• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पचासी वर्षमा संसार देखेपछि…

    पचासी वर्षमा संसार देखेपछि…

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिला उपहारको अवसर जुट्नु सौभाग्य – मुख्यमन्त्री अधिकारी

by
१२ माघ २०७९,
0
शिला उपहारको अवसर जुट्नु सौभाग्य – मुख्यमन्त्री अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले काली गण्डकी नदीको पबित्र शिला हिन्दूहरुको धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधीन रामललाको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्धारा बिहीबार साँझ पोखराको विन्ध्यवासिनी मन्दिर परिष्रमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा आफ्ना भनाई राख्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताउनुभएको हो ।

नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखी प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास गर्दै उहाँले शिला हस्तान्तरण कार्यक्रमले दुई देशको धार्मिक सम्बन्ध थप मजबुद बनेको उहाँले बताउनुभयो । राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको भनाई उहाँको छ । दुई देशका यी पावन भूमिका लाखौं लाख भारतीय र नेपाली दर्शनार्थीको भीड लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा काँग्रेस नेता बिमलेन्द्र निधीको समेत सहभागिता रहेको थियो । विश्वमै दुर्लभ शालीग्राम पाइने कालीगण्डकी नदीको २ थान शिला जनकपुर धाम हुँदै हिन्दूहरुको धार्मिक स्थल भारतको अयोध्या पु¥याइने बताइएको छ । एउटा शिलामा रामललाको बाल्यकालको अवस्थाका बारेमा प्रतिमा बनाइने छ भने एउटा शिलामा सीताको प्रतिमा निर्माण गरिने जानकराी रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिब राजेन्द्रसिंह पङ्कजले बताउनुभयो ।

सो अवसरमा बोल्दै पंकजले नेपालको कालीगण्डकीबाट भगवान रामको मुर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्वन्ध बलियो हुने धारण ब्यक्त गर्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन यस शालिग्रामले धर्मदुतको काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

बुधबार क्रेनबाट दूई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा लगिएको थियो । विहिबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिका मेयर सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवद पूजाआजा गरेर बाजागाजा र भजनसहित हस्तान्तरण गर्दैे शोभायात्रामाफर्त बजार परिक्रक्रमा गराएर अयोध्यातर्फ प्रस्थान गराएका थिए ।

भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिका मेयर सुरत केसीले पवित्र कालीगण्डकी नदीबाट धेरै लामो समय टिक््ने शिला पहिचान गरेर २६ टन र १४ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले २ नम्वर प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै जानकी मन्दीरले अध्योध्यालाई हस्तान्तरण गरिने प्रक्रिया रहेको बताउनुभयो ।

Previous Post

सूचनाको हक उल्लङ्घन गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत यादव जरिवानासहित दण्डित

Next Post

राज्यमन्त्री तोसिमा कार्कीः पदको दुरुप्रयोग गर्दै, ‘स्टन्ट’बाजीमा रमाउँदै

सम्बन्धित खबर

पचासी वर्षमा संसार देखेपछि…
आवाज

पचासी वर्षमा संसार देखेपछि…

१२ चैत्र २०८२,
विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन
आवाज

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

१२ चैत्र २०८२,
नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
आवाज

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

१२ चैत्र २०८२,
आवाज

यस्तो छ आजको मौसम

१२ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
Load More
Next Post
राज्यमन्त्री तोसिमा कार्कीः पदको दुरुप्रयोग गर्दै, ‘स्टन्ट’बाजीमा रमाउँदै

राज्यमन्त्री तोसिमा कार्कीः पदको दुरुप्रयोग गर्दै, ‘स्टन्ट’बाजीमा रमाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In