काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीको कार्य कक्षमा राखिएको दान पेटिका बन्द गरिएको छ । मन्त्री नियुक्त भएसँगै खादा, मालाको सट्टामा राखेको दान पेटिका बन्द गरेका हुन् ।
मन्त्री किरातीले दान पेटिका बन्द गरिएको जानकारी दिंदै संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् । मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।
संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।













