• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड

metakhabar by metakhabar
१४ मंसिर २०८२,
0
सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ मङ्सिरः पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।

‘सहमति’ नामक गैरसरकारी संस्थाको आयोजनामा नेपालमा सञ्चालित अन्तरराष्ट्रिय विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा वक्ताहरुले सहयोगी संस्थाबीच साझेदारी र नवप्रवद्र्धनको आवश्यकतामा जोड दिनुभएको हो ।

विश्वव्यापी कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण विभिन्न दातृ मुलुकले सहयोग क्रमशः घटाउँदै लगिरहेका सन्दर्भमा नेपालमा सञ्चालित परियोजनाको कार्यान्वयन स्थिति र भावी योजनाकाबारेमा कार्यक्रममा छलफल भएको थियो । ‘नेपालमा विकास प्राथमिकता र बदलिँदो अवस्था’ विषयक सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले दातृ मुलुकका सरकारीस्तरबाट आउने सहयोगमा कमी आए पनि व्यक्तिगत र संस्थागत रुपमा आउने सहयोग नघटेकाले निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

सधैँ विदेशी अनुदानमा मात्रै निर्भर नभई सरकारीस्तरबाट विनियोजन भएको बजेटको परिचालन गरेर पनि गरिबी निवारण, रोजगारी सिर्जनाबाट जनताको जीवनस्तर अभिवृद्धि गर्न सकिने अवस्थालाई पनि वक्ताहरुले जोड दिनुभएको थियो ।

नेपाल सरकारको प्राथमिकतामा आएको अनुदान सहयोगको उपयोग हुन नसक्दा कतिपय कार्यक्रम कार्यान्वयन नै नहुने, सुशासनको अभाव, झन्झटिलो प्रक्रियाले ढिलासुस्ती र अनियमितता हुने गरेका कारण केही देशहरुले सहयोगलाई घटाउँदै लगेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफफ) नेपालका राष्ट्रिय निर्देशक डा घनश्याम गुरुङले विगतमा राष्ट्रिय÷अन्तरराष्ट्रिय गैससहरुको सहयोगका कारण नेपालको गरिबीमा कमी आर्थिकस्तरमा सुधार आउन सकेको बताउँदै वातावरणका क्षेत्रमा नेपालले हासिल गरेको सफलता विश्वमै उदाहरणीय रहेको उल्लेख गर्नुभयो । विकसित देशमा पनि गैससको भूमिका उत्तिकै रहेकाले नेपालमा अझै यसको भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले अन्तरराष्ट्रिय दातृ निकायले अनुदानलाई भन्दा लगानीमा जोड दिन थालेको सन्दर्भमा हामीले पनि त्यसको उपयोग गर्दै आफ्ना मौलिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

विगत २४ वर्षमा सहमतिले देशका ५२ जिल्लामा गरेका विभिन्न ११३ वटा कार्यक्रमका सफल अभ्यासबाट स्थानीय बासिन्दामा शान्ति र खुशियाली ल्याउन सकिएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा विकास अभियन्ता अच्युत लुइँटेलले राष्ट्रिय अन्तरराष्ट्रिय जगत्मा आएको परिवर्तनका सन्दर्भमा विकासका प्राथमिकता, गैससको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालस्थित बेलायती दूतावासका युगान मानन्धर, विनरक इन्टरनेशनलका बद्री बराल, युनाइटेड मिसन टु नेपालका गोकर्ण जोशी, सहमतिका प्रेमसागर सुवेदीलगायत प्रतिनिधिहरुले पनि हालै भएको जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी सुशासन र भ्रष्टाचार अन्त्य हुनसकेमा गैससहरुले स्वदेशी तथा विदेशी लगानीअनुसार जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो ।

Previous Post

मल्कवाङमा पहिलोपटक बस पुग्यो

Next Post

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछः प्रधानमन्त्री कार्की

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
Load More
Next Post
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछः प्रधानमन्त्री कार्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In