• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका-९ स्थित प्रसिद्ध तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । प्रतिकूल मौसम र भारी हिमपातका कारण बिच बाटोमै फसेका पर्यटकहरूको उद्धारका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले आज बिहान ६ बजे सबैलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सुरुमा १५ जना पर्यटक अलपत्र परेको खबर प्राप्त भए पनि, उद्धार टोलीले घटनास्थलमा १३ जना (दुई चिनियाँ नागरिक र ११ नेपाली) लाई मात्र फेला पारेको थियो । चिनियाँ नागरिकहरूले मौसम खुल्ने प्रतीक्षामा बेस क्याम्पमै बस्ने निर्णय गरेपछि, सशस्त्र प्रहरीले ११ जना नेपाली पर्यटकलाई चामे दिशातर्फ ल्याएको छ ।

यस जटिल उद्धार अभियानका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विशेष सुरक्षा फौज र मेडिकल टोली खटाइएको थियो । दुर्गम हिमाली भेगमा पैदलै खटिएको टोलीले प्रतिकूल मौसमका बाबजुद पनि उद्धार कार्यलाई सफलतापूर्वक सम्पन्न गरेको छ ।

उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य परीक्षण गर्दा एक जना महिला बिरामी परेको, एक जना पुरुषको खुट्टामा चोट लागेको र अधिकांशको अक्सिजन लेबल कम देखिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि सुरक्षित स्थानमा ल्याइएको छ ।

समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल विश्वको अग्लो स्थानमा रहेको तालमध्ये एक हो। यसको अनुपम प्राकृतिक सौन्दर्यले गर्दा यो स्वदेशी तथा विदेशी पर्यटक र पर्वतारोहीहरूका लागि एक प्रमुख गन्तव्य बन्ने गरेको छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा मौसमको अप्रत्याशित परिवर्तनले गर्दा पर्यटकहरू बेलाबेलामा यस्तै समस्यामा पर्ने गरेका छन् ।

Previous Post

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

Next Post

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In