• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा

metakhabar by metakhabar
२१ कार्तिक २०८२,
0
‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विसं २०७६ वैशाख १७ गते मन्त्रिपरिषद्ले सबै स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) अनिवार्य रूपमा लागू गर्ने निर्णय ग¥यो । यो निर्णयको उद्देश्य स्थानीय तहमा पारदर्शिता, एकरूपता र डिजिटल लेखा प्रणालीको विकास थियो । छ वर्षभन्दा बढी समय बितिसक्दा पनि सुत्र प्रणाली पूर्ण रूपमा लागू भएको छैन ।

सुत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृती, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन् तर स्थानीय तहले ती विवरण यो प्रणालीमा राख्नेभन्दा पनि निजी क्षेत्रबाट खरिद गरी आफ्नो छुट्टै सफ्टवेयर प्रणालीलाई बढावा दिँदा यो पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको हो । यसले सङ्घीयता कार्यान्वयनमा मात्र नभई स्थानीय तहको वित्तीय अनुशासन र सुशासनमासमेत गम्भीर प्रश्न उठाएको छ ।

महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का अनुसार अधिकांश पालिकाले आफ्नो बजेट (आय–व्यय)को अनुमान सुत्र प्रणालीमार्फत व्यवस्थापन गर्न थालिसकेका छन् तर राजस्व बाँडफाँटको काम ९० वटा पालिकाबाट मात्र सुत्र प्रणालीबाट हुन्छ । तलबी विवरण ६८३ वटा पालिकाले यस प्रणालीबाट व्यवस्थापन गरिरहेका छन् । राजस्व ढाँचा पूर्ण रूपमा कार्यान्वयन गर्ने पालिकाको सङ्ख्या ५८३ छ भने ६४० वटा पालिकाले आंशिक रुपमा मात्र प्रयोग गरेका छन् ।

मलेनिकाबाट सञ्चालन र व्यवस्थापन भइरहेको सुत्र प्रणाली लामो समयसम्म पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नुमा मलेनिका र स्थानीय तहका आ–आफ्नै तर्क छन् । यो प्रणाली सञ्चालनका लागि आर्थिक तथा प्राविधिक चुनौती, दक्ष जनशक्ति अभाव, स्थानीय तहको अटेरी, मलेनिकाको कमजोर पहलकदमी पनि हो । पर्याप्त स्रोत साधन नभएका स्थानीय तह मात्र नभई सुविधासम्पन्न पालिकाहरुले पनि सुत्र प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयन गरेका छैनन् । देशका छ वटै महानगरपालिकाले सुत्रलाई पूर्णरुपमा कार्यान्वयन गर्न तदारुकता देखाएका छैनन् । अन्य पालिकाको तुलनामा पोखरा महानगरपालिकाको प्रगति देखिएपनि अरु महानगरले भने आफ्नो छुट्टै राजस्व प्रणाली चलाइरहेका छन् ।

वीरगञ्ज महानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार निजी क्षेत्रबाट सेवा लिइरहेको सफ्टवेयर पहिल्यैदेखि सञ्चालन भइरहेको र त्यसको डेटा सुत्र प्रणालीमा सार्न कठिनाई भएकाले समस्या भएको छ । “हामीले पहिल्यैदेखि निजी क्षेत्रबाट सेवा लिएर सफ्टवेयर प्रयोग गरिरहेका छौँ । त्यो प्रणालीमा काम गरिरहेको र सजिलो पनि भएकाले त्यसलाई निरन्तरता दिएका छौँ”, उनले भने , “सुत्र प्रणाली अवलम्बन गर्न समस्या छैन तर डेटा सार्न समय लाग्छ । सुरक्षित रुपमा तथ्याङ् प्रणालीमा प्रविष्ट गर्नुपर्छ ।”

वीरगञ्ज महानगरपालिकाले वार्षिक रु दुई लाख ५० हजार खर्चेर निजी क्षेत्रको साङ्ग्रिला सफट्वेयर प्रयोग गर्दै आएको छ । चालु आर्थिक वर्षका लागि पनि सम्झौता भइसकेकाले यसवर्ष पूर्ण रुपमा सुत्र प्रणाली कार्यान्वयन नहुने महानगरपालिकाको भनाइ छ । प्राविधिक समस्या पनि समाधान भएका छैनन् ।

महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखाका इन्जिनियर मनोज कर्णले लेखा शाखा र राजस्व शाखाले फरक–फरक बैंकमार्फत कारोबार गरेकोदेखि सुत्र प्रणालीमा तथ्याङ् सार्न नसकेको र फाइलहरु अपलोड गर्न नसकेका समस्या सुनाउनुभयो ।सुत्र प्रणालीलाई आंशिक रुपमा प्रयोग गर्दै गएपनि तत्काल सबै काम यही प्रणालीबाट गर्न नसकिने र पुरानो सफ्टवेयर बन्द गर्ने अवस्था छैन ।

