• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ । सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

‘मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ,’ डा वैष्णव भन्छन्, ‘यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।’ मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् । यसरी खनेर ल्याइएको माटोले विवाह मण्डप, वेदी, चुल्हो बनाउनसँगै देवदेवीस्थल लिपपोत गरिन्छ । मिथिलामा यी सबै विधिमा माङ्गलिक गीत गाइन्छन् । त्रेतायुगमा श्रीराम र सीताजीको विवाहमा हालको मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउबाट यज्ञवेदी बनाइन माटो खनिएको विश्वास गरिन्छ ।

मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ । यहाँ भोलिपल्टको जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मटिहानी बस्ने पुरानो चलन छ ।

श्रीराम र सीताका बीच विवाह भएको सम्झनामा मनाइने यो महोत्सवमा पहिलो दिन ‘नगर दर्शन’ उत्सवको परम्परा छ । यो उत्सव श्रीराम, गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आइपुगेको सम्झनामा मनाइने गरिएको हो । यस दिन श्रीराम र लक्ष्मणले राजा जनकको दरबार परिसर र जनकपुर नगर अवलोकन गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा मनाइन्छ । यस क्रममा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको भूमिकामा सजिएका पात्रहरूलाई राजा जनकका भारदारहरूले नगरको अवलोकन गराउँछन् ।

महोत्सव शुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ । खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ । भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै शुरु भए पनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ ।

भारतबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट अर्थात् विवाहपञ्चमीका दिन जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गर्दै महोत्तरीकै पिपरामा दिवा भोजन र केहीबेरको विश्राम गरेर जनकपुर रङ्गभूमिमा आयोजना हुने स्वयम्वर र रामजानकी विवाहमण्डपमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने गर्छन् ।

रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुरमा नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्वर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ ।

यी उत्सवको पहिलो दिन नगर दर्शनमा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्र जनकपुर आइपुग्नु भएर उनहरूलाई नगर अवलोकन गराइएको, दोस्रो दिन फूलबारी लीलामा सीताजी फूल टिप्न सखीहरूका साथ फूलबारी पुग्दा श्रीरामसँग आमनेसामने देखादेख भएको, तेस्रो दिन धनुष यज्ञमा श्रीरामले शिवजीको धनुष भङ्ग गर्नुभएको, चौथो दिन श्रीरामले धनुष भाँचेपछि सीतासँग विवाहको टुङ्गो गरेर अठोट लागेपछि कन्यापक्षले वरपूजन गर्ने परम्पराको तीलकोत्सव प्रतीकात्मक रूपमा मनाइन्छ । त्यसैगरी, पाँचौँ दिनको स्वयम्वर तथा विवाहमा रङ्गभूमि मैदानमा स्वयम्वर र विवाह मण्डपमा विवाह विधि र सातौँ दिन अयोध्याका जन्ती बिदाइको ‘रामकलेवा’ विधि प्रतीकात्मक रूपमा सम्पन्न गरिन्छन् ।

रामजानकी विवाह महोत्सवको मेला हेर्न सम्पूर्ण मिथिलाक्षेत्रमै केही दिन पहिलेदेखि तयारी गरिन्छ । यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण कर्ण बताउँछन् ।

Previous Post

सरकारसँग सहमतिपछि प्रसाईं समूहले विरोध कार्यक्रम फिर्ता

Next Post

हुलाकी राजमार्ग धनुषा खण्डमा पुल निर्माण ढिलिँदा स्थानीय लाभबाट वञ्चित

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आरनको भरमा लुहार दम्पतीको जीविका
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
Load More
Next Post
हुलाकी राजमार्ग धनुषा खण्डमा पुल निर्माण ढिलिँदा स्थानीय लाभबाट वञ्चित

हुलाकी राजमार्ग धनुषा खण्डमा पुल निर्माण ढिलिँदा स्थानीय लाभबाट वञ्चित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In