• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिलोत्तमा (रुपन्देही), ७ मङ्सिरः तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा देवदहस्थित पाकरी वृक्षमा पुग्नुहुन्छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा रहेको पाकरी वृक्ष शान्त र मनोरम ठाउँ हो । पाकरी वृक्ष पुग्नुअघि त्यहाँका बारेमा उहाँले अरुबाट नै जानकारी पाएर त्यहाँ पुग्नुभएको हो ।

“जस्तो सुनेकी थिएँ, त्यस्तै रहेछ यो ठाउँ, सुन्दर, शान्त अनि मनै आनन्दित हुने”, नरमाया भन्नुहुन्छ, “यहाँ आइपुग्दा आनन्दको आभाष पाएँ, पहिलो पटक पुग्दा नै आकर्षित भएँ त्यसैले यो ठाउँमा पटकपटक आउन मन लाग्छ ।”

यस्तै, बुटवल उपमहानगरपालिका वडा नं १५ कि आरती राना पनि पाकडी वृक्षमा धेरैपटक पुग्नुभएको छ । आरती पनि सुन्दर, शान्त र मनोरम ठाउँमा रमाउन तथा मनलाई आनन्दित बनाउन त्यहाँ पुग्ने गरेको बताउनुहुन्छ । आरतीलाई पाकडी वृक्षले मोहित बनाएको छ । उहाँ भन्नुहुन्छ, “जब त्यहाँ पुगिन्छ साँच्चिकै स्वर्गमा पुगेको भान हुन्छ ।”

तिलोत्तमा वडा नं १५ निवासी हिमाल सुनार पाकडी वृक्षमा पुगेर आनन्दले बस्ने र फोटो तथा भिडियो बनाउने गर्नुहुन्छ । हिमाललाई यो ठाउँ वास्तवमै स्वर्ग लाग्छ । पाकडीका बारेमा अरुबाट थाहा पाएर त्यहाँ पुग्नुभएका हिमाललाई त्यो ठाउँमा बसेर मन अघाउँदैन ।

यस्तै पाकरी वृक्षमै भेटिनुभएकी तिलोत्तमा वडा नं ३ की अप्सरा खत्रीले पनि यहाँ आत्मसन्तुष्टिका लागि आएको बताउनुभयो । शान्त वातावरण र शीतल हरियाली भएको सो वृक्षमा तिलोत्तमा–३ कै कोमल कुँवर पनि भेटिनुभयो । उहाँ पनि शीतल र शान्त वातावरणको खोजीमा पटकपटक पुग्नुहुन्छ ।

एसियाकै सबैभन्दा ठूलो वृक्षका रुपमा लिइने यो वृक्षको ऐतिहासिक महत्व रहेकै कारण दिनहुँ सयौँ आन्तरिक पर्यटक पाकरी वृक्षमा रमाउन पुग्ने गरेका छन् । हेर्दा सुन्दर, सधैँ हरियाली, शीतलताले भरिपूर्ण पाकरी वृक्षले सबैलाई आकर्षित गरेको छ । अलौकिक विशेषताले भरिपूर्ण यो वृक्षमा बौद्धकालीन सम्बन्ध जोडिएको भन्ने पनि गरिन्छ । प्राचीन कोलीय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको भन्ने स्थानीयको जन विश्वास रहेको छ ।

यो वृक्ष भगवान् गौतम बुद्धको मावली देवदह क्षेत्रमा पर्ने भएकाले यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता पनि छ । यी सबै कुरा बौद्ध ग्रन्थमा कहीँकतै पनि उल्लेख नभएको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्ले बताउनुहुन्छ । देवदहको वडा नं ८ मा रहेको यो वृक्ष पूर्व–पश्चिम महेन्द्र राजमार्गको शीतलनगर चोकदेखि दुई किमी दक्षिणमा रहेको छ । यस वृक्षकाबारेमा थाहा पाउनेहरु अवलोकनका लागि पुग्ने गरेका छन् ।

यो वृक्ष अवलोकन गर्न र यससम्बन्धी जानकारी लिन नेपालभरबाटै पर्यटक पुग्ने गरेको सहजकर्ता रुद्र पाण्डे बताउनुहुन्छ । यहाँ सामान्य मानिसदेखि विभिन्न तहमा अध्ययनरत विद्यार्थी, बुद्धिष्टहरु, अनुसन्धानकर्ता, प्रेमील जोडी र अन्य मुलुकबाट पर्यटक पुग्ने गरेको पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ । यो वृक्ष देवदहको पहिचानका रुपमा स्थापित रहेको छ ।

