• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई वर्षपछि घर फर्कंदै प्यालेस्टिनी, भग्नावशेषमा खोज्दै छन् घर

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
दुई वर्षपछि घर फर्कंदै प्यालेस्टिनी, भग्नावशेषमा खोज्दै छन् घर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 इजरायल र हमासबीच युद्धविराम भएपछि लाखौँ प्यालेस्टिनीहरू आफ्ना उजाड भएका घरतर्फ फर्कन थालेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलपछि इजरायल र हमासबीच युद्धविराम भएको हो । युद्धविराम भएपनि अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । गाजामा युद्धविराम लागू भएको भोलिपल्टै शनिबार लाखौँ प्यालेस्टिनीहरू गाजातर्फ फर्कन थालेका हुन् । शुक्रबार दिउँसोसम्म इजरायली सेना गाजामा आक्रमण गरिरहेका थिए । तर दिउँसोपछि युद्धविरामपछि सेनाले गाजाबाट फिर्ता भएका हुन् ।

त्यसको भोलिपल्टै शनिबार बिहानदेखि प्यालेस्टिनीहरूको ठूलो लाम पैदल नै गाजा सिटीतर्फ फर्किएको हो ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालका अनुसार युद्धविराम लागू भएपछि करिब दुई लाख प्यालेस्टिनीहरू पैदल नै उत्तरी गाजा फर्किसकेका छन् ।

गाजा सिटीको शेख रदवान इलाकामा बस्ने इस्माइल जायदा ती थोरै मानिसमध्ये एक हुन् जसको घर दुई वर्ष लामो युद्धमा जस्ताको जस्तै छ ।

उनी भन्छन्, ‘अल्लाहलाई धन्यवाद छ , मेरो घर अझै ठडिएको छ । तर वरिपरि सबै ठाउँ ध्वस्त भएको छ, मेरो टोलका सबै घरहरू भत्किसकेका छन्, पूरा इलाका उजाडिएको छ ।’

गाजाको दोस्रो ठूलो सहर खान युनिसमा पनि ठूलो संख्यामा प्यालेस्टिनीहरूहरू फर्किरहेका छन् । समाचार एजेन्सी एपीसँग कुरा गर्दै फातिमा रादवानले भनिन्, ‘केही पनि बाँकी छैन । बस केही कपडा र काठका सामान र भाँडाकुँडाका अवशेष मात्र छन् ।’

धेरै मानिस घर फर्किएपछि भग्नावशेषमै आफ्ना मरेका प्रियजनहरूको खोजी पनि गरिरहेका छन् । खान युनिस फर्किएका अहम अल बरिमले आफ्ना घरको भग्नावशेषमा काठको एउटा बल्ली फेला पारे । अहिले उनी त्यही बल्ली बालेर खाना पकाउँछन् ।

इजरायली सेनाको फिर्ती

गाजा सिभिल डिफेन्सका अनुसार इजरायली सेना र उसका बख्तरबन्द सवारी साधनहरू गाजा सिटी र खान युनिसबाट फिर्ता भइरहेको छ ।

युद्धविराम लागू भए पनि इजरायलले प्यालेस्टिनीहरूहरूलाई सेनाको गतिविधिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
इजरायलका अनुसार सेना अहिले आफ्नो “अपरेशनल पोजिसन एडजस्ट” गर्दैछ ।

हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयका अनुसार जहाँजहाँ इजरायली सेना फिर्ता हुँदैछ, त्यहाँ प्यालेस्टिनी सुरक्षा बल पठाइँदैछ ।

यसैबीच इजरायलले संयुक्त राष्ट्रसंघका राहत कार्यक्रमहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिएको छ । जोर्डन र इजिप्टजस्ता छिमेकी देशहरूबाट करिब १ लाख ७० हजार मेट्रिक टन राहत सामग्री गाजाका लागि तयारी अवस्थामा राखिएको छ ।

