• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला, २६ असोज : जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रिका लागि बाहिर पठाइएको तथ्याङ्क यकिन हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिmक्रीका लागि पठाइएको छ । पछिल्लो समय स्याउखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।”

यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७० दशमलव पाँच प्रतिशत घरपरिवार स्याउखेतीमा संलग्न छन् । तिला गाउँपालिकाभित्रका स्याउ किसानले गत भदौ पहिलो साता स्याउ बिक्री गरेको स्थानीय स्याउ व्यापारी पदम रावतले बताउनुभयो । यहाँका अधिकांश किसानको स्याउ बगैँचा छ । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा ४५ हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म स्याउ बिक्री गरी आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिनुभयो ।

१३ हजार मेट्रिकटन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष जुम्लामा १३ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यो उत्पादन विगत दुई वर्षयताकै कम हो ।

जम्मा उत्पादित मध्ये ७० हजार मेट्रिकटन स्याउ बिक्री भइसकेको छ । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसमध्ये स्याउ खेती गरिएको क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेकामा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको जनाइएको छ ।

जिल्लामा हाल उत्पादित स्याउका जातहरुमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन छन् । हाल उत्पादित उन्नत जातहरुमध्ये फुजी गाला (इटालियन जात) को स्याउखेती भइरहेको छ ।

हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातहरुमध्ये स्टार किमसन डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डन जातको स्याउखेतीको अध्ययन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

Previous Post

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In