• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

माले-एमालेको लिगेसी ब्युँताउँदै ‘नेकपा एस’ पुनःगठन गर्छौं : झलनाथ खनाल

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
माले-एमालेको लिगेसी ब्युँताउँदै ‘नेकपा एस’ पुनःगठन गर्छौं : झलनाथ खनाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठन गर्ने घोषणा गरेका छन् । उनले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा विभाजन आए पनि पार्टी विलय नहुने जिकिर गरे । नेता खनालले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरेका हुन् ।

उनले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषतासहितको सुन्दर, स्वतन्त्र र समृद्ध नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने बताए । सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लिगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए । कुनै अर्को पार्टीमा गएर विलय हुने कुरा गलत भएको बताउँदै उनले पार्टी पुनःगठनमा जुट्न आह्वान गरे । अब आफूहरू नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त नेपाल निर्माणमा जुट्न आग्रह गरेका छन् ।

खनालले भने, ‘हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी अहिलेसम्म त यही पार्टी हो । पार्टीमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकहरू चाहे झापामा हुनुहोस्, चाहे ताप्लेजुङमा हुनुहोस्, चाहे कञ्चनपुरमा हुनुहोस्, चाहे दार्चुलामा हुनुहोस् । हिमाल, मधेस जहाँ रहनुभएको होस्, तपाईंहरूलाई म के भन्न चाहन्छु भने हामी अहिले कमरेड माधवकुमार नेपालको नेतृत्वमा रहेको खोटको कारणले अहिले यो पार्टी विभाजित हुँदैछ र यो पार्टीको अर्को फ्याक्सन चाहिँ अब अर्को पार्टीमा गएर विलय हुँदैछ । त्यसो हुनाले यो विलय हुने कुरा पनि बिल्कुल अहिलेको अवस्थामा गलत कुरा हो र यो पार्टीलाई विभाजन गर्ने कुरा झन् गलत कुरा थियो तर अब हामी चाहिँ पार्टीलाई पुनर्गठन गर्न बाध्य भएका छौं ।’

उनले थपे, ‘त्यसकारण कोही पनि साथीले आत्तिनुपर्ने जरुरी छैन । कतैतिर गएर विलय हुनुपर्ने आवश्यकता पनि छैन । कहीँ गएर निहुरिएर प्रवेश गर्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई स्वाभिमानका साथ ठिङ्ग उभिन र यो पार्टी पुनर्गठन गर्ने अभियानमा लाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु । हामी एउटा नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्छौं । तपाईं हामी सबैको सपना भनेको एउटा सुन्दर नेपाली विशेषतासहितको सुन्दर नेपाल, एउटा स्वतन्त्र नेपाल, एउटा स्वाधीन नेपाल, एउटा समृद्ध नेपाल, तमाम भ्रष्टाचार, बेभिचार, कुशासन आदि समाप्त भएको नेपाल । वर्ग, वर्गीय भेद, जातीय भेद, विविध खालका सामाजिक भेद, अनेक प्रकारका भाषागत भेद र धार्मिक भेद छन्, त्यस्ता नभएको नेपाल, साँच्चै नै सुन्दर सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माण गर्ने तपाईं हामीको सपना हो ।’

खनालले अगाडि भने, ‘हो यो सपना पूरा गर्नका लागि हामीले अब नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता देखियो र यो नयाँ पार्टी निर्माण गर्ने प्रक्रियाप्रति एउटा संकल्प लिएर अगाडि बढौं । कोही पनि देब्रे दाहिने नलाग्नुहोस् । अब हामी त्यो नेतृत्व गर्छौं, हामी नेतृत्व गर्छौं, तपाईंलाई सही नेतृत्व दिन्छौं, लप्पन छप्पन गर्ने खाले चाहिँ विविध ढंगले बिचौलियाका पछि लाग्ने जस्ता खालका कामहरूबाट होइन, हामी सच्चा अर्थमा जनतासँग जाने, जनतालाई जागृत गर्ने, संगठित गर्ने र साँच्चो अर्थको स्वाधीन, स्वतन्त्र, समृद्ध नेपाल निर्माण गर्नेमा हामी अगुवाइ गर्छौं र हामी साँच्चो अर्थको सच्चा पार्टी बनाउँछौं ।’

उनले भने, ‘जसरी हामीले माले, एमाले बनाउँदा खेरि त्यो कालखण्डमा साँच्चो अर्थका क्रान्तिकारी पार्टी बनाएका थियौं, त्यसलाई हामी रिभाइभ गर्छौं, पुनःजागृत गर्छौं । हामी नेकपा एकीकृत समाजवादीको क्रान्तिकारी धारको जुन लिगेसी हो, त्यसलाई हामीले निरन्तरता दिन्छौं । नेकपाको क्रान्तिकारी धारलाई जुन छ, त्यसको लिगेसीलाई हामी निरन्तरता दिन्छौं र आजको विशिष्ट अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति बमोजिम हामी एउटा नयाँ पार्टी निर्माण गर्छौं ।’

Previous Post

आईसिसी विश्वकप लिग–२ : घरेलु मैदानमा यूएईको लज्जास्पद हार

Next Post

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
दिनदिनै नयाँ रेकर्ड राख्दै सुनकाे भाउ, किन बढीरहेको छ ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In