• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनाङ यात्रामा मौसम बाधक

metakhabar by metakhabar
२१ अशोज २०८२,
0
मनाङ यात्रामा मौसम बाधक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ : हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ ।

बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए । दसैँको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय हो । यसवर्षको दशैँ बिदामा घुम्ने योजना बनाएका आन्तरिक पर्यटकका लागि मौसम बाधक बन्न पुग्यो ।

तनहुँको व्यास नगरपालिका–३ दमौली निवासी संगीत घिमिरे मनाङ भ्रमणमा जाने योजना बनाएकामा अहिले स्थगित गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनाङको सौन्दर्यताले आकर्षण गरिरहेको अवस्थामा एक पटक पुग्ने योजना बनाइएको थियो, तर योजना योजनामै सिमित भयो ।”

दसैँको टीकाको भोलिपल्ट यात्रामा निस्कने भनिएकामा मनसुन सक्रिय भएर भारी वर्षा हुने सूचनाका कारण यात्रा स्थगित गरिएको घिमिरे बताउनुहुन्छ । “लामो समयदेखि एक पटक मनाङ पुग्ने धोको थियो, वर्षाका कारण योजना नै स्थगित गरेर बसेका छौं”, उहाँ भन्नुहुन्छ, “बल्लतल्ल समय मिलाएर बनाएको योजना ‘क्यान्सिल’ भएपछि अब कहिले जाने भन्ने निश्चित छैन ।”

“चार जनाको समूह बनेर टीकाटालो गरी निस्कने योजना नै क्यान्सिल गरियो”, उहाँ भन्नुहुन्छ, “मनाङ पुगेर फर्कने यहाँका मानिसले त्यहाँको सुन्दरताको बयानले अझ प्रलोभनमा पारेको छ, यात्रा सफल बनाउन सकेनौँ मौसम तगारो बन्यो ।”

जल तथा मौसम विज्ञान विभागले दसैँको टीकापछि तीन दिन यात्रा नगर्न सूचित गरेपछि अधिकांश आन्तरिक पर्यटकको मनाङ यात्रा रोकिएको छ । घिमिरेका समूह जस्तै अन्य आन्तरिक पर्यटकले अहिले हिमाली मनाङको यात्राका लागि मौसम बाधक बनेको छ । दशैँको टीका लगाएर मनाङ भ्रमणमा जाने योजना स्थगित गर्न बाध्य भएका छन् ।

जेनजीको आन्दोलनका कारण बाह्य पर्यटकको आगमन तथा बुकिङ भएका होटलसमेत स्थगित गरेकाले मनाङ सुनसान भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । “जेनजी आन्दोलनले विदेश पर्यटक आगमनमा नभए पनि आन्तरिक पर्यटक आउने आशामा थियौं, तर यसवर्ष मौसमका कारण आन्तरिक पर्यटकको आगमन पनि हुन सकेन ।”

मनाङको प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यस वर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई असर गरेको छ ।

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको प्रभावले आउन नसकेको उहाँको भनाइ छ ।

विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताउनुभयो । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उहाँले जानकारी दिनुभयो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले दसैँ सकिन नपाउँदै मौसमका कारण बिदामा मिलाएर मनाङ भ्रमणमा आउने पर्यटक पनि आउन नसकेको बताउनुभयो । “टीकाटालो गरेपछि मनाङ घुम्न जान्छु भन्ने आन्तरिक पर्यटकलाई यस पटक मौसम बाधक बन्यो”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले प्रभाव पारेको पर्यटन व्यावसायलाई मौसमले पनि साथ दिएन ।”

विशेषगरी स्वदेशी तथा विदेशी पर्यटकको मनाङ आगमनले देशकै अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । अहिले देशमा नै अर्थतन्त्र घाटामा पुग्ने देखिएको अध्यक्ष गुरुङको भनाइ छ । मनाङवासीको आम्दानी पर्यटन र कृषि तथा पशुपालन हो । तर, आम्दानी शून्य भएको छ ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।

Previous Post

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

Next Post

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
आवाज

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

२६ फाल्गुन २०८२,
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
आर्थिक

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

२६ फाल्गुन २०८२,
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
कृषि

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

२६ फाल्गुन २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
आवाज

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फाल्गुन २०८२,
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
आर्थिक

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

२६ फाल्गुन २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In