• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ मङ्सिरः उमेरले १५ वर्ष लागे उनी । बालबालिकाको नैसर्गिक अधिकारले भन्छ, शिक्षा, स्वास्थ्य, खेलकुद र अभिभावको माया ममतामा संरक्षण पाउनु मौलिक अधिकार हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका विजय विकका लागि यी सबै बालअधिकार कथाजस्तै भएका छन् । उनी कक्षा ४ मा पढ्दापढ्दै विद्यालय जान सकेनन् । चौध वर्षसम्म उनले आफ्नो नामबाहेक अरु केही लेख्न जाँन्दैनथ्ये । किताब पढ्न र अक्षर चिन्न सक्दैनथ्ये ।

विजय छिमेकी र आफन्तीले रक्सी, चुरोट जे किन्न पठाए पनि जान्छन् र किनेर ल्याइदिन्छन् । रक्सी र चुरोट किन्दाकिन्दै उनले आफू कुलतमा फसेको बताउँछन् । “छिमेकी तथा आफ्न्तले बाबु रक्सी, चुरोट किनेर ल्याइदेन भन्नुहुन्छ”, उनी भन्छन्, “किन्दाकिन्दै सुरुमा अलिअलि चाखेँ, अहिले खाने बानी भइसक्यो ।”

विजयको घर र बुबाको पहिचान छैन । उनी मामाघरमा हजुरआमासँग बस्दै आएका छन् । उनका आमा नौसरा विकका अनुसार विजयको जन्म डाँगी थरका एक जना युवासँग प्रेम सम्बन्धपछि विजयको जन्म भएको हो ।

नौसराले भन्नुभयो, “आफू गर्भवती भएको जानकारी केटाका पक्षलाई दिएर सन्तान स्वीकर गर्न अनुरोध गर्दा अस्वीकार गरेपछि घटना अदालती मुद्दामामिलासम्म पुगेको थियो ।”

लगातार चार वर्ष मुद्दा लडेपछि जग्गाजमिन बेचेर घरबासमा मात्रै सीमित हुनुपरेको हजुरआमा (मामाघर) की गोमती विकले बताउनुभयो । उहाँका अनुसार छोरीको विवाहभन्दा पनि गर्भमा रहेको सन्तानको अधिकारका लागि धेरै मुद्दा लड्दालड्दै सम्पत्ति सकिएको हो ।

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उहाँले भन्नुभयो । गाँउमा सबैलाई विजय कसको हो भन्ने थाहा छ भन्दै उहाँले समाज चुप भएर बसिदिएकाले छोरी र नातीले न्याय नपाएका बताउनुभयो ।

समाजको तिरस्कार र बुबाको नाम नखुलेको बालकलाई होच्याउने, हेप्ने व्यवहारका कारण विजयले वेवारीसेजस्तै जीवन बिताइरहेको हजुरआमा गोमतीले उल्लेख गर्नुभयो । उहाँले पनि विजयको बुबा डाँगी थरको भएको दाबी गर्नुभयो ।

आमा नौसराले भन्नुभयो, “छोराले पटकपटक मेरो बुबा को हो ? भनी सोध्दा जवाफ दिन नसक्ने हुन्छु । उसलाई सम्झाउन ‘तेरो बुबा डाँगी थर’ का हुन् भन्छु । सोही कारणले पनि विजयको थर डाँगी लेखेर स्कुलमा भर्ना गरेका थियौँ ।”

“स्थानीय जनजागृती माविमा कक्षा ३ सम्म उनी ‘विजय डाँगी’ थरमा चिनिए । त्यतिबेला उनलाई थर लेखेकै भरमा स्कुलदेखि समाजका व्यक्तिले डाँगी किन लेखेको ? भन्दै होच्याउन थाले । डाँगी लेखेर मनोवैज्ञानिक रूपमा उनलाई डर र त्रास देखाउन थालेपछि विजयलाई जानकारी नगराई स्कुलले विक थर लेखिदिएको हो”, हजुरआमा गोमतीले भन्नुभयो । नातीले तीन कक्षासम्म मात्र पढेको बताउँदै उसले लेख्दै आएको डाँगी थर परिवर्तन भएर विक भएपछि स्कुल जान नमानेको उहाँले जानकारी दिनुभयो ।

