• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालबालिकामा कुपोषण दर उच्च

metakhabar by metakhabar
३० कार्तिक २०८२,
0
बालबालिकामा कुपोषण दर उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), ३० कात्तिकः भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपथ्र्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाउनुभयो । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाउनुभयो ।

अहिले उहाँ दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराइरहनुभएको छ । “यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा मेरो शिशुको सात सय ग्राम तौल बढेको छ”, पूजाले भन्नुभयो, “घरमा र यहाँ खाना खुवाउने तरिका धेरै फरक पाएँ ।” उहाँले पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताउनुभयो ।

भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाको समस्या पनि उस्तै छ । अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेरअनुसार तौल नपुगेपछि उहाँ पनि अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएको बताउनुभयो । “घरमा हामीले खानेकुरा एक दुईपटक शिशुलाई खुवाउँथ्यौँ”, उहाँले भन्नुभयो, “यहाँ दैनिक चारपटक फरकफरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाउनुहुन्छ ।”

भीमदत्त नगरपालिका–३ की विस्ना बोहरा पनि एक वर्षीया शिशुलाई पोषण पुनःस्थापना गृहमा भर्ना गराउनुभएको छ । पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा पनि कुपोषणदर उच्च रहे पनि पोषण पुनःस्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन् । अस्पतालका अनुसार पुनःस्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि निःशुल्क उपचार हुँदै आएको छ ।

विसं २०६३ मा सञ्चालनमा आएको पोषण पुनःस्थापना गृह १० शय्या (बेड) क्षमताको छ । पोषण पुनःस्थापना गृहका प्रमुख इन्द्रा भट्टले यहाँ भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताउनुभयो ।

“तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिन्छ, अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका छन्ु यो खोज्नुपर्ने विषय बनेको छ ।”

विगतको तुलनामा समुदायस्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि यहाँ भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उहाँको भनाइ छ । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खानासमेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उहाँले बताउनुभयो । तर जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा कडा कुपोषणका बालबालिका धेरै छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७९÷८० मा तीन सय ७५ बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो । आव २०८०÷८१ मा छ महिनादेखि ५९ महिनासम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

त्यसैगरी, ६ महिनाभन्दा कमका २४ बालबालिकामा कुपोषण देखिएको थियो । आव २०८१÷८२ मा ६ महिनादेखि ५९ महिनासम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । अठार बालिका र २६ बालकमा मध्यम खालको कुपोषण देखिएको थियो भने छ महिनाभन्दा कमका सात बालिका र २४ बालकमा पनि कुपोषण देखिएको थियो ।

चालु आवमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६ बालकमा कडा कुपोषण देखिएको छ । उनान्सठ्ठी बालिकामा र ३६ बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी छ महिनाभन्दा कमका नौ बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

“यसको निदानका लागि राज्य गम्भीर भएर लागेको छ”, डा लेखकले भन्नुभयो, “तथ्याङ्कमा कुपोषण घट्दो क्रममा रहे पनि बाल मृत्युदर घटाउने चुनौती छ ।”

पछिल्लो समय रोजगारीलगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषणजस्ता समस्या देखिने गर्दछन् ।

Previous Post

अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In