भोकमरी र राहत संकट

दुई वर्ष लामो युद्धका क्रममा इजरायलले गाजामा खाद्यान्न र राहत सामग्री प्रवेशमा कडा प्रतिबन्ध लगाएको थियो । यसकै कारण गाजामा भोकमरीका कारण हजारौँ मानिसको मृत्यु पनि भएको छ ।

युद्धविरामपछि पनि कुपोषण ठूलो समस्या बनेको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायता कार्यक्रमका प्रमुख टम फ्लेचरका अनुसार राष्ट्रसंघ र उसका साझेदारहरूले हालसम्म जम्मा २० प्रतिशत सहयोग मात्र गाजामा पुर्‍याउन सकेका छन् ।

ट्रम्पको शान्ति योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २० बुँदे शान्ति योजनाअन्तर्गत इजरायल र हमासलाई युद्धविरामका लागि राजी गराएका छन् । तर धेरै मुद्दा अझै सुल्झिएको छैन ।

ट्रम्पको योजना अनुसार हमासलाई पूर्ण रूपमा निशस्त्र पारिनुपर्छ र गाजाको प्रशासनका लागि अन्तरिक प्राधिकरण (ट्रान्जिसनल अथोरिटी) गठन गरिनेछ, जसको नेतृत्व आफैं ट्रम्पले गर्नेछन् ।

यस योजनाअनुसार इजरायलले आफ्नो सीमासँग सन्निकट प्यालेस्टिनी क्षेत्रमा सेनाको तैनाथी जारी राख्न पाउनेछ, जबकि गाजाभित्र अरब र मुस्लिम देशका सैनिकहरूको बहुलता भएको अन्तर्राष्ट्रिय शान्ति सेना तैनाथ गरिनेछ ।

यो सेनालाई गाजाभित्र सुरक्षाको जिम्मेवार हुनेछ । तर हमासले यो प्रस्तावलाई विदेशी हस्तक्षेप भन्दै अस्वीकार गरेको छ ।
युद्धविराम अन्तर्गत हमासले ४८ जना बन्दक र तिनीहरूसँग सम्बन्धित वस्तुहरू फिर्ता गर्नुपर्नेछ । अनुमान अनुसार तीमध्ये करिब २० जना मात्र जीवित छन् ।

७ अक्टोबर २०२३ को बिहान हमासले इजरायलमाथि ठूलो हमला गरेको थियो । त्यस आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए ।

त्यसपछि इजरायलले गाजामाथि भीषण आक्रमण सुरु गर्‍यो, जसमा लाखौँ प्यालेस्टिनीको ज्यान गयो ।

करिब २० लाख जनसङ्ख्या भएको गाजामा ९० प्रतिशत मानिसहरू बारम्बार विस्थापित भएका छन् ।

९८ प्रतिशत खेतीयोग्य जमीन मरूभूमि

पछिल्ला दुई वर्षमा गाजाको ९८ प्रतिशत खेतीयोग्य भूमि मरूभूमिमा बदलिएको छ । अब केवल २३२ हेक्टर मात्र खेतीयोग्य जमिन बाँकी छ। यसलाई पुनः उत्पादनयोग्य बनाउन २५ वर्ष लाग्ने अनुमान गरिएको छ।

युद्धका कारण गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत बेघरबार भएका छन्। तीमध्ये अधिकांश पानी-बिजुली विना बसिरहेका छन् । आधाभन्दा बढी जनसंख्या भोकमरीको सामना गरिरहेको छ। करिब ८० प्रतिशत भूभाग सैन्य क्षेत्रमा परिणत भइसकेको छ।

संयुक्त राष्ट्रसंघको अनुसार, गाजामा जम्मा भएको ५१ लाख टन मलबा हटाउन १० वर्ष र १.२ ट्रिलियन अमेरिकी डलर लाग्नेछ।

८० प्रतिशत भवनहरू ध्वस्त भएका छन्, जसले गर्दा ४.५ ट्रिलियन डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान छ।

Previous Post

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

Next Post

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
Load More
Next Post
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In