• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

न्यूयोर्क टाइम्सको अनुसन्धान : भदौ २४ को आगजनी आकस्मिक होइन, योजनाबद्ध विनाश अभियान

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
न्यूयोर्क टाइम्सको अनुसन्धान : भदौ २४ को आगजनी आकस्मिक होइन, योजनाबद्ध विनाश अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । न्यूयोर्क टाइम्सको एक अनुसन्धानले भदौ २४ का घटनाहरू आकस्मिक दंगा नभइ योजनाबद्ध  र समन्वयित विनाश अभियान भएको संकेत गरेको छ।

भदौ २४ गते नेपाल सरकारका धेरैजसो संरचनाहरू एकै दिउँसो जलेर खरानी बने । देशभर फैलिएका आगजनीका घटनाहरूमा ऐतिहासिक सिंहदरबार र सर्वोच्च अदालतदेखि लिएर भव्य मन्त्रालय र सामान्य वडा कार्यालयहरूसम्म सयौँ सरकारी भवनहरू ध्वस्त गरिए ।

राजनीतिक अभिजात वर्गसँग जोडिएका व्यवसाय र विद्यालयहरूसँगै, वर्तमान तथा अवकाशप्राप्त राजनीतिज्ञहरूको घरसहित सयौँ अन्य निजी सम्पत्तिहरू पनि योजनाबद्ध रूपमा निसाना बनाइएका थिए । यो व्यापक आगजनी राजधानी काठमाडौंमा सुरक्षाकर्मीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शनरत १९ जना प्रदर्शनकारीलाई गोली प्रहार भएको अघिल्लो दिनको घटनापछि भएको थियो ।

यसमा युवा प्रदर्शनकारीहरूको भीडले बदला खोज्दै, हत्याको आक्रोशमा आगो लगाएको बताइएको थियो ।

तर, दर्जनौं प्रत्यक्षदर्शी र घटनामा संलग्न व्यक्तिहरूसँगका अन्तर्वार्ता, आगजनी विशेषज्ञहरूसँगका कुराकानी, विनाशका तस्बिर र भिडियोहरूको विश्लेषण तथा टाइम्सको टोलीले भग्नावशेष स्थलहरूको गरेको स्थलगत अध्ययनसमेत समेटिएको न्यूयोर्क टाइम्सको एक अनुसन्धानले फरक निष्कर्ष सार्वजनिक गरेको छ ।

उक्त अनुसन्धानमा समावेश नयाँ विवरणहरूले राष्ट्रव्यापी विनाशको अभियान अत्यन्त समन्वित रूपमा सञ्चालन गरिएको र यो अघिल्लो दिन भएको मृत्युको तत्काल प्रतिक्रियामात्र नभएको संकेत गरेका छन् ।

भदौ २३ को गोलीकाण्डको केही घण्टाभित्रै, नेपालको भ्रष्टाचार र संरक्षण सञ्जालसँग सम्बन्धित भएको आरोप लागेका समाजका सदस्यहरूको व्यक्तिगत विवरणसहितका सूचीहरू अनलाइनमा देखा पर्न थालेका थिए ।

भोलिपल्ट दिउँसो, ती सूचीमा उल्लेखित अधिकांश व्यक्तिहरूका निवासहरू जल्न थाले । नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका संरचनाहरू पनि आगोको चपेटामा परे । विनाशको स्तर यति भयावह थियो कि केही घण्टाभित्रै सयौँ हवाई हमलाहरू भएकोजस्तो प्रलयकारी दृश्य देखिन्थ्यो ।

भदौ २४ मा काठमाडौंका प्रमुख भवनहरूमा आगजनी

दिउँसो करिब १ः४५ बजे भीड संसद् भवन परिसरमा प्रवेश गर्‍यो । ३० मिनेटभित्रै संसद् भवनमा आगो लागिसकेको थियो ।  त्यसपछि भीड सर्वोच्च अदालततर्फ अघि बढ्यो । दिउँसो २ः५० बजेसम्ममा सर्वोच्च अदालत पनि आगोको लप्कामा परेको थियो । करिब ३ः०६ बजे भिड सिंहदरबारस्थित सरकारी भवनतर्फ पुग्यो, र २० मिनेटभित्रै त्यहाँ पनि आगो लाग्यो ।

