हामी जस्तो खाना खान्छौँ त्यसैले हाम्रो शरीर र मस्तिष्कको रसायनहरु बन्ने हुँदा भोजन सुधार गरी रोगलाई जटिल हुनुबाट रोक्न सकिन्छ । यो रोगमा लाभ गर्ने केही भोजनहरु निम्नानुसार छन्—
– रोगीलाई मेटिटेरनियन डाइट सेवन गराउनु लाभदायक मानिन्छ । यो डाइटमा फलफूल, तरकारी, रोटी, गहुँका परिकार, अन्य अन्नहरु, जैतुनको तेल, माछा, रेड वाइन आदि पर्दछ ।
– भिटामिन बी युक्त भोजन दैनिक सेवन गर्नु लाभदायक हुन्छ ।
– भिटामिन बिका श्रोतहरु— काजु, पेश्ता, देशीवदाम, केराउ, आलु, हरिया सागपात, ब्राउन राइस, गहुँका परिकार, ब्रोकाउली, केरा, ओखर, पालुङ्गो, सूर्यमुखिको बियाँ आदि ।
– भिटामिन सी श्रोत : अमिला फलफूल, स्टे«बेरी, गोलभेडा, अम्बा, ब्रोकाउली बन्दा पालुङ्गो आदि ।
– भिटामिन ई का श्रोत : हरिया सागपात, पालुङ्गो ब्रोकाउली, केराउ, अंकुरित भोजन, ब्राउन राइस, गहुँको जमरा आदि ।
– ओमेगा ३ युक्त भोजनले मस्तिष्कको खुराकको कार्य गर्दछ । तसर्थ यसका श्रोत ओखर, आलस, माछा, जैतुनको तेल आदिलाई दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– कोलाइन युक्त भोजन जस्तै हरिया सागपात, सेतो चना, वदाम, गहुँ मुसुरो, काउली, बन्दा आदि दैनिक सेवन गर्नु लाभदायक मानिन्छ ।
– चिल्लो र बोसोयुक्त भोजनको सेवन कम गर्नुपर्छ ।
– चिया, कफी र चिनी कम मात्र सेवन गर्नुपर्दछ ।
साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट













