• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई मन्दिर

metakhabar by metakhabar
२५ कार्तिक २०८२,
0
धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई मन्दिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

कात्तिकको दुई वटा मङ्गलबारमा १५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिकको दोस्रो र तेस्रो मङ्गलबार मन्दिरमा १५ हजार ५५७ जना भक्तजनले दर्शन एवं पूजाआजा गरेका समितिका अध्यक्ष जीवन थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिकको दोस्रो मङ्गलबार (११ गते) आठ हजार र तेस्रो मङ्गलबार (१८ गते) सात हजार ५५७ जना भक्तजनले पूजाआजा गरेका हुन् ।

कात्तिकको पहिलो मङ्गलबार औँसी तिथि परेकाले फूलको डोली नभित्र्याइएको थापाको भनाइ छ । उहाँका अनुसार दुई वटा मङ्गलबार मन्दिरमा एक सय ४४ वटा फूलको डोली भित्रिएको छ ।

अध्यक्ष थापाले तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, काठमाडौँबाट तीन, कास्कीबाट सात र नवलपरासीबाट एक डोली भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

ती महिनाका मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको समितिका अध्यक्ष थापाले बताउनुभयो ।

उहाँका अनुसार भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । “परिक्रमापछि माथि थुम्कास्थित मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना तथा भाकल पूरा होस् वा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ”, उहाँले भन्नुभयो ।

प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा उक्त डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुन्द्री सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटेनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको ज्येष्ठ स्थानीय बताउँछन् ।

Previous Post

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

Next Post

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In