• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिया बगानको सौन्दर्यले ढाकिएको ‘मिनी इलाम’

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
चिया बगानको सौन्दर्यले ढाकिएको ‘मिनी इलाम’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– चिया बगानको हरियो प्राकृतिक सौन्दर्यलाई नियाल्न तपाईं झापा, फिक्कल र इलामसम्म पुग्नै पर्दैन । काठमाडौँबाट दुई घण्टामै पुग्न सकिने सिन्धुपाल्चोक भोटेचौरस्थित मेलम्ची नगरपालिका–२ मा रहेको ‘मिनी इलाम’मा तपाईंले चियान बगानको दृश्यलाई नियाल्न सक्नुहुन्छ ।

पुरानो जैसी गाउँ भनिएपनि हाल यो ठाउँ ज्योतिष गाउँको रुपमा चिनिन्छ । जहाँ ‘एभरेष्ट चिया बगान’का रुपमा फैलिएको रमणीय चिया बयानहरु छन् । जुन स्थानलाई सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सोम गौचनले स्थापना गरेका हुन् ।

लामो दूरीको यात्रालाई झन्झट मानेर इलामको चिया बगानमा पुग्न नसकेकाहरु अहिले ‘मिनी इलाम’मा पुगेर रमाइरहेका देखिन्छन् । जुन चिया बगान अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत निकै लोकप्रिय पर्यटकीय स्थलको बनेको छ ।

काठमाडौँबाट ४० किलोमिटरको दुरीमा रहेको मिनी इलाममा पुग्न सार्वजनिक वा आफ्नै सवारी साधनमा सजिलै पुग्न सकिन्छ । पदयात्राका लागि समेत यो ठाउँमा पुग्नलाई निकै राम्रा गन्तव्यहरु भेटिन्छन् । काठमाडौँ साँखु, जहरसिंहपौवा र भोटेचौरहुँदै मिनी इलाम पुग्न सकिन्छ । यदि तपाईं सार्वजनिक सवारीमा जान चाहनुहुन्छ भने काठमाडौँ बौद्धबाट बस चढ्न सक्नुहुन्छ ।

आफ्नै सवारीमा हो भने चाबहिल, बौद्ध, जोरपाटी, साँखु हुँदै सालीनदी किनार छोडेर उकालो लाग्न सक्नुहुन्छ । १५/२० मिनेटमै जहरसिंहपौवा पुगेर बायाँतर्फ लागेपछि १० देखि १५ मिनेटमा चौकीभन्ज्याङ हुँदै तपाईं शंखरापुर पुग्नुहुन्छ । त्यहाँबाट करिब १० मिनेटमा भोटेचौरको दृश्य देख्न सकिन्छ भने भोटेचौर ज्योतिष गाउँबाट चिया बगानतिर लाग्नुपर्छ ।

त्यहाँ ‘एभरेष्ट चिया बगान’को हरियाली र सुन्दरताले तपाईंको सबै थकानलाई मेटाइदिन्छ । हरियाली दृश्य मात्र नभएर वरीपरीको पहाडको दृश्य र ग्रामीण परिवेशले समेत तपाईंको मन लोभिन्छ । यहाँबाट उत्तरका हिमाली शृंखलामा रहेका गणेश हिमाल, दोर्जेलाक्पा, जुगल, आमायाङ्ग्री, लाङटाङ हिमालको मनमोहक दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । तपाईं पैदल नै मिनी इलाम जान चाहनुहुन्छ भने सुन्दरीजलको उकालो बाटो भएर जान सक्नुहुन्छ ।

जुन यात्राकै क्रममा काठमाडौँको दृश्य समेत हेर्न सक्नुहुनेछ । उकालोमा वनजङ्गल र कलकल पानीको ध्वनी सुन्दै तपाईं यात्रा गर्नु पाउनुहुन्छ । सुन्दरमाईको दर्शन गरेर ठाडो उकालो हुँदै मूलखर्कतिर लागेपछि ओरालो लागेर नागमतीको किनारै किनार गएपछि हिलेभन्ज्याङ पुगिन्छ । त्यहाँबाट तीन किलोमिटर उकालो लागेपछि धाप ड्याममा पुगेर उत्तरतर्फ ओरालो लागेपछि तामाङगाउँ, गुरुङगाउँ र हैबुङहुँदै ज्योतिष गाउँ पुग्न सकिन्छ ।

त्यहाँबाट चिया बगानतिर लाग्न सकिन्छ । चिया बगानको छेवैमा पहाडको खोँच भएर सानो खोला समेत बगेको छ । मिनी इलाम घुमेर थकाइ मार्नका लागि हैबुङमा आराम गरी बस्न होटलहरु समेत खोलिएका छन् । जहाँ स्थानीय परिकारहरु समेत पाइन्छन् । शहरको कोलाहल र भीडलाई छिचोल्न चाहनुहुन्छ भने होटलहरुमा शान्त वातावरणको व्यवस्थापन गरिएको छ ।

हैबुङमा रहेको रेन्बो ट्राउट फार्म निकै लोकप्रिय छ । त्यसकारण मिनी इलाम तपाईंका लागि  प्राकृतिक सौन्दर्यको अवलोकन मात्र नभएर शान्त वातावरणमा आराम गर्ने उपयुक्त थलो पनि बन्न सक्छ ।

Previous Post

न्यूनतम मेकअपमा ज्याकलिनको किलर लुक्सले सामाजिक सञ्जालमा धमाका

Next Post

यी खानेकुराले बढाउँछन् बच्चाको प्रतिरोध क्षमता

metakhabar

metakhabar

सम्बन्धित खबर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
आर्थिक

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

२८ माघ २०८२,
ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
Load More
Next Post
यी खानेकुराले बढाउँछन् बच्चाको प्रतिरोध क्षमता

यी खानेकुराले बढाउँछन् बच्चाको प्रतिरोध क्षमता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In