• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

by
१२ माघ २०७९,
0
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर, चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

चोरी शिकारीबाट गैँडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

रातको समयमा पनि सेनाहरुले सुरक्षा पहरा दिन थालेपछि संरक्षणसँगै मानवीय अन्य अप्रिय घटना रोकिने भन्दै नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा भने खुसी छन् ।

“माघको ७ गते रातिदेखि नै सेनाको गस्ती टोली गाउँमा आउन थालेका छन्” नवलपुरको मध्यबिन्दु–३ का जीवाखर पौडेलले भने, “रातिमा समेत सेनाको गस्ती हुन थालेपछि हामी ढुक्कसँग सुत्नसक्ने अवस्थामा पुग्यौँ ।”

सेनाको गस्तीले जङ्गली जनावरको सुरक्षासँगै गाउँमा हुने चोरी तथा अन्य अप्रिय घटना पनि रोकिने पौडेलको विश्वास छ । “सेनाले गस्ती बढाएपछि रातिमा हुने चोरीसहितका धेरै घटना रोकिन्छन्”, पौडेलले भने, “रातिमा खोरबाट बाख्रा चोरी हुने तथा घरभित्रैबाट सामान चोरी हुने घटना पनि रोकिन्छन् ।” यसअघि बाख्रा खोरमा थुनेर सुतेका स्थानीयको बिहान उठ्दा खोरबाट खसीबोका हराउने गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टमा खटिएका सुरक्षाकर्मीले यहाँ पहरा दिइरहेका छन् । मध्यबिन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले सेनाको गस्ती बढेसँगै रातिको समयमा हुने वन्यजन्तुको चोरी शिकारी तथा अन्य घटना रोकिने बताए।

“स्थानीय संरक्षणमा सचेत भएकाले दिउँसोको समयमा वन्यजन्तु चोरी शिकारीका घटना हुन पाउँदैनन्”, महतोले भने, “रातिको समयमा सेनाले गस्ती बढाएपछि वन्यजन्तुको चोरी शिकारी पनि कम हुन्छ ।

वन्यजन्तुको संरक्षणका लागि सेना र निकुञ्जसँगै मध्यवर्तीका बासिन्दाको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष महतोले बताए। “निकुञ्ज र सेना मिलेर गाउँगाउँमा युवालाई परिचालन गर्नेगरी समिति बनाउनु आवश्यक छ”, उनले भने, “पहिले निर्माण भएका चोरी शिकारी नियन्त्रण अभियान अहिले निस्कियजस्तै भए, फेरि सक्रिय बनाएर संरक्षणमा जुट्नुपर्छ ।” वन तथा वन्यजन्तु अमूल्य सम्पत्ति भएका भन्दै वडाध्यक्ष महतोले यसको संरक्षणमा स्थानीयलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका गणपति प्रमुख सेनानी शशीकुमार कार्कीले तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको बताए।

“हामीले लामो समयसम्म जिरो पोचिङ राख्न सफल भएका थियौँ, एक्कासि माघ ६ गते नयाँ तरिकाले घटना भयो, त्यसले हामीलाई थप संवेदनशील बनाएको छ”, उनले भने, “हामीले सम्भावित घटना हुने ठाउँ पहिचान गरेर राति अस्थायीरुपमा पोस्ट स्थापना गरेर गस्ती गर्ने गरेका छौँ ।” सेनाले आवश्यकताअनुसार निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहभागी गराएर संयुक्त गस्ती गर्ने गरेको कार्कीको भनाइ छ ।

“मध्यवर्ती क्षेत्रका बासिन्दाबाट हामीलाई सूचना प्राप्त हुन्छ र सोहीअनुसार हामीले संयुक्त गस्ती बढाएका छौँ”, गणपति कार्कीले भने, “तस्करले नयाँ प्रविधि अपनाएर गैँडा मार्न थालेपछि त्यसको नियन्त्रणका लागि हामी थप सक्रिय भएर लागेका छौँ ।” माघ ६ गते भएको घटनाबाट गम्भीर भएर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी अगाडि बढेको कार्कीले बताए।

निकुञ्जमा सेनाले पैदल, साइकल, गाडी, हात्ती र डुङ्गाबाट नियमित गस्ती गरिरहेको गणपति कार्कीले बताए। कार्कीका अनुसार निकुञ्जमा घटनाको अनुसन्धान र सुरक्षाका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने गरिएको छ । तस्करले गैँडा मारेपछि गस्तीमा कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी कार्यलाई तीव्र पारिएको उनले बताए।

निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको एकल र निकुञ्ज प्रशासनसहितको संयुक्त गरी ५७ पोस्ट छन् । माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्ट नजिक नारायणी नदीका बगर क्षेत्रमा दुई गैँडा मृत भेटिएका थिए ।

मध्यबिन्दु नगरपालिका–२ नन्दपुरमा पर्ने सो स्थानमा स्थानीयको सूचनाको आधारमा घटनास्थल पुग्दा गैँडाको माउ तथा बच्चा मृतावस्थामा भेटिएका निकुञ्जले जनाएको छ ।

चार वर्षीय भाले बच्चा र १४ वर्षीय माउको मृत्युबारे अनुसन्धान गर्दा विद्युतीय धरापमा पारेर मारिएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। मृतावस्थामा फेला परेको गैँडाको खाग काटेर लगेका कारण पनि चोरी शिकारीबाट गैँडा मरेको पुष्टि भएको उनले बताए। चालु आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ११ गैँडा मरेका छन् ।

मृत भेटिएकामध्ये आठ गैँडा कालगति, दुई गैँडा चोरी शिकारी तथा एउटा गैँडा बस्ती पस्ने क्रममा विद्युतीय धरापमा परेर मरेको निकुञ्जले जनाएको छ ।

सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । विसं २०७८ साउनपछि चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् ।
रासस

Previous Post

सुन अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

Next Post

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In