• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेख: ‘उद्यमीहरुकी गुरुआमा’ निर्मला

metakhabar by metakhabar
२८ कार्तिक २०८२,
0
आलेख: ‘उद्यमीहरुकी गुरुआमा’ निर्मला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ कात्तिकः हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिनुहुन्छ । मेचीनगर नगरपालिका–१२ निवासी उहाँले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाउनुभएको छ । “चुलो र भान्सामा सीमित महिला दिदीबहिनीहरुलाई आफ्नै खुट्टामा उभिन सबैभन्दा पहिला आवश्यक कुरा उद्यमशील बन्ने सीप हो”, उहाँ भन्नुहुन्छ, “पुरुषले कमाउँछन् र महिलाले त्यसमै निर्भर हुनुपर्छ भन्ने पुरातन सोचमा परिवर्तन ल्याउन मैले तालिम र उद्यमशीलताको अभियान नै चलाएको छु ।”

उहाँ आफूले सञ्चालन गर्ने तालिम र उत्पादन हुने वस्तुमा स्थानीय स्रोतको प्रयोग गर्नुहुन्छ । मकैको खोसेला, धानको पराल, रुद्राक्षको दाना, केराको दाम्चाको रेसाजस्ता सामग्रीबाट उहाँ आकर्षक झोला, गुन्द्री, पिरा, चप्पल, फूल र सजावटका सामानहरु बनाउन सिकाउनुहुन्छ । घर वरिपरि खेर गइरहेका यस्ता कच्चा पदार्थको उपयोगबाट कलात्मक सामग्री उत्पादन हुँदा मुनाफा राम्रो पाइने र वातावरण संरक्षणमासमेत ठूलो योगदान पुग्ने उहाँको धारणा रहेको छ ।

धुप, साबुन, सरफ, हार्पिक, फिनेललगायतका दिनहुँ घरमा काममा आउने सामान बनाउनसमेत उहाँले तालिम दिँदै आउनुभएको छ । गाउँघरमै पाइने तरकारीहरुबाट स्वादिला अचार बनाउने तालिम उहाँले प्रदान गर्दै आउनुभएको छ । उहाँले यस्ता तालिम झापा जिल्लामा मात्र नभएर कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्दै आउनुभएको छ । खासगरी ग्रामीण क्षेत्रका सयौँ महिला उहाँबाट सीप सिकेर आयआर्जन गर्ने तहसम्म लाभान्वित भइसकेका छन् ।

सीप सिक्ने र सिकाउने उहाँको यो यात्रा एकाएक सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उहाँ धागो र कपडासँँग खेल्न रुचाउनुहुन्थ्यो । विसं २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दै गर्दा उहाँमा सामाजिक काम गर्ने र आत्मनिर्भरताका लागि आफू उदाहरण बनेर अरुलाई प्रेरित गर्ने चाहना पलाएको थियो । २०५६ सालमा विवाह गरेर मेचीनगर आएपछि उहाँले २०६४ सालमा घरेलु कार्यालय झापाले आयोजना गरेको उद्यमशीलतासम्बन्धी १० दिने तालिम लिनुभयो । त्यही तालिमले नै उहाँको जीवनलाई नयाँ मोड दिएको देखिन्छ ।

“हरेक महिलाका लागि क्याम्पसमा पढ्दा र बिहे गरेपछिको अवस्थामा परिवर्तन हुन्छ”, उहाँ भन्नुहुन्छ, “मैले चाहिँ बिहे गरेपछिको अवस्थालाई जीवनको नयाँ अध्याय सुरु गर्ने अवसरका रुपमा लिएँ । पहिला आफू आत्मनिर्भर हुने र गाउँका दिदीबहिनीलाई पनि त्यही बाटोमा डोहो¥याउने सङ्कल्पका साथ तालिमको भरपुर सदुपयोग गरेँ । यसमा परिवारको दर्विलो साथ थियो ।”

