• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तरकारीखेतीबाट नौ लाख आम्दानी

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
तरकारीखेतीबाट नौ लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झरेकी थिइन् । गाउँबाट बजार झरेकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन ।

आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उनलाई बारीमा काम गर्ने इच्छा जाग्यो । त्यसपछि जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्न थालिन् । अहिले उनी बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन् । बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो । बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन । उहाँको बारीमा बाह्रै महिना तरकारी फल्छन् ।

बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गरेकी छन् । विसं २०७५ मा श्रीमान् र छोराछोरीसँगै बागलुङ झरेकी बुढाथोकीले बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छन् । च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ । अहिलेसम्म रु २५ लाखभन्दा बढी लगानी गरेको उनले बताइन् ।

बुढाथोकीले भनिन्, “सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कति छिटो साँझ पर्छ पत्तै हुँदैन, यतिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थालेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ ।”

बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताइन् । तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छन् । मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छन् । रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समयसमयमा सघाउँछन् ।

बुढाथोकीले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समयसमयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेकी छन् । उनले यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न रु चार लाख सहयोग प्राप्त गरेको बताइन् । अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उनको भनाइ छ । तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादनमा बढाउन समस्या भएको उनले सुनाइन् ।

अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उनले बताइन् । बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ । सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उनले गुनासो पोखिन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताइन् । समयसमयमा फार्ममै पुगेर परामर्शसमेत प्रदान गर्ने गरेको उनको भनाइ छ । बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छबि बनाएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताइन् । पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछिन् । यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ ।

Previous Post

तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

Next Post

आँखा शिविरबाट तीन सय जना लाभान्वित

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
आँखा शिविरबाट तीन सय जना लाभान्वित

आँखा शिविरबाट तीन सय जना लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In