• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

metakhabar by metakhabar
२५ कार्तिक २०८२,
0
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि जिम्मेवारी पाएको निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। आयोजनाले मंगलबार ठेक्का सम्झौता किन नतोड्ने भन्ने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।

ठेक्का अवधिको करिब ६१ प्रतिशत समय सकिँदा पनि भौतिक प्रगति मात्र १० प्रतिशत रहेको, काममा सुधार गर्न पटक–पटक सूचना दिँदा पनि कुनै चासो नदेखाएपछि ठेक्का तोड्ने निर्णय गरिएको आयोजनाले जनाएको छ।

आयोजनाले सम्झौता रद्दसँगै पटेल–रमण जेभीले राखेको कार्यसम्पादन जमानत २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी जम्मा ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया सुरु गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणमा ढिलाइ देखिएपछि गत असोज ७ गते सम्बन्धित निकायका अधिकारीसँग बैठक गरेका थिए। सुरुङ निर्माण पूरा भइसकेको तर बाँध र विद्युतगृहको काम रोकिएको हुँदा आयोजनालाई नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको उनले बताएका थिए।

१४ अर्ब ८ करोड रुपैयाँमा पटेल–रमण जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। व्यवसायीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम दरमा काम लिएको थियो। माघ २०७९ मा सुरु भएको निर्माण कार्य असार २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य थियो तर हालसम्म भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ। अहिलेसम्म २ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

१३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिनमार्फत २६ वैशाख २०८१ मा छिचोलिएको थियो। सिन्धुली र रामेछापको सीमामा रहेको सुनकोशी नदीको पानी बाँध बनाएर मरिण नदीमा पथान्तरण गरी बागमती सिँचाइ आयोजनामा पुर्‍याइने योजना छ। यसले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।

सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट विद्युत उत्पादन गरिनेछ। यसले मधेश प्रदेशका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी कृषकको आयवृद्धि, जलविद्युत उत्पादन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्ने उद्देश्य राखेको छ। आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ।

Previous Post

नेपालमा सुनचाँदीको मूल्य फेरि बढ्यो, तोलाको सुन २ लाख ४६ हजार नाघ्यो

Next Post

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In