• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बन्दैछ निर्वाचनको वातावरण

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
बन्दैछ निर्वाचनको वातावरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिएसँगै राजनीतिक क्षेत्रबाट निर्वाचनमा संलग्नता नहुने हो कि भन्ने प्रश्नसमेत अन्त्य भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र कानुनी क्षेत्रबाट आवाज उठाउँदै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि आयोगमा निर्वाचनका लागि पार्टी दर्ता गरेसँगै त्यो आशङ्का अन्त्य भएको छ । उक्त पार्टीले ६६ औँ नम्बरमा पार्टी दर्ताका लागि निवेदन दिएपछि थप राजनीतिक वातावरण सृजना भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले अधिकांश दलले निर्वाचनमा भाग लिने विश्वास लिँदै आएको बताए । कतिपय दल निर्वाचनको विपक्षमा भन्ने कुरा बाहिर आए पनि अब त्यो आशङ्का मेटिँदै गएको उनको भनाइ छ । आयोगका प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचनका लागि मुख्य पक्षहरू राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकार भएकाहरू हुन् । ती सबैबाट निर्वाचनको वातावरणका लागि काम भइरहेको छ । सरकार र आयोगको त मुख्य जिम्मेवारी नै भयो । त्यसकारण अब निर्भयपूर्वक निर्वाचन हुन्छ भन्ने सन्देश दिन आवश्यक छ ।”
आयोगको स्वीकृत कार्यक्रमअनुसार निर्वाचन प्रयोजनाका लागि यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । नयाँ दल दर्ताको निवेदन दिएका दलले स्वीकृति पाइ दर्ता प्रमाणपत्र लिने क्रम पनि जारी छ । प्रमाणपत्र पाएलगत्तै ती दलले निर्वाचनमा सहभागी हुन धमाधम निवेदन दिइरहेका छन् ।

मङ्गलरबारसम्म आयोगमा दर्ता कायम रहेका १३२ राजनीतिक दलमध्ये नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले निर्वाचनका लागि दल दर्ता गराइसकेका छन् । ती दलमध्ये हालसम्म ६८ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार रहेको निवदेन दिएको आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेलाई मताधिकार हुने निर्णय गरिसकेको छ । उक्त मितिसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने जनाइएको छ । उक्त नाममा विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्नेछ ।

यस्तै, निर्वाचनका लागि सरकार र निर्वाचन आयोगको गृहकार्यमा तर्जुमा भएको एकीकृत निर्वाचन सुरक्षा योजनाको कार्यान्वयन हुन थालेको छ । आयोगले माग गरेभन्दा करिब रु दुई अर्ब कम भए पनि नेपाल सरकारबाट रु चार अर्ब ९६ करोड ६६ लाख स्रोत सुनिश्चित गरिएको प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार आयोगलाई बजेटको शीर्षकगत बाँडफाँटको विवरण आउन बाँकी रहेको छ भने प्राप्त स्रोतका आधारमा आयोगले पनि पुनः ‘बजेटिङ’ गर्नेछ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ ।विगतका निर्वाचनमा बचत भएको रकम सरकारलाई फिर्ता भएको स्थितिमा यस पटक निर्धारित रकममा अपुग भएमा सरकारबाट थप रकम प्राप्त हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताए ।

यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै जारी राखेको आयोगले जनाएको छ । आगामी फागुन २० गते राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ अर्थात् १९ सदस्यमध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची रहेको छ ।

Previous Post

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

Next Post

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In