• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जाँचबुझ आयोगले प्रहरीका यी अधिकारीलाई तोक्यो स्थानहद, बयान सुरु

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
जाँचबुझ आयोगले प्रहरीका यी अधिकारीलाई तोक्यो स्थानहद, बयान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रहरीले जेन–जी आन्दोलनमा खटिएका आफ्ना सम्पूर्ण कर्मचारीको विवरण दिन नमानेकाे भन्दै उक्त घटनाको जाँचबुझ गर्न बनेको आयोगले मुख्य–मुख्य कमाण्डरलाई आइतबार स्थानहद तोकेको छ । त्यसमध्येका केही प्रहरी कमाण्डरको बयान सोमबारदेखि सुरू भएको छ ।

आयोगस्रोतका अनुसार आयोग गठनको प्रारम्भिक चरणमै खटिएका कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो । तर, पटकपटक ताकेता गर्दा पनि विवरण नपाएपछि आइतबार स्थानहद तोकेर प्रधान कार्यालयस्थित महानिरीक्षकको सचिवालयलाई आयोगले पत्राचार गरेको थियो ।

प्रधान कार्यालयले प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षकसम्मको दर्जाका कर्मचारी खटिएको जवाफ दिएको थियो । व्यक्ति ताेकेर नाम भने पठाएन । त्यसपछि आयोगले कमाण्डरहरूका नाममा स्थानहद जारी गरेको हो ।

यसअघि आयोगले कतिपय कमाण्डरको कल डिटेल्स रेकर्ड (सीडीआर) को अध्याय र विश्लेषण गरेको थियो । रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकाल्ने घटना, विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार र ड्युटीमा रहेका प्रहरीलाई कार्यालय छाडेर भाग्न निर्देशन दिएको विषयमा आयोगले आफ्नोतर्फको अनुसन्धान सिध्याएको छ । अनुसन्धानपछि सम्बन्धित प्रहरी कमाण्डरलाई बयानमा बोलाउनुपर्ने कारण आइतबार स्थानहद जारी गरिएको हो । उक्त आदेश आयोगले उनीहरूमाथिको अनुसन्धान निष्कर्षमा नपुग्दासम्म जारी रहने आयोग स्रोतले जनायो ।

उक्त आदेशअनुसार काठमाडौं उपत्यका छाड्न नपाउनेमा उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, २३ गतेका निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी, सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी, अपरेशन कमाण्डर डीएसपी हेमन्त भण्डारी क्षेत्री, भक्तपुरका एसपी माधव बुढाथोकी, अपरेशन कमाण्डर डीएसपी ढुण्डीराज न्यौपाने, संसद भवन कमाण्डर डीएसपी एलिजा गिरी, नगर प्रहरी प्रमुख मन्जिल मुकारुङ छन् ।

त्यस्तै वृत्तका डीएसपीमध्ये बौद्धका जयश्वर रिमाल, गौशालाका सुकदेव खनाल, दरबारमार्गका राजकुमार श्रेष्ठ, बालाजुका ज्ञानबहादुर विष्ट, जनसेवाका कृष्णकुमार चन्द, जगातेका रमेशकुमार पाल, सातदोबाटोका रामकुमार यादव, स्वयंभुका उद्धवसिंह भाट, कीर्तिपुरका राजबाबु महर्जन, चापागाउँका यमकुमार श्रेष्ठले उपत्यका छोड्न नपाउने भएका छन् ।

महाराजगन्जका डीएसपी निरन्जन थापा तालिमका क्रममा अमेरिकामा थिए । निमित्त प्रमुख इन्स्पेक्टर सुदर्शन पन्थीका हकमा स्थानहद लागु हुने आयोगस्रोतले जनाएको छ । कालिमाटी, ठिमी र लैनचौर प्रहरी वृत्तले हातहतियार जोगाएका कारण त्यहाँका डीएसपी स्थानहदमा परे पनि कडाइ नगरिएको आयोग स्रोतले बतायो । जिल्ला प्रहरी परिसर भद्रकाली, मालीगाउँ वृत्त तोडफोडमा जोगिएका थिए । प्रभाग इञ्चार्ज रहेका केही इन्स्पेक्टर, वरिष्ठ सई र सईहरु पनि उपत्यका छोड्न नपाउनेमा परेका छन् ।

यसअघि नै उपत्यकाबाहिर गएका ती कमाण्डरलाई तत्काल काठमाडौं झिकाउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको स्रोतले जनायो । त्यसमध्ये डीआईजी राना सुदूरपश्चिम प्रहरी प्रमुखका रुपमा धनगढीमा छन् । एक अर्को विवादको विषयमा छानबिन गर्न पनि उनलाई काठमाडौं तानिने भएको छ ।

Previous Post

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति

Next Post

निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ वटा विचाराधीन

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ वटा विचाराधीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In