• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

metakhabar by metakhabar
५ कार्तिक २०८२,
0
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मङ्गलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ; वास्तवमा यही एकमात्र उपाय हो जसले गाजाको उत्तर भागमा फैलिँदो भोकमरीलाई रोक्न र जनजीवन बचाउन सक्छ ।”

इजरायली सेनाले युद्धविराम उल्लङ्घन गरेको भन्दै गाजामा घातक हवाई आक्रमण गरेपछि अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागु भएको इजरायल–हमास युद्धविराम आइतबार पुनः सङ्कटमा परेको थियो ।

प्रवक्ता एटेफालेले युद्धविराम लागू भएपछि ५३० वटा डब्लुएफपी ट्रकहरूले गाजामा प्रवेश गरी करिब छ हजार ७०० टनभन्दा बढी खाद्यान्न पुर्‍याएको जानकारी दिनुभयो । यसबाट करिब पाँच लाख मानिसलाई दुई साताका लागि पर्याप्त खाद्य उपलब्ध गराइएको छ ।

अहिले दैनिक करिब ७५० टन खाद्यान्न गाजामा आइरहेको भए पनि यो मात्रा डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै निकै कम रहेको उहाँले बताउनुभयो । “ट्रकहरू अघि बढिरहेका छन्, गोदामहरूमा खाद्यान्न पुगेका छन् र वितरण मर्यादित तथा व्यवस्थित ढङ्गले भइरहेको छ”, प्रवक्ताले जोड दिँदै भन्नुभयो ।

हाल डब्लुएफपीले गाजामा २६ वटा खाद्य वितरण केन्द्र सञ्चालनमा ल्याएको । यो गत शुक्रबारको पाँच केन्द्रभन्दा वृद्धि भए पनि सङ्गठनले सञ्चालन गर्न चाहेको १४५ केन्द्रभन्दा अझै धेरै कम हो । अधिकांश वितरण केन्द्रहरू गाजाको दक्षिण र केन्द्र भागमा रहेका छन् ।

“जनताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ”, उहाँले भन्नुभयो, “सहायता पाउँदा नागरिकहरू आभारी छन् र वितरण प्रक्रिया पनि सम्मानजनक तथा द्रुत गतिमा भइरहेको छ ।”

डब्लुएफपीले सञ्चालन गर्न चाहेका ३० मध्ये हाल नौ वटा बेकरी चलिरहेका छन्, जसका लागि पर्याप्त गहुँको पिठो सीमाबाट प्रवेश गर्न आवश्यक छ । “हामी अहिलेका अवस्थामा ५० हजार मानिसलाई ताजा रोटी वितरण गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो कुरा के हो भने हामी सबैभन्दा कमजोर वर्गका मानिसहरू—महिला प्रमुख घरपरिवार र वृद्धहरूसम्म—सहायता पुर्‍याउन सक्षम भएका छौँ ।”

उहाँका अनुसार गाजाका अधिकांश नागरिक अहिले ‘बाँच्ने उपाय’ मा छन् । “उनीहरू सीमित मात्रामा प्राप्त खाद्य पदार्थ खाँदै बाँकी सुरक्षित राखिरहेका छन्, किनकि युद्धविराम कहिले भङ्ग हुने हो भन्ने चिन्ता गहिरो छ”, उहाँले भन्नुभयो ।

प्रवक्ताले डब्लुएफपीका ट्रकहरू हाल केवल केरेम शालोम र किसुफिम नाकाबाट प्रवेश गरिरहेको बताउनुभयो र गाजाका सबै सीमा विन्दुहरू, विशेषतः उत्तरतर्फका नाकाहरू तत्काल खोल्न आग्रह गर्नुभयो । “उत्तर गाजामा खाद्य अवस्थाहरू अत्यन्त डरलाग्दा छन्”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “ती सीमा नाकाहरू कहिले खुल्ने भन्नेबारे अहिले कुनै निश्चित सङ्केत छैन ।”

Previous Post

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

Next Post

नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा मितेरी पुल पुनःनिर्माण अन्तिम तयारीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा मितेरी पुल पुनःनिर्माण अन्तिम तयारीमा

नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा मितेरी पुल पुनःनिर्माण अन्तिम तयारीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In