देवदह यसै पनि भगवान् गौतम बुद्धको मावलीका रुपमा अन्तरराष्ट्रियस्तरमै परिचित पवित्र स्थल हो । यो मात्र नभइ देवदहमा बौद्धकालीन स्थल दर्जनौँ भए पनि पर्याप्त रुपमा उत्खनन हुन सकेका छैनन् । उत्खनन भए पनि कछुवाको तालमा हुन्छ । साथै प्रचारप्रसारको अभाव भएको स्वयं नगरपालिकाका जनप्रतिनिधि स्वीकारछन् । देवदहमा भवानीपुर, खयर डाँडाजस्ता बौद्धकालीन स्थल दर्जनौँ छन् । तर त्यसको उचित विकास र प्रचारप्रसारको कमी छ ।

वृक्षको विशेषता

द ट्रि अफ हेभनका उपमा पाएको यो वृक्ष ८२ फिट अग्लो अर्थात् करिब ३० मिटर उचाइ छ । झण्डै ३० मिटर परिधि भएको वृक्षले एक कट्ठा जमिन पूरै ओगटेको छ । कहिल्यै उजाड नहुने सधैँ हरियो रहिरहने यो वृक्षमा गिद्ध, बकुल्ला, चील बाजजस्ता चरा कहिल्यै बस्दैनन् । अलौकिक विशेषता रहेको यो वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । यो वृक्षको जरा तथा हाँगामा विभिन्न जीवका साथै भगवान्का आकृति देखिने सहजकर्ता पाण्डेले बताउनुभयो । अर्काे अनौठो कुरा यो वृक्षको नजिक हात्ति कहिल्यै पनि नगएको स्थानीय बताउँछन् ।

वृक्षका फाइदाहरु

पाकरी वृक्ष सधैँभरि हरियो रहिरहने र यसबाट प्रशस्तै अक्सिजन पाइन्छ । यसको नजिक पुग्दा मानिसलाई सकारात्मक उर्जा मिल्छ । “हेर्दा निकै सुन्दर देखिने यस वृक्ष प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यसका साथै धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ”, सहजकर्ता पाण्डेले भन्नुभयो, “मानिसहरू यहाँ आएर ध्यान गरेर आफ्नो मनलाई शान्त पार्दै स्वर्गीय आनन्द प्राप्त गर्छन् ।”

पाण्डेले वृक्ष अवलोकन गर्न पुग्ने पर्यटकका लागि वृक्षकाबारेमा जानकारी दिने गर्नुहुन्छ । सो स्थानकाबारेमा जानकारी दिन नगरपालिकाबाटै उहाँलाई खटाइएको छ । तर पाकरी वृक्षमा पुग्न भने त्यति सहज छैन । यहाँ पुग्नका लागि कहीँकतै कुनै पनि प्रकारका सूचना भेटिँदैनन् । टाढाबाट त्यहाँ पुग्दा भोकाएका तिर्खाएकालाई वरिपरि कुनै सुविधा छैन ।

पाकडी वृक्ष संरक्षण र भौतिक पूर्वाधारका लागि नगरपालिकाले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गरेको छ । तर जग्गा अभावमा वृक्ष वरिपरि पर्खाल लगाउने कामबाहेक अरु कुनै महत्वपूर्ण भौतिक उपलब्धि हुन नसकेको देवदह वडा नं ८ की स्थानीय बासिन्दा अनुराधा लोधले बताउनुभयो । वृक्ष संक्षणका लागि वृक्ष वरिपरि पर्खाल तथा तार लगाइएको छ भने रेखदेख र त्यहाँ पुग्ने पर्यटकका लागि पाकरी वृक्षको जानकारी दिन नगरपालिकाबाट कर्मचारी खटाइएको छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले कहीँकतै विनाश नहुने गरी काम गर्नुपर्दा सुस्तगतिमा काम गर्नुपर्ने बाध्यता भएको नगर प्रमुख ध्रुव खरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “वृक्ष भएको जग्गा कुनै एक व्यक्तिका नाममा छ, तर उहाँले दानस्वरुप हस्तान्तरण गरिसक्नुभयो, भएको जमिन वृक्षले नै ओगटेको छ, कुनै पनि भौतिक संरचना र विकासका लागि एकल प्रयासले मात्र सम्भव नहुने रहेछ, बाटोघाटो पनि विस्तारै बनाउँदै छौँ ।”

नगर प्रमुख खरेलले वृक्ष भएको सो जग्गा सरकारलाई नै हस्तान्तरण गरे पनि जग्गा नामसारी भने नभएको प्रष्ट पार्नुभयो । वृक्षको समग्र विकास र विस्तारका लागि जग्गा कमी भएकाले थप गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । साथै वृक्ष वरिपरिको जग्गा थप गर्ने प्रक्रियामा रहेको नगर प्रमुख खरेलको भनाइ छ ।

Previous Post

शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय

Next Post

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In