• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

metakhabar by metakhabar
६ कार्तिक २०८२,
0
झनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर (पाल्पा), ६ कात्तिकः यसपटक तिहारमा मागअनुसार झिनियाँ पु¥याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पु¥याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताउनुभयो । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उहाँको अनुभव छ ।

“व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्याउनै मुस्किल पर्छ”, उहाँले भन्नुभयो ।

उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आउनुभएको छ । उहाँ यो क्षेत्रका पहिलो व्यवसायी हुनुहुन्छ । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आउनुभएको छ । चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताउनुभयो ।

श्रेष्ठले सञ्चालन गर्नुभएको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब रु छ लाखबराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताउनुभयो । उहाँका अनुसार यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।

रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यसपटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाउनुभयो । उहाँले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आउनुभएको छ । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गर्नुभयो ।

घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनुपरेको छैन । प्रतिकिलो खुद्रा मूल्य रु एक सय र थोक मूल्य रु ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ ।

बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

“पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्”, सारुले भन्नुभयो ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।

चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिलेपहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

Previous Post

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

Next Post

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In