• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

metakhabar by metakhabar
२८ अशोज २०८२,
0
पर्यटकीयस्थलबाट अन्नपूर्ण गाउँपालिकालाई एक करोड १५ लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २८ असोजः दसैँलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् ।

उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ ।

तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) लगायत लामा र छोटा गरी धेरै पदमार्गहरू रहेका छन् ।

प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन पनि बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुुभयो । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि खुलिसकेका छन्”, उहाँले भन्नुुभयो, “सबै पदमार्गहरू पदयात्राका लागि सुरक्षित छन् । यतीखेर यहाँका पर्यटकीयस्थलसँगै पर्यटन व्यवसायीहरू पदयात्री पर्यटक स्वागतको पर्खाइमा रहेका छन् ।”

नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवद्र्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू पर्यटकका लागि सुरक्षित भएको सन्देश प्रवाह गरिएको जानकारी दिनुुभयो । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको अन्नपूर्ण हिमालसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि हिमालको नामसँग जोडिएको धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्गहरू यतिखेर पर्यटक स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुुभयो ।

विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पर्यटकले रुचाइएका पदमार्गमा पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटकहरूको आगमन बढिरहेको आयोजना प्रमुख रबिन कडरियाले जानकारी दिनुुभयो । चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेलहरू सञ्चालनमा आइसकेका छन् ।

पर्यटकहरूले धेरै रुचाएको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा चार दशकअघि सो क्षेत्र जानुपर्दा यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने उक्त क्षेत्रमा सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रुपमा पदयात्रा गर्न सक्छन् ।

यसअघि यस पदमार्गअन्तर्गत सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालन भएकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुुरुङले जानकारी दिनुुभयो । दुई–तीन दिनयता यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको बताउँदै उहाँले आफूहरू पर्यटककको स्वागतका लागि तम्तयार भएर बसेको जानकारी दिनुुभयो ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा मात्रै रहेका थिए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

अन्नपूर्ण चक्रीय पदमार्गसहित आधार शिविर जाने पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे पदमार्ग, नर्थ अन्नपूर्ण पदमार्ग यहाँका अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिनुुभयो । अन्नपूर्ण क्षेत्रकै पोखराबाट नजिक रहेर पनि हिमाल छुन सकिने अर्को पदमार्ग मर्दी हिमाल पदमार्ग हो ।

छोटो समयमा हिमाल चुम्न सकिने पदमार्गका रुपमा चासो र चर्चा कमाएको यो पदमार्ग गुराँस फुल्ने जङ्गलै जङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने पदमार्ग हो । सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने यस पदमार्गबाट चाँदी जस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् ।

समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यू प्वाइन्ट’ र आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ«े गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जिप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् ।

गण्डकी प्रदेशको धवलागिरि हिमालको फेरोमा गरिने धवलागिरि पदमार्ग अर्को महत्वपूर्ण पदमार्ग हो । टान गण्डकीका अध्यक्ष आचार्यका अनुुसार करिब १८ देखि २१ दिनसम्म पदयात्रा गर्न सकिने यस पदमार्गका अधिकांश स्थानमा होटेल लगायतका पूर्वाधार नभएका कारण क्याम्पिङ गर्नुपर्ने अवस्था रहेको छ ।

पछिल्ला समयमा जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको सक्रियतामा कास्कीको मादी गाउँपालिकादेखि मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलाई अध्ययनअनुसन्धानपछि विभिन्न चरणमा प्रवद्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ ।

प्रकृति, संस्कृति र प्राचीन इतिहासको साक्षीका रुपमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका साथै परम्परागत भेडीगोठ जाने मार्गहरू यस पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोरबजङ्ग गुरुङले जानकारी दिनुुभयो ।

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उहाँले जानकारी दिनुुभयो । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उहाँको भनाइ छ । यस पदमार्गअन्तर्गत पोखराबाट मादी गाउँपालिकाका पर्यटकीय गाउँ सिक्लेसबाट कफुचे, कोरी हुँदै क्होलासोँथर एवम् ताङतिङबाट क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिन्छ ।

यो पदमार्ग कास्कीका सिक्लेस, ताङतिङका साथै याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, टक्सार, सिउरुङ गाउँहरूबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।

यस पदमार्गमा विभिन्न ‘टी–हाउस’ लगायतका पूर्वाधार विकास गर्नुु जरुरी रहेको बताउँदै गुरुङले आफूहरू त्यसको तयारीमा लागेको जानकारी दिनुुभयो । यस पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार ५८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक तीर्थस्थल हो भने पदयात्रा क्रममा प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरूबाट अन्नपूर्र्ण, माछापुच्छ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेशमा उत्तरी भेगका साथै नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको पदमार्ग सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पनि रहेको छ । तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकामा बीचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान बनेको छ ।

पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुुभयो । पहिलोपटक आर्थिक वर्ष २०६४÷६५ मा नक्साङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ । पछिल्लो समयमा दोस्रो नक्साङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरबास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगौडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष बालकुमार गुुरुङले जानकारी दिनुुभयो ।

यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बीचबीचमा छोटो दूरीमा एकदिने हाइकिङदेखि दुई–तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ । कुल ७२ किलोमिटर लम्बाइमा रहेको यो पदमार्ग चरा पर्यटनका लागि पनि उपयुक्त मानिन्छ ।

महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहस्राब्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रकगार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक पर्यटकीयस्थल च्यवनधामदेखि ढोरबाराही मन्दिर, ढोर मूलकोट दरबार आदि यहाँका आकर्षण हुन् । त्यस्तै पदयात्रीहरू मनोरम हिमाली एवम् पहाडी दृश्य अवलोकन गर्दै यहाँका रजस्थल, घरेडी, सादीखोला, काल्खु, राइपुर, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै रामबाछा पुुगेर पोखरा फर्कन्छन् । पदयात्राको याम सुरु भैरहँदा यहाँका पर्यटकीयस्थल एवम् पर्यटन व्यवसायी पर्यटकको स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुुभयो ।

Previous Post

कात्तिक ६ गते ११:३९ बजे भाइटीकाको उत्तम साइत

Next Post

कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?

कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In