“हामीले प्रयोग गरिरहेको सफ्टवेयरको डेटा प्रविष्टि प्रणाली र सुत्रको प्रणाली फरक छ । हामीसँग २०५५ सालदेखिको राजस्व बक्यौता छ । पुरानै प्रणालीबाट हेर्नुपर्ने हुन्छ । यसकारण अहिले तत्काल सुत्र प्रणाली मात्रै चलाउन सक्ने अवस्था छैन”, उनले भने । सुत्र प्रणालीमा फाइलहरु पिडिएफ वा अन्य डिजिटल फम्र्याटमा राख्न नमिल्ने भएका कारण पनि पुरानै सफ्टवेयरलाई निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो ।

लामो प्रयास गर्दा पनि महालेखा नियन्त्रक कार्यालयले ‘डेटा माइग्रेसन’ नगरिदिएपछि सुत्र प्रणाली पूर्ण कार्यान्वयन गर्न नसकेको गुनासो विराटनगर महानगरपालिकाको छ । सम्पत्ति करको ३०–३५ वर्षदेखिको बक्यौताको विवरण सुत्र प्रणालीमा प्रविष्टि गर्न नसकेपछि महानगरले पुरानै सफ्टवेयरबाट काम गरिरहेको छ । सुत्र प्रणालीमा प्राविधिक समस्या देखिएमा तत्काल समाधान गर्न कठिन हुने गरेको गुनासो पनि स्थानीय तहहरुले गर्दै आएका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना सुत्र प्रणालीमा पटक–पटक समस्या आउन थालेको भनेर देशभरका नगरपालिकाबाट लामो समयदेखि गुनासो गरिरहेको बताउनुहुन्छ । “केही समय अगाडि रातिको समयमा मात्रै चल्थ्यो, जसकारण हामीले रातमा चेक काट्नुपर्ने हुन्थ्यो । हाल राति पनि चल्न छाडेको छ । धेरै स्थानबाट सुत्र सुस्त भएको गुनासो आइरहेको छ । यसबारे मैले मलेनिकालाई पटकपकट भन्दा पनि समस्या समाधान हुन सकेको छैन”, नगरप्रमुख ढुङ्गानाले भने । करिब २१ हजार करदाता रहेको नीलकण्ठ नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ३, ८, १२ को राजस्व सङ्कलन सुत्र प्रणालीबाटै गर्ने तयारी गरेको थियो । उक्त नगरपालिकाले आफै सञ्चालन गरिरहेको प्रणालीको तथ्याङ्क तथा विवरणहरु सार्न (डेटा माइग्रेसन) का लागि महालेखालाई दुई पटकसम्म पत्राचार गर्दा पनि त्यसको जवाफ नपाएको गुनासो गरेको छ ।

सुत्र प्रणाली लागू गर्नु भनेर पटकपटक परिपत्र गरिएको भएपनि स्थानीय तहलाई बाध्यकारी बनाउन नसकेको उपमहालेखानियन्त्रक यज्ञप्रसाद ढकाल बताउनुहुन्छ । सुत्र कार्यान्वयन नगरे कारबाही हुने प्रावधान छैन । स्थानीय तहले अटेरी गर्ने, समयमा तथ्याङ्क उपलब्ध नगराउनेलगायत समस्या छन् । प्रणालीको कमजोर प्राविधिक क्षमता र जनशक्ति अभाव छ ।

“सुत्र प्रणाली कार्यान्वयनका लागि हामीले सबैभन्दा बढी क्षमता विकास र पूर्वाधारमा लगानी गर्नुपर्छ । पर्याप्त दक्ष जनशक्ति पनि छैनन्”, उनले भने । सुत्र प्रणालीमा दैनिक औसत पाँचदेखि छ हजार प्रयोगकर्ता छन् । यसको क्षमता बढाएर औसत १५ हजार जनाले चलाउँदा पनि प्रणालीमा समस्या नहुने गरी तयार पार्न आवश्यक रहेको उपमहालेखानियन्त्रक ढकाल बताउनुहुन्छ । स्थानीय तहलाई यो प्रणाली कार्यान्वयन गर्न बाध्यबारी बनाउने र त्यसका लागि केही हस्तक्षेप गर्ने हो भने सुधार हुने उहाँलाई लाग्छ ।