“मैले स्कुलमा सरलाई लेखिआएको थर लेख्दिनु भनेँ तर, कसैले मान्नुभएन । अहिले नाती गाउँघरमा बरालिँदै समय बिताइरहेको छ । घरमा टोलाउँछ, कहिले रुन्छ र कराउँछ”, उहाँले भन्नुभयो ।

एकल महिला गोमतीले आफूले पाएको भक्ताबाट खर्चमा नाती पाल्दैआउनु भएको छ । गाउँघरमा डाँगी थरको छोरो भएकाले ज्यान जोखिममा भएको उहाँको भनाइ छ । “कसैले केही गरिदिने हुन की ? त्रासमै बित्छ दिन”, उहाँले भन्नुभयो ।

स्कुलमा थर परिवर्तन भएपछि विजय मनोवैज्ञानिक रूपमा विक्षिप्त भएको हजुरआमा गोमतीले बताउनुभयो । “थर फेरिएपछि स्कुल जानै मन लाग्दैन । सबैले तेरो बुबा छैन भन्दै होच्याउछन् । पढ्न मन लाग्दैन । कसैले चोर भन्दै गाली गर्छन्”, विजयले भने, “स्कुल नगए गाली सुन्नु पर्दैन त्यसैले जानै मन लाग्दैन ।”

उनलाई स्कुल पढ्ने मन छ । तर, घरको वातावरण नहुँदा अलपत्र परेका छन् । वडाबाट बनेको जन्मदर्तामा बुबाको नाम ‘थाहा नभएको’ उल्लेख छ भने आमाको थर (विक)बाट लेखिएको छ । विजयको पढाइलेखाइसँगै दैनिक खर्च जुटाउने स्थिति नभएपछि आमा नौसरा भारतमा मजदुरी गर्नुहुन्छ भने हजुरआमाले पाल्ने स्थिति नभएको बताउनुभयो ।

आमा नौसरा र हजुरआमाले विजय डाँगी लेख्न अनुरोध गर्दा पनि वडाले स्वीकार नगरेको गोमती बताउनुहुन्छ । वडा सचिव चन्द्रप्रसादको हस्ताक्षर रहेको विजयको जन्मदर्तामा बाबु थाहा नभएको लेखिएको छ ।

स्थानीय सरकारको विभिन्न कर्तव्यमध्ये आफ्नो वडामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै शारीरिक र मानसिक स्वास्थ्यको हेरचार गर्नुपर्ने हो । तर, वडा कार्यलय र विद्यालयसमेतले विजयलाई पढ्नेलेख्ने अनुकूल वातावरण मिलाउन सकेको छैन । फलस्वरु विजय विद्यालय विहीन भएका हुन् ।

त्रिवेणी–५ का वडाअध्यक्ष कृष्ण केसीका अनुसार विजयकी आमाले नौसराले उनको बुबा डाँगी थरको भएको भन्दै केटा पक्षसँग मुद्दामामिला गरेकी थिइन् । डाँगी थर लेख्न भनेर उनकी आमा र हजुरआमाले जोड गर्दै आएका उहाँले स्वीकार गर्नुभयो । यद्यपी विवाह दर्ताको प्रमाण नभएकाले जन्मदर्तामा भने डाँगीको ठाउँमा आमाको नामबाट विक लेख्न बाध्य भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष केसीले बच्चाले आफ्नो इच्छाएको थर लेख्न पाउने अधिकार रहेको बताउँदै विद्यालयद्वारा थर परिवर्तन गरिनु गलत भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “स्कुलले थर फेर्न मिल्दैन, म के भएको रहेछ स्कुलसँग छलफल गर्नेछु ।”

जनजागृत माविका प्रधानाध्यापक जीवराज भण्डारीले विजयको थर एक कक्षादेखि डाँगी लेख्दै आएको स्वीकार गर्नुभयो । पछि डाँगी थर किन लेखेको भनेर बाहिरी दबाब आएपछि विक लेख्न सल्लाह मात्रै दिएको उहाँले बताउनुभयो । यद्यपी प्रधानाध्यापक भण्डारीले विद्यालयमा विजय स्कुल आउन छोड्नुको कारण भने आफूलाई थाहा नभएको उल्लेख गर्नुभयो ।

Previous Post

मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

Next Post

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
Load More
Next Post
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In