• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ९ मङ्सिरः पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।

पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताउनुभयो । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उहाँको भनाइ छ । “हाम्रो टोलमा तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “सिँचाइ अभावमा हामीले धेरै समस्या भोग्दै आएका थियौँ, अहिले सहजता भएको छ ।”

यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईले बताउनुभयो । वडाको पहलमा प्रदेशसँग बजेट माग गरेर पोखरी निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । “सिँचाइ नहुँदा स्थानीयलाई समस्या थियो, यो चाँपे क्षेत्र तरकारीलगायत कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तर सिँचाइ अभावमा देखिएका समस्या अब भने अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

सडकको राम्रो पहँुच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उहाँको भनाइ छ । गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताउनुभयो । सिँचाइका लागि मुहान नभएको ठाउँमा प्लाष्टिक पोखरी वितरण गरेर पनि किसानलाई आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

“हाम्रो गाउँपालिका खुक्खाग्रस्त क्षेत्रमा पर्दछ”, उपाध्यक्ष राईले भन्नुभयो, “तर पनि किसानलाई खेतीमा सहजता पुर्याउनका लागि सिँचाइ पोखरी, निर्माण प्लाष्टिक पोखरी वितरणलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।” पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताउनुभयो । पोखरीको पानी प्रयोग गरेर आफूले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उहाँको भनाइ छ ।

Previous Post

आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो

Next Post

जग्गा , नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

metakhabar

metakhabar

सम्बन्धित खबर

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

२८ माघ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२८ माघ २०८२,
अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

२८ माघ २०८२,
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

२८ माघ २०८२,
Load More
Next Post

जग्गा , नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In