• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ७ कात्तिक : गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो ।

हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ । तर एउटा पनि फेला परेको छैन । पार्कीङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधान चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुश्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन ।

त्यसैगरी बागलुङकै साजन आचार्यको मोटरसाइकल बागलुङ कालिका मन्दिरको पार्कीङ स्थलबाटै मोटरसाइकल चोरी भयो । नवदुर्गाको समयममा कालिका मन्दिरमा पुजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृष्य सिसिटिभी क्यामेरामा कैद भएको छ । साजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै सिसीटिभी फुटेज सहित उजुरी दिएका छन् । तर, हालसम्म मोटरसाइकल भेट्टिएको छैन ।

गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ वटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चारपाङ्ग्रे र १४ वटा दुइपाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुइपाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन ।

फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी नवलपुरबाट १६ वटा दुइपाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन् । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको छ ।

गत आर्थिक वर्षमा बागलुङबाट १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरि ३ वटा दुइपाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । त्यसैगरी गत आर्थिक वर्षमा तनहुँमा २ वटा दुइपाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेट्टिएको छैन ।

हराएको सवारीको तुलनामा भेट्टिनको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भेट्टिएका सवारी व्यवारिसे अवस्थामा फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन । सवारी साधन हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि संवेदनशिल भएर सवारीसँगै चोरी गर्ने व्यक्तिको खोजी गर्ने गरेको उहाँले बताउनुभयो ।

Previous Post

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In