विसं २०६५ मा तत्कालीन धाइजन गाउँपालिकामा सगरमाथा सामुदायिक विकास केन्द्र चन्द्रगढीले आयोजना गरेको सात दिवसीय गुडिया बनाउने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच आयो । उहाँले तालिमपछि आफ्नै घरमा ‘जागरुक लघु उद्योग’ स्थापना गर्नुभयो । सुरुआती समयमा उहाँसँग एउटा सिलाई मेसिन मात्र थियो । घरेलु कार्यालयले सहयोगस्वरुप अर्को मेसिन उपलब्ध गराएपछि उहाँले दुई वटा मेसिनबाट गुडिया र झोलाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । सुरुसुरुमा त गाउँलेहरुले घरमै उद्योग चल्ने कुरामा पत्यार गरेका थिएनन् ।

चिटिक्क परेका झोला र गुडिया उत्पादन हुन थालेपछि गाउँघरमै यसको बिक्री बढ्यो । वल्लो र पल्लो गाउँ हुँदै सहरसम्म निर्मलाको सीप र उत्पादनको चर्चा र प्रशंसा बढ्न थाल्यो । यसबाट उहाँको ख्याति मात्र बढेन, उहाँसँग तालिम लिन र सामान किन्न आउनेको लर्को नै लाग्न थाल्यो । “आफूले उत्पादन गरेको सामान बिक्री हुन थालेपछि मनोबल र उत्साह बढ्दो रहेछ”, उहाँले सङ्घर्षमय दिनहरु सम्झदै भन्नुभयो, “एकातिर आम्दानी बढ्यो, अर्कातिर मलाई पनि सीप सिकाइदिनु भन्दै महिला दिदीबहिनी र सङ्घसंस्था धाउन थाले । बल्ल आफ्नो सपना पूरा हुन थाल्यो भनेर म झनै उत्साही भएर लागेँ ।” त्यसपछि उहाँ कुशल प्रशिक्षकका रुपमा प्रख्यात हुनुभयो । सयौँ स्थानमा तालिम दिएका महिलालाई उद्योग खोलेर आफ्ना उत्पादनहरु बजार पु¥याउन प्रेरित गर्न थाल्नुभयो । सबैले उहाँलाई गुरुआमा भन्न थाले ।

उहाँले एक दशकमा पाँच हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउने तालिम प्रदान गरेको बताउनुभयो । उहाँसँग सीप सिकेका चार सयभन्दा बढी महिलाले घरेलु उद्योग नै सञ्चालन गरिरहेका छन् । “घरमै बसेर थोरै लगानीमा उद्यमी बन्न सकिन्छ भन्ने कुरामा आश्वस्त तुल्याएर सीप सिकाइरहेकी छु”, उहाँ भन्नुहुन्छ, “आफैँले सञ्चालन गरेको पुनःजागृति केन्द्र नामक प्रशिक्षण केन्द्र एवं घरेलु उद्योगमा २५ जना महिलालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छु । यही सफलता नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो ।”

विसं २०७२ देखि उहाँलाई सरकारी निकायले प्रशिक्षकको रुपमा औपचारिक मान्यता दिएर तालिमहरुमा परिचालन गर्न थाल्यो । पुनः जागृति सीप केन्द्र नामक तालिम दिने संस्था भने विसं २०७८ मा घरेलु कार्यालयमा दर्ता गराउनुभएको थियो । हाल यही केन्द्रमार्फत उहाँको तालिम र प्रशिक्षण अभियान कोशी प्रदेशका १० जिल्लामा फैलिएको छ । मधेस प्रदेशको सिराहा र सप्तरीसम्म पनि पुगेर महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने कार्यमा लागिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले घरमै बसेर आत्मनिर्भर बन्नेखालका सीपहरुमा महिलाको आकर्षण रहेको र यसबाट महिनामै लाखौँ कमाइ गर्न सकिने बताउनुभयो । “सिन्के धुपको विकल्पमा हामीले स्थानीय क्षेत्रमा खेर गइरहेका फूलपातिलाई सङ्कलन गरी धुलो बनाई बाती बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “तर स्थानीय सरकारले नीति नबनाउँदा बाहिरको सामग्रीले बजार कब्जा गरेको छ । ग्रामीण महिलाले उत्पादन गरेका वस्तुको बजारका लागि सरकारले सघाउनुपर्ने खाँचो छ ।”

