• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

metakhabar by metakhabar
२९ कार्तिक २०८२,
0
भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनोल्ड ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरिएको स्वीकार गर्दै उहाँसँग औपचारिक माफी मागेको छ । तर बिबिसीले यस कार्यले ट्रम्पको मानहानि नभएकाले उहाँले राख्नुभएको एक अर्ब डलर क्षतिपूर्ति दाबीमा कुनै कानूनी आधार नरहेको स्पष्ट पारेको छ ।

बिबिसीका अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई पठाएको व्यक्तिगत पत्रमा भाषा सम्पादन ‘अनैच्छिक गल्ती’ भएको उल्लेख गर्दै भ्रान्तिपूर्ण प्रभाव पर्न गएकोमा खेद व्यक्त गर्नुभएको छ । सो सम्पादनले ट्रम्पले हिंसात्मक कार्यका लागि प्रत्यक्ष आह्वान गरेको झुटो धारणा दिन सक्ने स्वीकार गर्दै बिबिसीले विवादित वृत्तचित्र पुनःप्रसारण नगर्ने बताएको छ ।

विवाद बिबिसीको फ्ल्यागशिप करेन्ट अफेयर्स कार्यक्रम प्यानोरामा अन्तर्गत प्रसारित ‘ट्रम्प : ए सेकेन्ड चान्स ?’ शीर्षकको संस्करणबाट सुरु भएको थियो । तेस्रो पक्ष निर्माण कम्पनीले ट्रम्पको सन् २०२१ को लामो भाषणका छुट्टाछुट्टै हिस्साबाट तीन उद्धरणलाई एकै ठाउँमा जोडिदिएको थियो, जसले उहाँले समर्थकहरूलाई ‘नरकजस्तै लड्न’ र आफूसँगै मार्च गर्न आग्रह गरेझैं देखाएको थियो । काटिएको अंशमध्ये एक भागमा ट्रम्पले ‘शान्तिपूर्ण प्रदर्शन’ को आग्रह गर्नुभएको थियो ।

ट्रम्पका वकिलहरूले बिबिसीलाई माफी माग्न बाध्य पार्दै एक अर्ब डलर क्षतिपूर्ति दाबी गर्ने चेतावनी दिएका थिए । जसको जवाफमा बिबिसीले माफी स्वीकारे पनि क्षतिपूर्ति माग अस्वीकार गरेको आफ्नो समाचार शीर्षकमै स्पष्ट उल्लेख गरेको छ ।

यस घटनाबाट उत्पन्न दबाबका कारण बिबिसीका महानिर्देशक टिम डेभी तथा समाचार प्रमुख डेबहरा टर्नेसले आइतबार पदबाट राजीनामा दिनुभएको छ । उहाँहरूले यो प्रकरणले बिबिसीको विश्वसनीयतामा आघात पुगेको स्वीकार गर्नु भएको थियो ।

कानूनी विज्ञहरूका अनुसार ट्रम्पले बेलायत वा अमेरिकामा दर्ता गरिने सम्भावित मानहानिको मुद्दामा सफलता पाउन कठिन हुनेछ । बिबिसीले ट्रम्पलाई वास्तविक हानि नभएको प्रमाणित गर्न सक्छ, किनकि उहाँ अन्ततः सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचित हुनुभएको थियो । साथै बेलायतमा मानहानिको मुद्दा दर्ता गर्ने समयसीमा एक वर्षअघि सकिएको छ र विवादित वृत्तचित्र अमेरिकामा प्रसारण नभएकाले अमेरिकी दर्शक प्रभावित भएको प्रमाणित गर्न समेत कठिन हुनेछ ।

तर ट्रम्पले विगतमा अमेरिकी मिडियासँग ठूलो क्षतिपूर्ति निकाल्न सफल भएका केही मिसालहरू रहेकाले यस मामिलालाई पनि आर्थिक लाभको अवसरका रूपमा उपयोग गर्न सकिने कानूनी विज्ञहरूले टिप्पणी गरेका छन् ।

गत जुलाईमा ट्रम्पले ‘६० मिनेट’ अन्तर्वार्ता भ्रामक सम्पादन गरेको आरोप लगाउँदै दायर गरेको मुद्दा सुल्झाउन सिबिएसकी मालिक कम्पनी प्यारामाउन्टले एकक रोड ६० लाख डलर तिर्न सहमति जनाएपछि विवादले अर्को मोड लिएको थियो ।

यस्तै गत वर्ष एबिसी न्युजले अङ्कर जर्ज स्टेफानोपोलोसको अन–एयर टिप्पणीका कारण मानहानिको मुद्दा समाधान गर्न एक करोड ५० लाख डलर क्षतिपूर्ति तिर्ने उल्लेख गरिएको थियो ।

बिबिसीमा ट्रम्पसम्बन्धी सम्पादन गल्ती पहिलोपटक भने होइन । सन् २०२२ मा न्यूजनाइट कार्यक्रममा पनि ट्रम्पको भाषणका केही अंशहरू जोडेर प्रस्तुत गरिएकाले बिबिसीले त्यतिबेला पनि माफी माग्दै सामग्री फिर्ता लिएको थियो ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In