, मुला, सलगमसँगै खरबुजा, लौका, फर्सीजस्ता जरे बाली लगाउनु राम्रो हुने विज्ञ बताउँछन् ।

दिवस औपचारिकतामै सीमित

डिसेम्बर ५ अर्थात् शुक्रबार ‘१२औँ विश्व माटो दिवस मनाइँदैछ । ‘स्वस्थ माटो, स्वस्थ गाउँसहर’ भन्ने मूल नारासहित नेपालमा पनि सो दिवस मनाउने तयारी गरिएको छ । तर, माटो दिवस औपचारिकतामै सीमित भएको छ । दिवसका लागि दिवस मात्रै भएको छ । तीव्र सहरीकरण तथा औद्योगिकीरणले निम्त्याएको माटो प्रदूषण लगायतका कारणबाट विश्वभर कृषियोग्य जमिन निरन्तर कम हुनाका साथै माटोको संरचना र उर्वरा शक्तिमा नकारात्मक असर परेको छ । सरकारसँग दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्ने दरिलो योजना छैन । माटो उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकताबद्ध प्रयासका लागि यो दिवस नेपालमा दिवसका लागि दिवस भएको छ ।

स्वस्थ उत्पादन प्रविधिको न्यून अवलम्बन, असन्तुलित मलखादको प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग एवं कृषि रसायनको अनियन्त्रित प्रयोगका कारण माटोको गुणस्तर खस्कँदै गएको कृषि विभागका महानिर्देशन प्रकाशकुमार सन्जेलले बताउनुभयो । यसले खाद्य सुरक्षा तथा पारिस्थितिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको उहाँको भनाइ छ । नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआत गरी विश्व माटो दिवस मनाउन सुरु गरियो ।
तर, यो दिवस मनाउन सुरु गरेको आज ११ वर्षसम्म औपचारिकतामै सीमित छ । खाद्य तथा कृषि सङ्गठन (एाएओ) को सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउने कार्यक्रमको सुरुआत भएको हो । यस वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन नेपालको समन्वयमा विभिन्न कार्यक्रम हुँदैछ ।

विभागका महानिर्देशक सन्जेलले माटो दिवसका अवसरमा केन्द्रीय कृषि प्रयोगशालाको समन्वयमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा विद्यार्थी र किसानहरुलाई माटो परीक्षणका लागि माटोको नमूना सङ्कलन गर्ने तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । साथै, विभागले स्वानमा माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

डिजिटल माटो नक्सा (डिएसएम) को तथ्याङ्कअनुसार जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लिय, करिब २९ प्रतिशत माटो तटस्थ र करिब १७ प्रतिशत माटो आरीय प्रकृतिको पाइएको छ । पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लिय रहेको छ । गत वर्ष करिव ५३ प्रतिशत माटो अम्लिय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो आरीय प्रकृतिको पाइएको थियो । नेपालका अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको छ । विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ ।

गत वर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मावामा प्राङ्गारिक पदार्थ पाइएको थियो । नेपालको माटोमा औषत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । गत वर्ष नेपालको माटोमा औसत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको थियो । नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च पाइएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा नाइट्रोजनको मात्रा कम पाइएको छ । फस्फोरसको स्तर करिब ३५ प्रतिशत माटोमा कम, २१ प्रतिशत माटोमा मध्यम र ४४ प्रतिशत माटोमा उच्च पाइएको कृषि विभागले जनाएको छ । पोटासको स्तर करिब २८ प्रतिशत माटोमा कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च रहेको देखिन्छ ।

सूक्ष्म पोषक तत्वका दृष्टिले मोलिब्डेनम, जिङ्क र बोरोनको मात्रा सामान्यत्तया कम पाइएको छ । बोरोनको मात्रा विशेषगरी पूर्वी नेपालमा न्यून छ । साथै, सल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम देखिएको निर्देशन सन्जेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको माटोको स्वास्थ्य बिग्रनाका प्रमुख कारण भनेको गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु र रासायनिक मलको असन्तुलित प्रयोग हुनाका साथै विषादीको प्रयोग बढ्दै जानु हो ।”

विभागका अनुसार बालीचक्रका आधारमा खेती नगरिनु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर नै भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढ्नु र कृषि औजार÷वन्त्रको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत बाटो बिग्रिँदै जानुको मुख्य कारणलाई लिइएको छ । ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल र अत्यधिक विषादीको प्रयोग तथा अव्यवस्थित खेती एवं सहरमा अत्यधिक प्लास्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहोरको कारण माटोको गुणस्तरमा ह्रास आइरहेको छ ।

सहरीकरण बढ्दै जाँदा खुला माटो कङ्क्रिट र सडकले डाकिँदैछ, जसले माटोको पानी सोस्ने र बिरुवा उमार्ने क्षमता कम भएको छ । ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल र अत्यधिक विषादीको प्रयोग तथा अव्यवस्थित खेती एवं सहरमा अत्यधिक प्लास्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहोरको कारण माटोको गुणस्तरमा हस आइरहेको छ ।

माटो बिग्रिन नदिन समयसमयमा आफ्नो खेतबारीको माटोको परीक्षण गराउने, प्रयोगशालाले परीक्षणका आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लिय भएमा), प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको प्रयोग गरी उपयुक्त प्रविधिअनुसार माटो व्यवस्थापन गर्न र प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग गर्र्ने आवश्यक देखिन्छ । उत्पादन वृद्धिका निम्ति खेती हुने गाउँको माटो जस्तै सहरको माटो पनि मूल्यवान् छ र यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि पनि उत्तिकै आवश्यक छ । आमजनमानसमा चेतना हुनु अपरिहार्य छ ।

माटोको कडापन हटाउने वा कम गर्ने मेसिनरी र प्रविधिको प्रयोग, प्राङ्गारिक तथा अन्य पर्यावरणमैत्री खेती पद्धति आदिको प्रवद्र्धन गर्नु पनि आवश्यक देखिन्छ । माटो जाँचका आधारमा कम्तीमा बजारमा उपलब्ध युरिया, डिएपी र पोटास मल सन्तुलित मात्रामा हाल्नुपर्छ भन्ने जानकारी कृषकलाई गराउनु आवश्यक छ । कृषि वन प्रणाली, पशुपालनसहितको मिश्रित खेती प्रणालीको विस्तार, बाली विविधीकरण, कोसेबालीको खेती विस्तार वा घुसुवा बालीका रूपमा प्रयोग, छापो बालीको खेती र खाद्यतत्वको दक्षतापूर्ण उपयोग गर्ने बालीको चयन गरिनुपर्छ ।

राष्ट्रिय मल नीति, २०५८ उद्देश्यमा नै माटोको उर्वराशक्ति सुधारबाट कृषि उत्पादकत्व वृद्धि गर्ने उल्लेख छ तर यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय कृषि नीति २०६१ मा प्राङ्गारिक कृषिलाई बढावा दिई माटो सुधार गरिने नीति छ । यसको व्यावहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्छ । त्यसैगरी रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नुपर्ने, बालीचक्रको आधारमा खेती गरिनुपर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्नुपर्ने, माटोअनुसार उपयुक्त बालीहरु छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनुपर्ने, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने, भू–क्षय रोक्ने प्रविधि अपनाउनुपर्ने र पानीको निकास गरी खेत÷बारीमा बाढी बग्न दिनु हुँदैन ।

Previous Post

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

Next Post

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In