• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

by
१४ माघ २०७९,
0
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो । तर चौथो सेटमा गण्डकीले आफूले पाएको अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई बुझायो । तर अन्तिम सेटमा भने गण्डकीले एपिएफलाई खेलमा फर्किने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौ सेट १५–८ ले जित्दै उपाधि हात पा¥यो । यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । दुई वर्ष अघि सम्पन्न प्रथम टाइगर कपमा उपाधि जितेको थियो ।

यता महिलातर्फको फाइनलमा साविक विजेता एपिएफले आफ्नो लयमा कायम रहँदै दोश्रो पटक लगातार टाइगरकप भलिबलको उपाधि जितेको छ । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई २५–२२, २०–२५, २५–८ र २५–२२ ले जित्दै उपाधि जितेको हो ।

उपाधिसंगै घरेलु टोली गण्डकी र एपिएफले समान नगद रु ५–५ लाख नगद हात पारेका छन् उपविजेता रहेको पुरुषतर्फको एपिएफ र महिलातर्फ नेपाल आर्मीले समान नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी आज नै भएको पुरुषतर्फको तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गरेको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले पछिल्ला तिन सेट २५–१८, २५–२१ र २५–२० ले जित्दै नगद रु १ लाख २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल आर्मी चौथो हुँदै नगद रु ६५ हजार प्राप्त गरेको छ ।

त्यस्तै महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लवले तेश्रो स्थान प्राप्त ग¥यो । न्यू डायमण्डले नगद रु १ लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार हात पारेको छ ।

त्यसैगरी तेश्रो टाइगरकप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट हुन सफल भइन् । उनीहरुले जनही नगद रु २५–२५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा पुरुषतर्फ वेष्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, वेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतिय खेलाडी नितिन, वेष्ट सेटरमा गण्डकीका विवश आले, वेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र वेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए ।

 

त्यस्तै महिलातर्फ वेष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, वेष्ट ब्लकरमा आर्मीकी संगम महतो, वेष्ट सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, वेष्ट लिविरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा वेष्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गर्न सफल भइन् । पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीहरुले जनही नगद १०–१० हजारका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद

का सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै सदस्य सचिव घिसिङले पोखरा रंगशालालाई ट्रेनिङ भेन्यूको रुपमा अघि बढाउनु पर्ने कुरालाई जोड दिएका थिए । उनले भने–“पोखरालाई अन्तर्राष्ट्रिय खेल भेन्यूको रुपमा स्थापित गर्ने की ट्रेनिङ भेन्यू ? यसमा पोखरेलीहरुको सुझावलाई राखेपले मनन गर्नेछ र त्यसरी नै अघि बढ्नेछ ।”

सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

 

Previous Post

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण

Next Post

यी चार कारण हुनसक्छ शाहरुखको ‘पठान’ सुपरहिट

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
यी चार कारण हुनसक्छ शाहरुखको ‘पठान’ सुपरहिट

यी चार कारण हुनसक्छ शाहरुखको ‘पठान’ सुपरहिट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In