सीप सिक्ने इच्छा शक्ति भएका विपन्न, असहाय र अपाङ्गता भएका महिलालाई घरमै पुगेर निःशुल्क सीप सिकाउने र व्यवसायका लागि स्रोत जुटाइदिने कार्यमासमेत आफू लागिरहेको उहाँले बताउनुभयो । कुनै पनि महिलालाई आत्मनिर्भर र उद्यमी बन्न सबैभन्दा परिवारकै साथ हुनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले सफल प्रशिक्षक र उद्यमीको रुपमा आफू चिनिनुमा पति राजु भण्डारीको साथ र सहयोग रहेको बताउनुभयो । आवश्यक कच्चापदार्थ ल्याइदिने, बजारीकरणमा सहयोग गर्नेलगायतका काममा पतिको सहयोग रहेको उहाँ बताउनुहुन्छ ।

मेची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष समेत रहनुभएकी निर्मलाले महिला उद्यमी समिति बनाएर त्यसैमार्फत धेरैलाई तालिम, परामर्श र बजारको पहुँचको विषयमा सहयोग गरिरहेको बताउनुभयो । महिला उद्यमशीलता अभियानमा लाग्नुभएकी निर्मलाको यात्रा लोभलाग्दो र प्रेरणादायी भए तापनि यस क्षेत्रमा चुनौति र समस्याको चाङ पनि कम छैनन् । “हामीले उत्पादन गरेका सामाग्री राम्रा छन् तर बजार छैन,” उहाँ भन्नुहुन्छ, “ब्रान्डिङ गर्न सकेका छैनौं । बजारमा प्रतिष्पर्धा गर्न सजिलो छैन । राज्यले प्रोत्साहनको उत्साहजनक नीति र कार्यक्रम ल्याउन सकेको छैन ।”
निर्मला स्थानीय सरकारलाई बजार विस्तारका लागि आग्रह गरिरहेको बताउनुहुन्छ । साप्ताहिक रैथाने बजार सञ्चालन गर्नसके स्थानीय उत्पादनको बजार विस्तार हुने र उद्यमी महिलालाई राहत पुग्ने उहाँ बताउनुहुन्छ । जहाँ मेला, महोत्सव लाग्छन् त्यही पु¥याएर आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्नुपर्ने कतिपय बाध्यता रहेको बताउनुभयो । स्थानीय सरकारसँग धेरैपटक नीति बनाएर उद्यमी महिलालाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । महिलाले उत्पादन गरेका झोला नगरमा सञ्चालन हुने विद्यालयका विद्यार्थीसम्म पुग्ने हो भने पनि धेरैले रोजगार पाउने उहाँ बताउनुहुन्छ ।

उहाँले सीप सिकाउने र सिक्ने संस्कारले बेरोजगारी घट्ने र महिलाको आर्थिक सशक्तिकरणमा मद्दत मिल्ने बताउनुभयो । उहाँले धेरै महिलाले सीप सिकेर परिवार पाल्न सक्षम भएका उदाहरण दिँदै भन्नुभयो, “मेरो सपना भनेकै हरेक घरका महिला सीप सिकेर आत्मनिर्भर बनुन् भन्ने हो ।”

निर्मलाले प्रशिक्षण प्रदान गरेका धेरै महिला अहिले प्रशिक्षककै रुपमा काम गरिरहनु भएको छ । मेचीनगर–१३ की निर्मला खनालले उहाँबाट तालिम लिएर हाल प्रशिक्षकको रुपमा काम गरिरहेको बताउनुभयो । “व्याग र बुटिकसम्बन्धी तालिम दिएर निर्मला दिदीले उद्यमी बनाउनुभयो”, उहाँ भन्नुहुन्छ “जतिबेला म सङ्कटबाट गुज्रिरहेकी थिएँ, त्यसबेला उहाँले नै तालिम दिएर हौसला बढाउनुभयो । अहिले उद्यमसँगै प्रशिक्षकसमेत बनेर काम गरिरहेकी छु ।” मेचीनगरको नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओलीले प्रशिक्षक निर्मला चौहान भण्डारी समाजकी प्रेरणाकी स्रोत र उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो । उहाँले असहाय र विपन्नलाई तालिम दिएर स्वरोजगार बनाउँदा सयौं महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताउनुभयो ।

Previous Post

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

Next Post

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

२८ माघ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२८ माघ २०८२,
अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

२८ माघ २०८२,
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

२८ माघ २०८२,
Load More
Next Post
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In