• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धवलागिरिमा भेटियो थप रेडपाण्डा

metakhabar by metakhabar
१७ कार्तिक २०८२,
0
धवलागिरिमा भेटियो थप रेडपाण्डा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी :यहाँको धवलागिरि गाउँपालिकाको वडा नं. २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन  ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो।  ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,’ जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उहाँले भने, ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ।’

स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोस, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए। स्थानीयवासीले २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए।

२०७३ सालमा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए। अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए।

‘पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,’ उनले भने ‘रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ।’

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकिन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिनुभयो। रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ। विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ। अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ।

Previous Post

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

Next Post

कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर

कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In