“राम्रो सङ्गठन र योजनाबिना यति छोटो समयमा यति धेरै भवनहरूमा आगो लाग्न सम्भव हुँदैन,” एन्ड्रयू मुर एन्ड एसोसिएट्सका वरिष्ठ अग्नि अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भने ।

“यस्ता कामका लागि हप्तौँ, यदि महिनौँ होइन भने पनि, लामो तयारी आवश्यक पर्छ,” उनले थपे ।

नेपाल सरकारको हृदयस्थलमा हमला गर्ने भीड दंगा नियन्त्रण प्रहरीद्वारा सुरक्षित गरिएको संसद् भवन परिसर बाहेक अन्यत्र करिब निर्बाध रूपमा तोडफोड गर्दै अघि बढेको थियो ।

न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका अन्य साक्षी र अधिकारीहरू जस्तै, नाम नछाप्ने सर्तमा टाइम्ससँग कुरा गर्ने घटनाबारे प्रत्यक्ष जानकारी राख्ने चार व्यक्तिले त्यसदिन सडकमा मुस्किलले देखिएका नेपाली सेनालाई हस्तक्षेप नगर्न निर्देशन दिइएको बताएका छन् ।

भदौ २४ को त्यो भयावह दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै टुङ्गियो । त्यसको केही समयपछि सरकार ढल्यो र नेपालको सरकारी संरचना खरानीमा परिणत भयो ।

एक प्रहरी अधिकारीका अनुसार काठमाडौं र यस नजिकका एक सय १० भन्दा बढी प्रहरी चौकीहरूमा आगो लगाइयो । क्षति र गुमेको व्यवसायको मूल्याङ्कन अझै जारी छ । तर एक मन्त्रीका प्रारम्भिक अनुमानअनुसार, यो क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा बढी हुन सक्ने देखिएको छ ।

अग्नि अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि भत्किएका सामग्रीका नमूनाहरू परीक्षण नगरी, साक्षीहरूको अन्तर्वार्ता नलिई र भवनहरूको स्थलगत जाँच नगरी सेप्टेम्बर ९ मा के भयो भन्ने घटनाक्रमको पुनर्निर्माण असम्भव हुनेछ ।

तर, सामान्यतयाः यस्ता घटनाहरूको अनुसन्धान गर्ने प्रहरी प्रयोगशालाले यी महत्त्वपूर्ण विश्लेषणहरू मध्ये कुनै पनि सञ्चालन गरेको छैन ।

आधिकारिक निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो वा होइन भन्ने स्पष्ट छैन । तर, दिन बित्दै जाँदा विज्ञानको माध्यमबाट कसले, कसरी र किन नेपालको सरकार जलायो भन्ने पत्ता लगाउने सम्भावना क्रमशः कम हुँदै गएको छ ।

नेपाली प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका शाखा प्रमुख पवन ढुंगानाले गत महिना भएका आगजनी घटनापछि आफ्नो टोलीका सदस्यहरूलाई कुनै पनि अनुसन्धानका लागि नबोलाइएको पुष्टि गरे ।

उनका अनुसार, प्रयोगशालाले परीक्षणका लागि अहिलेसम्म कुनै पनि सामग्री प्राप्त गरेको छैन ।  उनले अब आगोका अवशेषहरू बिग्रिइसकेका र त्यसैले परीक्षणका दृष्टिले अप्रासंगिक भइसकेको हुन सक्ने बताए ।

“काठमाडौंमा मात्र होइन, देशभर भएका यस्ता ठूला आगजनीहरू हेर्दा, यो पूर्वनिर्धारित हुन सक्ने शंका गर्न सकिन्छ,” ढुंगानाले भनेका छन्, “निश्चय नै, अहिले हाम्रो हातमा कुनै प्रमाण छैन ।”

