काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तिहार र नेपाल संवत् ११४६ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले यी पर्वहरूले नेपाली समाजमा सौहार्द र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
खड्काले नेपालको विविधतापूर्ण संस्कृति र चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएको बताए । तिहार अर्थात् यमपञ्चकका प्रत्येक दिनले पारिवारिक एवं मानवीय सम्बन्धहरूमा सद्भाव कायम गर्न मद्दत पुगेको उनको भनाइ छ ।
नेपाल संवत् ११४६ को सन्दर्भमा खड्काले यसलाई बागमती सभ्यताको उत्थानकालको इतिहास र संस्कृतिको जीवन्त धरोहर भनेका छन् । उनले समाज सुधारक शंखधर साख्वाद्वारा गरिबहरूको ऋणमोचनमार्फत गरिएको महान् परोपकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको र साख्वाको उदारता, समर्पण र योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि उल्लेख गरे ।













