काठमाडौं, असोज १९ — हालैको लगातार भारी वर्षाका कारण नेपालका विभिन्न भागहरूमा जनधनको ठूलो क्षति भएको प्रति भारतले गहिरो दु:ख व्यक्त गरेको छ।
भारत सरकारका तर्फबाट जारी एक सन्देशमा भनिएको छ, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं।”
सन्देशमा थप भनिएको छ कि, “एक मित्रवत् छिमेकी देश र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।”
भारी वर्षाका कारण देशभरका नदी–नाला थुनिँदा र पहिरो खस्दा जनजीवन प्रभावित भएको छ। नेपाल सरकार उद्धार तथा राहत कार्यमा जुटिरहेको छ भने अन्तर्राष्ट्रिय समुदायबाट पनि सहानुभूति र सहयोगका सन्देशहरू आइरहेका छन्