अन्तरिम सरकारद्वारा आयोग गठन, तर अनुसन्धानमा ढिलाइको जोखिम

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले व्यापक आगजनी र प्रदर्शनकारीहरूविरुद्ध गरिएको अत्यधिक बल प्रयोगबारे अनुसन्धान गर्न एक आयोग गठन गरेकी छन् ।

तर, अर्को एक नेपाली विधि विज्ञान प्रहरी अधिकारीका अनुसार, नेपालको न्यायिक प्रणालीमा हुने ढिलासुस्तीका कारण कुनै पनि अनुसन्धान पूरा हुन सात वर्षसम्म लाग्न सक्ने सम्भावना छ ।

नेपाली व्यावसायिक संघ–संस्थाहरूले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सरकारले यथाशीघ्र ठोस कारबाही गर्न आग्रह गरेका छन् । आगोको फैलावटसरह विभिन्न सिद्धान्तहरू पनि तीव्र गतिमा फैलिएका छन्, तर आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

सेप्टेम्बर ९ मा, मानिसहरूको ठूलो भीड दुई घण्टाभित्रै संसद् भवनदेखि सर्वोच्च अदालत हुँदै पुरानो दरबार र करिब २० वटा सरकारी मन्त्रालयहरू रहेको सिंहदरबार परिसरतर्फ अघि बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार, भीड त्यहाँ आइपुगेको करिब आधा घण्टाभित्रै मुख्य भवनबाट धुवाँ निस्कन थालिसकेको थियो ।

आगजनी विशेषज्ञहरूका अनुसार, यति छिटो आगो सल्किनु र भित्री सामानहरूले मात्र बल्दा हुनेभन्दा धेरै तीव्र रूपमा ज्वाला फैलिनु, ‘फायर पाथ’ बनाउनका लागि पहिले नै विशेष प्रज्वलनशील रसायनहरू बिछ्याइएका हुनसक्ने सङ्केत दिन्छ ।

ढुंगानाले भने, “तस्बिरहरू हेर्दा मलाई लाग्छ, आगोको विशाल फैलावटका कारण सोडियम, म्याग्नेसियम वा अन्य प्रज्वलनशील रसायनहरू प्रयोग गरिएको हुनसक्छ । तर, परीक्षण र विश्लेषण नगरी हामी निश्चित रूपमा केही भन्न सक्दैनौं ।”

रासायनिक पदार्थको प्रयोग र खुला झ्यालप्रति शंका

यी रसायनहरू नियन्त्रित पदार्थहरू हुन् र तिनको प्रयोग गर्न विशेष ज्ञान र विशेषज्ञता आवश्यक पर्छ ।  यस्ता पदार्थहरू मट्टितेलजस्ता सामान्य प्रज्वलनशील रसायनहरूजस्तो सजिलै खरिद गर्न सकिँदैन । यद्यपि, ठूला भवनहरू पूर्ण रूपमा जलाउन धेरै ग्यालेन तरल इन्धनको प्रयोग आवश्यक पर्नु स्वाभाविक मानिन्छ ।

उल्लेखनीय रूपमा, त्यहाँका कर्मचारीहरूका अनुसार, भीड आइपुग्दा केही भवनका माथिल्ला तल्लाका झ्यालहरू खुला रहेका थिए, जुन सामान्यतया बन्द हुने गर्दथे ।

प्रदर्शनका क्रममा सिंहदरबार परिसरका माथिल्ला तल्लाका झ्यालहरू खुला छोडिएका थिए, जसले अतिरिक्त शंका उत्पन्न गरेको छ ।

आगजनी विशेषज्ञहरूले यस्तो भेन्टिलेसन (हावा ओहोरदोहोर हुने अवस्था) ले आगो फैलिन मद्दत गरेको हुनसक्ने बताएका छन् । तर, यो जानबुझेर गरिएको थियो वा संयोगवश भएको हो भन्ने कुरा स्थलगत जाँच र प्रमाण सङ्कलन बिना निर्धारण गर्न सकिँदैन ।

सङ्गठित षड्यन्त्रको सम्भावना

सिङ्गापुरस्थित फायर साइन्स फोरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले भने, “यो कुनै प्रकारको सङ्गठित षड्यन्त्र थियो भन्ने ‘धेरै सम्भावना छ’ । यसको पछाडिका कारणहरू भवनको आकार, विनाशको अवस्था र आगोको तीव्रता हुन् ।”

उनी थप्छन्, “त्यसपछि प्रश्न उठ्छ , प्रज्वलनशील रसायनहरू भवनभित्र कसरी पुगे ? के यो भित्री काम थियो ? के सुरक्षाकर्मीहरूले आफ्नो पोस्ट छाडेका थिए ?”

