• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, ३१ असोजः वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली भित्र्याउन नपाएका कैलालीका किसान यतिबेला धान भित्र्याउन व्यस्त देखिन्छन् । उज्यालो पर्व दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबाली काटेर भित्र्याउन भ्याइनभ्याई भएको हो ।

धनगढी उपमहनगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि खेतमा पाकेर झुलिसकेको धान मौसममा सुधार भएसँगै बल्ल काटेर भित्र्याउन पाइएको बताउनुभयो । जिल्लामा यो वर्ष धानको फसल राम्रो देखिएको बताएउँदै उहाँले भन्नुभयो, “केही क्षेत्रमा रोग÷कीराको समस्या देखिए पनि अधिकांश ठाउँमा यसपालि धान उत्पादन राम्रो देखिएको छ ।”

दसैँको समयमा भएको वर्षाले प्रदेशका कैलालीसहित जिल्लाका कतिपय किसानको खेतमा काटेर सुकाइ राखिएको धानबाली भिजेर क्षति पुगेको थियो । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली पर्दछ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर चाडपर्वको समयमा खर्चको जोहो गर्छन् ।

कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले गाउँका किसानले आफ्नो धानको उचित मूल्य नपाइरहँदा चाडपर्वका बेला खर्चको जोहो गर्न समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँका व्यापारीले मुस्किलले नयाँ धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ६०० तोकेर खरिद गर्ने गरेकाले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।”

दसैँ र तिहार जस्ता ठूला पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौलालगायत डोटेली खानाका परिकार पकाएर खाने प्रचलन सुदूरपश्चिम प्रदेशमा छ । नयाँ खाद्यान्यको चामल वा पिठोबाट परिकार बनाएर खानुअघि देवीदेवतालाई चढाउनुपर्ने परम्परा रहेको पाठकले बताउनुभयो ।

धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गाईको गोबरले टाँसेर पूजा गर्ने प्रचलन प्रदेशमा छ । यसलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुसी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको खाद्यान्य सुरक्षित हुने विश्वास गरिन्छ ।

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका जिल्लामा आपूर्ति हुन्छ । प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी करिब ६० हजार ४०६ हेक्टरमा बर्खे धानखेती हुन्छ । पछिल्लो दशकमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।

खेत खनजोत गर्ने, बाली काट्ने, झार्नेलगायत काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि खेती गर्न सहज भएको किसान बताउँछन् । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम कम गर्नुपर्ने हुँदा खेती गर्न सहज भइरहेको कृषकको अनुभव छ ।

Previous Post

मोबाइल पानीमा खस्यो, अब के गर्ने ?

Next Post

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

metakhabar

metakhabar

सम्बन्धित खबर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
Load More
Next Post
पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In