• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व

metakhabar by metakhabar
३० कार्तिक २०८२,
0
बालबालिकामा कुपोषण दर उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की ; पोखरामा आयोजना गरिएको तेस्रो संस्करणको अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’मा नेपाली खेलाडीले वर्चस्व कायम राखेका छन् ।

पोखरा महानगरपालिका–१३ आर्वाविजय डाँडामा यही कात्तिक २७ देखि सुरु प्रतियोगिताको आज फाइनल खेल खेलाइएको थियो । प्रतियोगितामा नेपालसहित जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का ओमन र अमेरिका गरी आठ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छवटै ट्रेलमा खेलाइएको थियो ।

प्रतियोगिता छवटा ट्रेल कुल पाँच किमी तीन सय ६३ मिटर दूरीका साथमा छवटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा ३० देखि ३९ वर्षसम्मका मास्टर्स ‘ए’ विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल हुनुभयो । भण्डारीले निर्धारित दूरी १४ मिनेट पाँच सेकेण्डमा पार गर्नुभयो । अष्ट्रेलियाका स्टेफन विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा दूरी पार गरी द्वितीय हुनुभयो । नेपालका मुनेस घलेले १६ मिनेट २६ सेकेन्डमा पार गरी तृतीय हुनुभयो ।

यता मास्टर्स ‘बी’तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल हुनुभयो । उहाँले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्डमा पार गर्न सफल हुनुभयो । त्यसैगरी, सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै द्वितीय र १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तृतीय हुनुभयो ।

जुनियरतर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल हुनुभयो । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड, दिप्सनले १५ मिनेट ५० सेकेन्ड र स्वप्निलले १६ मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभयो ।

खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डङ्गोल दोस्रो हुन सफल हुनुभयो । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्डमा पार गर्दा कृपा डङ्गोलले २० मिनेट १५ सेकेन्डमा पूरा गर्नुभयो ।

त्यसैगरी इलिटतर्फको विधामा भने हिकमत विक निर्धारित दूरी १३ मिनेट नौ सेकेन्डमा पार गरी प्रथम हुनुभयो । यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल विक तेस्रो हुन सफल हुनुभएको छ । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड उक्त दूरी पार गर्नुभयो भने अनिलले १४ मिनेट २९ सेकेन्डमा दौड सम्पन्न गर्नुभयो ।

यसैगरी, ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए हुनुभयो । नेपालका मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा क्रमशः द्वितीय र तृतीय हुनुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

माउन्टेन वाइक कम्पनी डन टिल डस्कले प्रतियोगिता गरेको हो । यसअघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । इन्डुरो प्रतियोगिताले विश्वभर ठूलो सङ्ख्यामा रहेका माउन्टेन बाइकप्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

Previous Post

उखुको मूल्य तोक्नुअघि अध्ययन सुरु

Next Post

बालबालिकामा कुपोषण दर उच्च

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
बालबालिकामा कुपोषण दर उच्च

बालबालिकामा कुपोषण दर उच्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In