अन्यत्र खुला रूपमा सक्रिय भीड र लक्षित सूची

काठमाडौंका अन्य क्षेत्रमा र नेपालभरिका सहरहरूमा भने भीड अझ खुला रूपमा सक्रिय देखिन्थ्यो ।  उनीहरूले अघिल्लो रात प्रसारित भएका सूचीहरू पछ्याउँदै आक्रमणहरू सञ्चालन गरिरहेका थिए । निशानामा परेकाहरूमा नेपालका ठूला राजनीतिक दलहरू—नेपाली कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरू तथा अन्य राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरूका घरहरू समेत समावेश थिए ।

हिंसामा संलग्न साक्षीहरूका अनुसार, आगजनीकर्ताहरू इन्धनका कन्टेनर र पेट्रोल बमसहित पुगेका थिए । केहीले लाठी, राइफल र स्थानीय हतियार खुकुरी समेत बोकेका थिए ।

आगजनीमा सहभागी तीन युवाले के स्वीकार गरे भने उनीहरूले त्यस दिन ‘सिफ्टमा’ काम गरेका थिए र आफूले नचिनेका पाका मानिसहरूले मोटरसाइकलको इन्धन प्रयोग गरी तयार पारिएका पेट्रोल बमहरू वितरण गरेका थिए । तीमध्ये दुई जनाले आक्रमणका भिडियोहरू पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

निशाना बनाइएका घरहरूमध्ये एउटा घरको छेउमा बस्ने छिमेकीहरूले बयान दिएका छन् कि उनीहरूले करिब ३० वर्ष उमेरका पुरुषहरूको समूहलाई ग्यासका क्यानिस्टर खाली गरिरहेको देखेका थिए ।
ज्वालामाथि उठिरहेको देखेपछि, तीमध्ये एक जनाले टिप्पणी गरेका छन्, “अब हामीले पैसा पाउनेछौं ।”

आगजनी नेपाली राजनीतिको पुरानो संस्कृति

आगजनी नेपाली राजनीतिक संस्कृतिको एउटा गहिरो जरा गाडेको अङ्ग रहँदै आएको छ । अब–उन्मूलन भइसकेको राजतन्त्रविरुद्ध दशक लामो विद्रोहको क्रममा, माओवादीहरूले राज्यका प्रतीकहरू र शक्तिशाली व्यवसायिक संरचनाहरूलाई निशाना बनाउँदै आगजनी र विस्फोटक पदार्थहरूको प्रयोग गरेका थिए ।

सन् २००६ मा गृहयुद्ध समाप्त भएपछि पनि जानाजानी आगो लगाउने गतिविधि रोकिएन ।

उदाहरणका रूपमा, सन् २०१९ मा माओवादीहरूबाट अलग भएको एक कम्युनिस्ट समूहका नेताहरूले दूरसञ्चार कम्पनीद्वारा गरिएको कथित भ्रष्टाचारको विरोधस्वरूप देशभर एक दर्जनभन्दा बढी सेलुलर टावरमा आगो लगाएको स्वीकार गरेका थिए ।

तर यसपटक भने कुनै पनि तीन ठूला राजनीतिक दलहरू आगोबाट जोगिन सकेनन् ।

विनाशबाट बच्नेहरूमा चौथो र पाँचौँ ठूला दलहरू परे, जसमध्ये एकको नेतृत्व सेप्टेम्बर ९ को सामूहिक जेलब्रेकमा संलग्न एक राजनीतिज्ञले गरेका थिए भने अर्को दल राजतन्त्र–समर्थक समूह थियो ।

Previous Post

एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय

Next Post

घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In