पोखरा, १३ माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
बिहान साढे १०.२५ मा बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
पोखराको सेती खोँचमा जहाज दुर्घटना परी मृत्यु भएका व्यक्तिको १३ औं दिनको पुण्य तिथिमा पोखरामहानगर पालिकाद्धारा शुक्रबार दुर्घटना स्थलमा आयोजित श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित सहभागीहरु ।