सुत्र कार्यान्वयनबाट राजस्वको पारदर्शिता, सञ्चित कोषमा हुने अनियमितता नियन्त्रण, एकीकृत वित्तीय तथ्याङ्क प्रणालीको विकास, नीति निर्माणका लागि सही तथ्याङ्कमा आधारित निर्णय, लेखापरीक्षणलगायत प्रक्रियालाई सहज बनाउनु हो । यो प्रणाली कार्यान्वयनमा समस्या भएपछि लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा सुत्र प्रणालीको प्रभावकारी कार्यान्वन नहुँदा स्थानीय तहको वित्तीय विवरणको विश्वसनीयतामा प्रश्न उठाइएको छ ।

“महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहको कोष व्यवस्थापनका लागि सुत्रको प्रयोग गरे तापनि राजस्व, धरौटी तथा विभिन्न कोषहरु उक्त प्रणालीमा पूर्ण रुपमा समावेश भएका छैनन्”, महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ, “स्थानीय तहले स्थापना गरेका धरौटीसमेतका विभिन्न कोष सुत्रमा आवद्ध नहुँदा प्रणालीबाट तयार हुने वित्तीय विवरणको विश्वसनियता कम भएको हुनाले सबै कारोबारलाई प्रणालीमा समावेश गर्नुपर्छ ।”

संभावित जोखिम र भावी कार्यदिशा :

स्थानीय तहहरूले मनपरी सफ्टवेयर वा म्यानुअल प्रणालीमार्फत सञ्चित कोष व्यवस्थापन गर्दा वित्तीय अनियमितता लुकाउने ठाउँ रहन्छ । लेखापरीक्षण गर्न कठिन हुन्छ, र सम्पूर्ण तथ्याङ्क समेटिएको केन्द्रीय ड्यासबोर्ड बन्न सक्दैन । निजी क्षेत्रबाट सञ्चालित प्रणाली चलाउँदा तथ्याङ्कमा तलमाथि हुन सक्ने र हराउने जोखिम रहने हुँदा त्यस्ता सफ्टवेयरलाई विश्वसनीय मान्न नसकिने उपमहालेखानियन्त्रक ढकाल बताउनुहुन्छ । सुत्र प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्दा निजी सफ्टवेयर खरिद, मर्मतसम्भार तथा सेवा शुल्कका रूपमा हुने जथाभावी खर्च पनि नियन्त्रण हुने छ ।

तहगत सरकारबीचको समन्वय नहुँदा तथ्याङ्क दोहोरिने विसङ्गति हुनसक्छ । गलत सूचना तथा तथ्याङ्कका आधारमा नीति तथा वार्षिक बजेटलगायत योजना बन्ने जोखिम पनि उत्तिकै छ । वित्तीय प्रणालीमा विकेन्द्रीकरण वा त्यसमा पारदर्शिता नभएसम्म सङ्घीयता केवल नाम मात्रको रहन्छ । यस्तो प्रणालीविहीन अवस्थाले अन्ततः सङ्घीय शासनमा जनताको विश्वास डगमग्याउने सम्भावना रहन्छ ।

सुत्र कार्यान्वयनमा भएको ढिलाइका पछाडि सबै तह उत्तिकै जिम्मेवार रहेका यो प्रणालीको प्रभावकारिताका जानकार बताउँछन् । उनीहरूका अनुसार सङ्घीय सरकारले नीति निर्माण, सफ्टवेयर निर्माण तथा अनुगमन, प्रदेश सरकारले प्राविधिक तथा प्रशासनिक समन्वय र स्थानीय सरकारले कर्मचारीको क्षमता विकास तथा प्रणालीको नियमित प्रयोगलाई प्राथमिकता दिनुपर्छ । सङ्घीय सरकारले कार्यान्वयन निर्देशिका, स्पष्ट समयसीमा र परिणामअनुसार मूल्याङ्कन प्रणालीको विकास गर्न उत्तिकै जरुरी छ ।

सुत्र प्रणाली प्रविधिको मात्र नभइ स्थानीय तहका लागि वित्तीय अनुशासन, पारदर्शिता, र सुशासन कायम गर्ने महत्वपूर्ण आधार हो । सरकारी निर्णय कार्यान्वयन हुन छ वर्षभन्दा बढी समय लाग्नुले यसप्रति राज्य संयन्त्रको असहयोग भएको टिप्पणी उनीहरूको छ ।

Previous Post

३४ स्थानीय तहले अझै बजेट पारित गर्न सकेनन्, सेवा सञ्चालनमा अवरोध

Next Post

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो: तोलामा सुन ६ सय र चाँदी १० रुपैयाँले वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो: तोलामा सुन ६ सय र चाँदी १० रुपैयाँले वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In