• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीसँगको बैठक रद्द नगरेको ट्रम्पद्वारा स्पष्ट

metakhabar by metakhabar
२५ अशोज २०८२,
0
चीन भ्रमणको योजना बनाउदैछु- ट्रम्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (स्थानीय समय) चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणी स्पष्ट पार्नुभएको छ ।

ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज तत्व) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै यस कदमलाई ‘अप्रत्याशित’ भन्नुभयो ।

“मैले बैठक रद्द गरेको होइन । यद्यपि, त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन । जे भए पनि म त्यहाँ हुनेछु । म अनुमान गर्छु, बैठक हुन सक्छ । तर उनीहरूले संसारलाई अचम्म पार्ने कदम चाले । अचानक, कुनै पूर्वसूचना बिना उनीहरूले यो सम्पूर्ण आयात–निर्यात अवधारणा ल्याए, जसको बारेमा कसैलाई थाहा थिएन”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भन्नुभयो ।

यसअघि उहाँले चीनले दुर्लभ पृथ्वी तत्वहरूमा नयाँ निर्यात नियन्त्रण लगाएको ‘धेरै शत्रुतापूर्ण’ कदम भएको टिप्पणी गर्दै सी जिनपिङसँग भेट्ने कुनै कारण नभएको बताउनुभएको थियो । उहाँले अमेरिकाले यसका विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी पनि दिनुभएको थियो ।

चीनले प्रतिबन्धहरू फिर्ता लिएमा अमेरिकाले थप करहरू फिर्ता लिन्छ कि भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “हामीले के हुन्छ भनेर हेर्नुपर्छ, त्यसैले मैले मिति नोभेम्बर १ तोकेको हुँ ।” उहाँले अमेरिकाले अब विमानका पुर्जादेखि सफ्टवेयरभन्दा बाहेकका अन्य वस्तुहरूमा पनि निर्यात नियन्त्रण गर्ने विचार गरिरहेको बताउनुभयो ।

“हामीसँग विमान र तिनका पार्ट्सहरू छन् । हामी चीनको कदमबाट साँच्चिकै चकित भयौँ । मेरो राष्ट्रपति सीसँग धेरै राम्रो सम्बन्ध छ, तर यो मैले उक्साएको होइन । यो उनीहरूले गरेका कार्यहरूको मात्र प्रतिक्रिया हो । वास्तवमा उनीहरूले हामीलाई मात्र होइन, सम्पूर्ण विश्वलाई लक्षित गरे । यो धेरै नै खराब कदम हो”, ट्रम्पले भन्नुभयो ।

चीनले दुर्लभ पृथ्वी तत्वहरू र तिनसँग सम्बन्धित प्रविधिहरूमा प्रतिबन्ध विस्तार गरेपछि ट्रम्पले घोषणा अमेरिकाले सन् २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा ‘हाल लागिरहेका कुनै पनि करभन्दा माथि’ १०० प्रतिशत कर लगाउने घोषणा गर्नुभयो ।

त्यसै मितिदेखि सबै ‘महत्त्वपूर्ण सफ्टवेयर’ मा पनि निर्यात नियन्त्रण लागू गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भर्खरै पत्ता लगाएका छौँ कि चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएर अन्तर्राष्ट्रिय व्यापारमा असाधारण आक्रामकता देखाएको छ । उनीहरूले सन् २०२५ नोभेम्बर १ देखि आफ्नो उत्पादनका लगभग सबै वस्तुमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने निर्णय गरेका छन्, जुन सबै देशहरूलाई असर गर्नेछ । यो नैतिक दृष्टिले पनि निन्दनीय कदम हो र अन्तर्राष्ट्रिय व्यापारमा अस्वीकार्य व्यवहार हो ।”

ट्रम्पले भन्नुभयो, “चीनले यस्तो कदम चालेको पत्यार गर्न गाह्रो छ, तर उनीहरूले गरेका छन् र अब बाँकी इतिहास हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।”

यो सम्पूर्ण विवाद चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण कडा बनाउँदै आफ्नो नियन्त्रण सूची विस्तार गरेको र सैन्य तथा अर्धचालक उद्योगसँग सम्बन्धित प्रविधि र विदेशी प्रयोगहरूलाई समेत समेट्ने प्रतिबन्ध लगाएको पृष्ठभूमिमा आएको हो ।

Previous Post

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छः मन्त्री घिसिङ

Next Post

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In